0
गोल्डेन न्यूज संवाददाता
सवारी दुर्घटना न्युनीकरण र सवारी चालकलाई ट्राफिक नियमको बारेमा जानकारी गराउन जिल्ला प्रहरी कार्यालय कास्कीले सचेतना अभियान सञ्चालन गरेको छ । अभियानमा ट्राफिक प्रहरी, जनपद प्रहरी, शिक्षक, यातायात ब्यवसायी, यातायात मजदुर संगठन तथा संघ संस्था, विद्यालयका शिक्षक तथा विद्यार्थीहरुले उक्त अभियानमा सवारी चालकहरुलाई ट्राफिक नियमको बारेमा जानकारी गराएका थिए । अभियान अन्तर्गत आइतबार एकै समयमा कास्कीको विभिन्न सात स्थानमा सवारी दुर्घटना न्युनि करण तथा ट्राफिक नियमको वारेमा जानकारी दिएको थियो । अभियानमा सवारी चालकलाई ट्राफिक नियमको बारेमा जानकारी दिइएको थियोभने सवारी दुर्घटना न्युनिकरण सम्बन्धी विभिन्न पर्चा तथा स्टिकरहरु वितरण गरिएको थियो । अभियान अन्तर्गत कुंँडहरचोक, औद्योगिक क्षेत्र, छोरेपाटनको डेविड फल्स, पावरहाउसको गगनगौंडा, भ्यूप्वाइन्ट वैदाम, बगरको याम्दी, डांडाको नाकको पुरानो चौकी र वसपार्क मोडमा ट्राफिक नियमको बारेमा जानकारी दिइएको थियो । अभियानमा कँुडहरचोक औद्योगिक क्षेत्रमा प्रहरी हवल्दार राजु थापा, छोरे पाटनको डेविडफल्समा प्रहरी सहायक निरीक्षक बिष्णु पल्ली मगर, पावरहाउसको गगनगौंडामा प्रहरी हवलदार रुद्र मल्ल, वैदाम भ्युप्वाइन्टमा  प्रहरी नायव निरीक्षक भिमराज वली, वगरको याम्दीमा  प्रहरी नायव निरीक्षक राजेन्द्र कार्की, डाडाको नाक पुरानो चौकीमा प्रहरी नायव निरीक्षक महेन्द्र रानाभाट र वसपार्क मोडमा प्रहरी नायब निरीक्षक शिव थापाको नेतृत्वमा उक्त अभियान सम्पन्न भएको थियो । पछिल्लो समय सवारी दुर्घटनाहरु बढ्दै गएको र सवारी चालकहरुलाई सवारी नियमको बारेमा जानकारी दिनका लागि ट्राफिक प्रहरी मात्र नभइ विभिन्न क्षेत्रका मानिसहरु संग मिलेर यो अभियना सञ्चालन गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका प्रशासन प्रमुख प्रहरी सहायक निरीक्षक पूर्ण अधिकारीले बताए । विभिन्न संघ–संस्थाको सहकार्यमा सवै जना मिलेर ट्राफिक नियमको बारेमा सवारी चालकलाई जानकारी दिंदा यसले दुर्घटना न्युनीकरणमा सघाउ पुग्ने अधिकारीले बताए ।







Post a Comment

 
Top