गोल्डेन न्यूज संवाददाता
पोखरा औद्योगिक क्षेत्र उद्योग संघको अध्यक्षमा विनोद शर्मा न्यौपाने चयन भएका छन् । संघको शनिबार साँझ पोखरामा सम्पन्न १४औ बार्षिक साधारणसभा तथा सातौं अधिवशेनले न्यौपानेलाई सर्वसम्मत रुपमा अध्यक्षमा भयन गरेको हो । संघको प्रथम उपाध्यक्षमा बलभद्र नकर्मी , द्वितीय उपाध्यक्षमा सुरेश बहादुर श्रेष्ठ, महासचिवमा रुद्रलाल श्रेष्ठ रहेका छन् । यस्तै संघको सचिवमा दिपेन्द्र बस्ताकोटी र कोषाध्यक्षमा झलकनाथ आचार्य चयन भए । संघको सदस्यहरुमा विश्वबन्धु थापा, इन्जिनियर श्रीराम पाण्डे, इन्जिनियर शक्ति पाण्डे, इन्जिनियर सुरेन्द्र बहादुर गोदार, फणिन्द्र राज शर्मा, सुरेश ध्वजु र देवीप्रसाद अर्याल रहेका छन् । यसअघि कार्यक्रमको उद्घाटन गर्दै सांसद रविन्द्र अधिकारीले उद्योगहरुमा लोडसेडिङको कारण ठूलो नोक्सान भएको भन्दै अबको २ बर्षमा लोडसेडिङको मार खेप्नु नपर्ने बताए । अधिकारीले अब नेपाल विकासको गतिमा अगाडि बढेको बताउँदै आर्थिक समृद्धिको लागी राजनीतिक गर्नुपर्नेमा जोड दिए । उनले दुवै छिमेकी देश नेपालमा टे«न भित्र्याउने पक्षमा रहेको भन्दै दुवै देशसंग समदुरीको दृष्टि राख्नुपर्नेमा जोड दिए । कास्कीका प्रमुख जिल्ला अधिकारी हरि प्रसाद मैनालीले नाकाबन्दीमा पनि आफ्नो उद्योग सञ्चालन गरेर उद्योगी ब्यवसायीले राज्यलाई ठूलो गुन लगाएको बताए । नेपाल औद्योगिक क्षेत्र ब्यबस्थापन समितिका महाप्रबन्धक नन्दकिशोर बस्नेतले लेखनाथको पट्नेरीमा औद्योगिक क्षेत्र निर्माणको लागि ४५ लाख रुपैयाँ बजेट छुट्टिसकेको बताउँदै स्थानीयहरु औद्योगिकक्षेत्र निर्माणमा सहयोग गर्नुपर्नेमा जोड दिए । नेपाल उद्योग महासंघका अध्यक्ष तिलप्रसाद भट्टराईले तीन सिफ्टमा सञ्चालन हुनुपर्ने उद्योग विद्युतको कारण एक सिफ्ट मात्रै संचालन गर्न बाध्य भएको गुनासो गरे । संस्थाका अध्यक्ष चन्द्र बहादुर राजभण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष विन्दु कुमार थापा, बालाजु उद्योग संघका अध्यक्ष देवलाल तामाङ, लेखनाथ उद्योग बाणिज्य संघका प्रथम उपाध्यक्ष कृष्णहरि भण्डारी, संस्थाका महासचिव सुरेश बहादुर श्रेष्ठ लगायतले आ–आफ्नो भनाइ राखेका थिए ।
Post a Comment