0
गोल्डेन न्यूज संवाददाता
भारतीय राजदूत रञ्जित रेले भारतले नेपालको सम्बृद्धि र विकास चाहेको बताएका छन । पश्चिमाञ्चल क्षेत्रका भूतपूर्व भारतीय लाहुरेलाई भेट्न पोखरा आएका रे ले नेपालको संम्बृद्ध विकास हेर्न भारतले चाहेको वताए । रेले पोखरा आसपास रहेका विभिन्न पर्यटकीय क्षेत्रहरुको अवलोकन गरेका थिए । अवलोकन भ्रमण संगै विभिन्न गाउमा रहेका भूपूहरुको भेटमा आफूले भारतीय भूपू सैनिकहरु निकै खुसी साथ जीवन बिताइरहेको आफूले भ्रमणमा महसूस गरेको वताए । रे ले भूपू हरु संगै विभिन्न पर्यटकीय गाउँहरु घुमेको बताउँदै नेपालको पर्यटन प्रवद्र्धनका लागि पनि आफूले विभिन्न पर्यटकीय गन्तब्यहरुमा पुगेको बताए । पर्यटकीय गन्तब्य अन्तर्गत हिमाली क्षेत्रको प्राकृतिक सम्पदा, यहाँंको संस्कृति रहन सहन निकै पर्यटन मैत्री भएको रे को भनाइ रहेको थियो । नेपालमा धार्मिक पर्यटनको सम्भावना निकै रहेको वताउँदै उनले धार्मिक क्षेत्रहरुको समेत अवलोकन भ्रमणमा सहभागी जनाएको वताए । रेले नेपालको आन्तरिक कारणले नाकाबन्दी नेपालकै तर्फबाट भएको र अब नाकाबन्दी भन्दापनि नेपालले कसरी सम्बृद्धि तिर लाग्ने भन्नेतर्फ सोच्नुपर्ने बताए । नेपालको आन्तरिक मामिलालाई मिलाएर विकासतर्फ अगाडी वढ्नुपर्ने उनको भनाइ रहेको थियो । त्यस्तै भूकम्पको बखतमा नेपाललाई सहयोग गरेको र अझैपनि पुनःनिर्माणको काम हुन नसक्नु दुःखद् पक्ष रहेको उनले बताए । पुनःनिर्माणका लागि भारतले सहयोग रकम बोलिसकेको र अझैपनि सहयोगलाई निरन्तरता दिइने उनको भनाइ रहेको थियो । अवलोकन भ्रमणका क्रममा रे ले म्याग्दीको गलेश्वर तातोपानी, म्याग्दी शिख, घोरेपानी, पुन हिल, टाडापानी, घान्दु्रक, किम्च, र बिरेठांटीका भुत पुर्व भारतिय लाहुरे हरुसंग भेटघाट तथा अन्तरक्रिया गरेका थिए । भ्रमण टोलीमा राजदुत रे का रक्षा सल्लाहकार कर्नेल मनराज सिंह मान र हनरी क्याप्टेन दाम बहादुर गर्बुजा पुन सहभागी रहेका थिए ।








Post a Comment

 
Top