पर्यटकीय नगरी पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल बन्ने भएपछि पोखरेलीहरु खुशी छन्। यो विमानस्थल चार नम्बर प्रदेशको आर्थिक मेरुदण्ड बन्ने विश्वास छ। तर, नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष आनन्दराज मुल्मी भने विमानस्थल बन्न लागेपछि खुशीसँगै चिन्तित पनि देखिन थालेका छन्। पोखराको विकास निर्माणका लागि अभियान चलाउँदै आएका उद्योगी मुल्मीसँग पत्रकार नवि अर्यालले सोधे–‘पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल बन्दैछ, यसबाट फाइदा लिन अब पोखरेलीहरु कसरी अगाडि बढ्नुपर्छ ?’ मुल्मीले यसमा गम्भीर चिन्ता प्रकट गरेः अन्तर्राष्ट्रिय विमानस्थललाई पोखरेलीहरुले आप्mनो भविष्यसँग जोडेर हेरेका छन् ः
विमानस्थल बनेपछि पोखरेलीहरुको भविष्य चम्किएला त ?
विश्वका कुनै पनि मुलुकले पूर्वाधारको विकास नगरी आर्थिक समृद्धि हासिल गर्न सक्दैनन् । आर्थिक समृद्धिका लागि पूर्वाधार पहिलो शर्त हो । नेपाल पूर्वाधार विकासमा निकै पछाडि पर्दै आएको छ । पोखरामा त अहिलेसम्म ठूलो परियोजना नै बन्न सकेको थिएन । मुलुककै ठूलो परियोजनाका रुपमा पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल बन्ने भएको छ । यसले पोखरामा मात्र होइन, समग्र नेपालकै अर्थतन्त्रलाई टेवा पु¥याउने मेरो विश्वास छ । तर, हामीले विमानस्थल बन्दैमा उपलब्धी मान्नुहुँदैन, यसको बहुआयामिक उपयोगमा ध्यान पु¥याउनुपर्छ । अब हामीले आर्थिक क्षेत्रलाई चलायमान गराउन के कस्ता गतिविधिहरु सञ्चालन गर्न सकिन्छ, त्यसतर्फ ध्यान दिनुपर्छ ।
पोखरादेखि गाउँसम्मका मानिसले विमानस्थलबाट फाइदा उठाउने गरी उद्यमशीलताको विकास गर्नुपर्छ । विमानस्थल बनेसँगै पोखरा अन्तर्राष्ट्रिय शहरमा परिणत हुनेछ । विमानस्थलले यस क्षेत्रमा सहयोगी पूर्वाधार विकासका लागि राज्यलाई बाध्य बनाउनेछ । नत्रभने विमानस्थल बनेर कुनै उपलब्धि हुने छैन । अन्तर्राष्ट्रिय विमानस्थलले विदेशी मुलुकसँग सम्बन्ध विस्तार गर्नका लागि महत्वपूर्ण भूमिका खेल्छ । अब पोखराको पनि विदेशी मुलुकसँग प्रत्यक्ष सम्बन्ध विस्तार हुनेछ । यसले यहाँको पर्यटन विकासमा टेवा पु¥याउने विश्वास लिएका छौं । पोखरा पर्यटकीय शहर भएकाले यहाँको अन्तर्राष्ट्रिय विमानस्थलबाट लिने फाइदा भनेकै पर्यटनमा हो । नेपालमा सुन्दर मुलुक भएको हुँदा पर्यटकको आकर्षण बढ्दो छ । तर, अहिलेसम्म एउटामात्र अन्तर्राष्ट्रिय विमानस्थल हुँदा हामीले चाहेजति पर्यटक भित्राउन सकेका छैनौं । यो विमानस्थल सञ्चालनमा आएपछि विदेशमा हाम्रो पहुँच विस्तार हुनेछ । पहुँच विस्तारसँगै पर्यटक आगमन बढ्ने निश्चित छ । विश्वभर घुम्न रुचाउने, बिजनेश गर्ने र विदा मनाउने मानिसलाई हामीले अब नेपालमा ल्याउनुपर्छ ।
विमानस्थलबाट कसरी बढीभन्दा बढी फाइदा लिन सकिएला ?
चिनियाँ ठेकेदार कम्पनीले साढे तीन वर्षभित्र विमानस्थल निर्माण कार्य सम्पन्न गर्ने बताएको छ । छिट्टै नै पोखरामा अन्तर्राष्ट्रिय उडान हुने भएपछि बढीभन्दा बढी फाइदा लिनका लागि योजना बनाएर अगाडि बढ्नुपर्छ । पोखरामा विमानस्थल बन्नुमात्र पूर्णता होइन । यो विमानस्थललाई कतिसम्म उपयोग गर्ने र त्यसको उपादेयतालाई कहाँसम्म पुर्रुयाउने भन्ने लेखाजोखा गर्नुपर्छ । विमानस्थलको बहुआयामिक उपयोगका लागि सहयोगी पूर्वाधारको विकास गर्नु उत्तिकै जरुरी छ । विमानस्थल बनाउन हामीले चीनसँग ऋण लिएका छौं । यही विमानस्थल सञ्चालन गरेर साँवा ब्याज तिर्ने हो । यसका लागि विमानस्थललाई व्यस्त गराउने गरी पूर्वाधार विकास तथा आर्थिक गतिविधिहरु बढाउनुपर्छ । सबैभन्दा बढी हामी पर्यटकीय पूर्वाधार विकास गरेर पर्यटकको आकर्षण बढाउनेतर्फ केन्द्रित हुनुपर्छ । आँगनमै अन्तर्राष्ट्रिय विमानस्थल बनेपछि आयात र निर्यातका सम्भावनाहरु बढाउनुपर्छ । फराकिलो सडक, सहज यातायात, स्तरीय होटल, पर्यटकको बसाइँ लम्ब्याउने खालका गन्तव्य र प्रोडक्टहरु विकास गर्नुपर्छ । यो विमानस्थलमा एयरबस ३२० र बोइङ ७५७ विमान अवतरण गर्न सकिन्छ । एकपटकमा १८० यात्रु आउँदा उनीहरुलाई थेग्ने हामीले क्षमता राख्नुपर्छ । नत्र हप्तामा १÷२ वटा उडान भएमा हामीले यसको आम्दानीले साँवा ब्याजसमेत तिर्न सकिँदैन । हामीले विदेशमा एयर कनेक्सन बढाउनुपर्छ ।
पोखरा साँघुरो र फोहोर बन्दै गइरहेको छ । सडक विस्तार, व्यवस्थित यातायातको सुविधा, शहरको ब्युटिफिकेसन र पर्यटकीय सेवाको न्यूनतम गुणस्तरमा हामीले ध्यान दिनुपर्छ । सभा सम्मेलन हल, सांस्कृतिक केन्द्र तथा अन्य रिक्रियसन सेन्टरहरु बनाउनुपर्छ । पोखराबाट काठमाडौं, चितवन र लुम्विनी जोड्ने सडकको स्तरोन्नति गर्नुपर्छ । पोखरा आउने पर्यटक छोटो समयमै काठमाडौं, सौराहा र लुम्विनी जान सकेमा पोखरामा उडान–अवतरण बढाउन सकिन्छ । यसका लागि अहिलेदेखि नै रणनीति बनाएर कार्यान्वयनमा लाग्नुपर्छ ।
पर्यटकीय शहर पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल बनाउनुको अभिप्राय बढी पर्यटक भित्र्याउने नै हो। तर, यहाँ पर्यटकको बसाइ र खर्च बढाउने खालका गतिविधि निकै कम छन्। यस्तो अवस्थामा पर्यटकबाट लाभ लिन कसरी सकिएला ?
यही नै सबैभन्दा ठूलो चुनौती हो । अहिले पोखरामा एउटा पर्यटक बढीमा तीन दिनमात्र अडाउन सकिने अवस्था छ । प्रायः पोखरा आउने पर्यटक एकै दिनमा घुमफिर गरेर फर्किन सक्छन् । किनभने यहाँ पर्यटकलाई भुलाउने गतिविधि कम छन् । पर्यटक पोखरा आएर होटलमा सुत्नुमात्र उपलब्धि होइन । पोखरामा आएको पर्यटकलाई कति समय राखियो र उनीहरुले कति खर्च गरे भन्ने मुख्य कुरा आउँछ । यसमा राज्य र निजी क्षेत्र योजना बनाएरै अगाडि बढ्नुपर्ने देखिन्छ । अहिलेसम्म हामीले पोखरामा फेवाताल र हवाइ खेलकुद बेचेर पर्यटक तानिरहेका छौं । पोखराको साइट सिन र प्याराग्लाइडिङ गरेर एकै दिनमा सिध्याउन सकिन्छ । त्यसपछि के गरेर पोखरा बस्ने ? हो, यसैलाई मध्यनजर गरेर विमानस्थल सञ्चालनमा आउने बेलासम्म पर्यटक भुलाउने र खर्च गर्ने पूर्वाधारहरु विकास गरिसक्नुपर्छ ।
पोखराको टार्गेट भनेको चिनियाँ र भारतीय पर्यटकमा हो । खासगरी पोखराबाट सिधा उडान हुने पनि चीन र भारतका विभिन्न शहरमा हो । हामीले चिनियाँ र भारतीय पर्यटकलाई पोखरामा कसरी आकषिर्त गर्ने ? कसरी उनीहरुको बसाइ लम्बाउने गतिविधि गर्ने ? र कसरी उनीहरुलाई बढीभन्दा बढी खर्च गर्न बाध्य बनाउने भनेर सोच्नुपर्छ । पोखरा विमानस्थलले वाषिर्क ४० लाख यात्रु थेग्न सक्छ । हामीले ती पर्यटकलाई सेवा दिने गरी पूर्वाधार विकास गर्नैपर्छ । क्यासिनो सञ्चालन गरेर हुन्छ कि, रिक्रियसन सेन्टरहरु बनाएर हुन्छ कि, फेवातालमा वाटर स्पोर्टस् सञ्चालन गरेर हुन्छ कि, पोखरालाई आसपासको क्षेत्रसँग समेटी प्याकेज बनाएर हुन्छ की पर्यटकले खर्च गर्ने वातावरण बनाइदिनुपर्छ । हामीले पोखराको फेवातालदेखि रारातालसम्म पानी र जमिन दुबैमा ल्यान्डिङ गर्न सक्ने इन्फेसिस जहाज उडाउने परिकल्पना गरेका छौं । इन्फेसिस जहाज चलाउन सकेमा नेपालका तालहरुमा उडेरै पुग्न सकिन्छ । पोखराबाट पर्यटक पैसा खर्च गरेर रारा जान्छ भने किन सेवा नदिने ।
पोखराबाट सिकलेस नजिकैपर्छ, त्योभन्दा १२ किलोमिटर टाढा ग्लेसियर लेक छ। २४ सय मिटर हाइटमा रहेको त्यो लेक आफैमा अनुपम छ। त्यो लेकबाट नजिकै कोरीडाँडा स्किङका लागि उपयुक्त छ। हामीले पोखराबाट २ घण्टामै स्किङ गर्न जाने व्यवस्था किन नमिलाउने ?
कोरिगाउँबाट केही अगाडि १२ बजेखोला छ । जुन १२ बजेमात्र बग्छ । त्यसलाई ब्रान्डिङ गर्न सकिन्छ । त्यसपछि ढोरपाटन सिकार आरक्ष आउँछ । विश्वकै नमुना ढोरपाटनमा शिकार गर्न धानढ्य पर्यटक भित्राउन सकिन्छ । पोखराबाट ढोरपाटनसम्म पुराएर फर्काउँदा पर्यटकलाई न्यूनतम ५र६ दिन राख्न सकिन्छ । अन्तर्राष्ट्रिय विमानस्थल बनेपछि पोखरा अन्तर्राष्ट्रिय स्तरको शहर बन्ने छ । अहिले पोखरामा अन्तर्राष्ट्रिय शहर हुनलायक पूर्वाधार बनिसकेको छ ? भोलि अन्तर्राष्ट्रिय उडान हुने बेलामा पोखरा शहर कस्तो बन्नुपर्छ ? पोखरामा पूर्वाधार विकासमा धेरै पछाडि छ । यहाँ अहिलेसम्म अन्तर्राष्ट्रिय स्तरका पूर्वाधार बनेका छैनन् । यो हाम्रा लागि सबैभन्दा बढी चिन्तनीय विषय हो । हामीले अन्तर्राष्ट्रिय उडान भइसक्दा धेरै पूर्वाधार खडा गरिसक्नुपर्छ ।
पोखरा आफै पनि साँघुरो भइसकेको छ । भोलि प्रदेशको राजधानी र अन्तर्राष्ट्रिय उडान भइसकेपछि यो चाप झनै बढ्ने निश्चित छ । हामीले अहिलेदेखि नै भोलिका लागि सम्झिएर पोखरा शहरलाई व्यवस्थित गर्नुपर्छ । पोखरा फोहोर बन्दै गइरहेको छ, पार्किङको समस्या छ, घरहरु अस्तव्यस्त बनिरहेका छन् । यसले भोलि निकै समस्या पैदा गर्ने देखिन्छ । पोखरामा खासगरी अनुगमन गर्ने निकाय अत्यन्तै कमजोर छ । कानुनको पालन भइरहेको छैन । जसले काननु तोड्न सक्यो, त्यसको महत्व बढेको हामीले पाइरहेका छौं । यसका पछाडिको एउटै कारण हो, राजनीतिक संरक्षण । असल राजनीतिक संस्कार कुनै पनि मुलुकको विकासका लागि पहिलो शर्त हो । तर, पोखरामा विकास निर्माणका नाममा राजनीति गरेर काम रोकिन्छ । त्यसको उदाहरणको रुपमा पोखरा बसपार्कलाई लिन सकिन्छ ।
असल राजनीतिक संस्कारका लागि हामीले ठूलै संघर्ष गर्नुपर्ने देखिन्छ । राजनीतिक दल विकासका संवाहक हुनुपर्नेमा विकासका बाधक बनिरहेका छन् । पोखराको विकासका लागि सुशासन पहिलो आवश्यकता हो । पोखरा शहरको विकास गर्ने काम सिटी काउन्सिलले गर्छ । त्यो अत्यन्तै कमजोर छ, पहिला त्यसलाई सुदृढीकरण गर्नुपर्छ । पोखरामा घरहरु बनिसकेका छन्, तोडेर बाटो फराकिलो बनाउन सम्भव छैन । अब हामीले फ्लाई ओभर र अन्डरग्राउन्ड सडक बनाउनुपर्छ । मेट्रो रेल चलाउनुपर्छ, साना गाडी भन्दा पनि मास ट्रान्सपोर्टेसनमा जानुपर्छ । यसले पोखराको ब्युटिफिकेसन बढाउन पनि निकै ठूलो मद्दत गर्छ ।
पोखरामा पर्यटक भुलाउन मानव निर्मित संरचना बनाउनुपर्छ । हामीले पूर्वाधार बनाउँदा पोखरा शहरभन्दा बाहिर बनाउनुपर्छ । बसपार्क, सांस्कृतिक केन्द्र, फनपार्क, सभा सम्मेलन हल शहरभन्दा बाहिर बनाउनुपर्छ । पोखरामा ४२ किलोमिटर लामो चक्रपथ बनाउन प्रारम्भिक अध्ययन भइसकेको छ । एशियन इन्फ्राष्टक्चर बैंकबाट ऋण लिएर चक्रपथ बनाउने अभियान चलाउँदैछौं । चक्रपथ बनेपछि पोखराको बाहिरी भाग पनि सुगम बन्ने छ । हामीले पर्यटक आकर्षित गर्न दुबैमा जस्तो टावर र सपिङ कम्पलेक्स बनाउन त नसकौंला । तर, भिन्न र अलौकिक चिजहरु बनाउन सकिन्छ । लेकसाइडको रत्नमन्दिरलाई केशर बँगैचाजस्तै ड्रिम रेष्टुरेन्टको रुपमा विकास गर्नुपर्छ । यहाँ ताल निकै साँघुरो छ । तालको बीचमा रंगीन वाटर फाउन्टेन बनाउने परिकल्पना गरेका छौं । पर्यटकले मन्दिरमा बसेर खानेकुरा खाँदै वाटर फाउन्टेनको मज्जा लिन सकुन् । यो बनाउन ६÷७ करोड लाग्ने रहेछ । यसले फेवातालमा आकर्षण बढ्ने छ ।
तर, पोखरामा मौलाएको राजनीतिक खिचातानीका बीचमा यहाँको विकास सम्भव होला र ?
पोखरामा विकासका नाममा ठूलो राजनीति भइरहेको सत्य हो । तर, यहाँ पूर्वाधार विकास नगरी सुखै छैन । जसरी विमानस्थल बनाउन सम्पूर्ण दल र सर्वसाधारण एकजुट भएर लागेका थिए, त्यसरी नै पोखरामा अन्य पूर्वाधारको विकासमा पनि एकजुट भएर लाग्नुपर्छ । अन्यथा पोखरा धेरै पछाडि पर्ने छ । राजनीतिक दलहरुमा सु–संस्कारको विकास हुनैपर्छ । भोलिका दिनमा हुलतन्त्रले कसैलाई लाभ हुनेछैन । असल संस्कारको विकास नभएसम्म अब जनताले पनि भोट दिँदैनन् । विकासको नेतृत्व गर्दा भोटब्यांक बढ्छ भन्ने मानसिकता हटाउनुपर्छ । पोखरा हाम्रो हो, यसको विकास हामी आफै मिलेर गर्ने हो भन्ने मानसिकता विकास गरेर अगाडि बढ्नुपर्छ ।
पोखरामा औद्योगिक विस्तार कत्तिको भइरहेको छ ?
पोखरा औद्योगिक शहर होइन, यो पर्यटकीय शहर हो । सबै ठाउँमा सबै कुराको विकासको सम्भव छैन । गर्नु पनि हुँदैन । पोखरामा औद्योगिक विस्तार गर्ने विषयमा सोच्न थालियो भने त्यसले भुमरीमा पारिदिन्छ । म पोखराबाट औद्योगिक क्षेत्र पनि विस्थापित गर्नुपर्छ भन्छु । शहरको बीचमा रहेको औद्योगिक क्षेत्रलाई बाहिर स्थानान्तरण गर्नुपर्छ । शहरको केन्द्रविन्दूमा राख्नुहुँदैन । औद्योगिक क्षेत्र भएका ठाउँमा पाँचतारे एयरपोर्ट होटल बनाउनुपर्छ । एयरपोर्टको नजिकै यस्ता उद्योगहरु चलाउन हुँदैन । उद्योगहरु शहरबाट बाहिर सञ्चालन गर्नुपर्छ भन्ने मान्यता हो । पोखरा पर्यटकीय शहर हो, औद्योगिकीकरण गरेर यसको सुन्दरता बिगार्नुहुँदैन । पोखरामा केही उद्योगबाहेक ठूला उद्योगहरु सञ्चालनमा छैनन् । तर, उपभोक्ताका दृष्टिकोणले पोखरा काठमाडौंपछि दोस्रो महत्वपूर्ण शहर हो । यहाँ खर्च गर्न सक्ने मानिसहरु धेरै छन् । विमानस्थल बनेपछि उपभोग झनै बढ्नेछ ।
तपाईहरु ४ नम्बर प्रदेशको विकासका लागि यहाँ रहेका सम्भावनाहरु पहिचान गर्दैै हिँडिरहनुभएको छ । यस क्षेत्रका सम्भावनाहरु के–के रहेछन् ?
यो प्रदेश आर्थिकरुपमा निकै सक्षम देखिन्छ । यहाँ पर्यटन, कृषि, हाइड्रो लगायतको पर्याप्त सम्भावना छ । अहिले नेपालमा उत्पादित कुल जलविद्युतमध्ये करिव ५२ प्रतिशत चार नम्बर प्रदेशबाटै भइरहेको छ । यो २९ परियोजनाबाट मात्र सम्भव भएको हो । दुई वर्ष्भित्र ३८ परियोजना सम्पन्न हुँदैछन्, जसबाट २०० मेगावाट विद्युत थपिनेछ । जलविद्युतमा प्रशस्त लगानी गर्ने हो भने यहाँबाट विद्युत निर्यात गर्न सकिने सम्भावना छ । जलविद्युतमा यो प्रदेश धनी छ । यसका साथै पर्यटनमा पनि यो प्रदेश अब्बल देखिएको छ । पोखरा, मनास्लु, अन्नपूर्ण क्षेत्र, ढोरपाटन शिकार आरक्ष, निकुञ्ज यही क्षेत्रमा पर्छन् । त्यसमाथि अन्तर्राष्ट्रिय विमानस्थल बन्दैछ । यो प्रदेशको मुख्य आर्थिक मेरुदण्ड नै पर्यटन बन्ने निश्चित छ ।
यो प्रदेशका नागरिकबीच हामी सबै एउटै हौं भन्ने भावनाको विकास गर्नु पहिलो चुनौती छ । नवलपरासी, बाग्लुङ र मनाङसम्मका मानिसमा भावनात्मक सम्बन्ध विस्तार गर्नुपर्छ । यो प्रदेशमा बस्ने मानिसमा सहिष्णुता धेरै छ । यो हाम्रो सम्पत्ति पनि हो । नवलपुरदेखि पोखरासम्म जोड्ने सडक विस्तार गर्नुपर्छ । चार नम्बर क्षेत्रलाई सडक सञ्जालले घेर्नुपर्छ । ढोरपाटनदेखि गोरखाको आरुघाटसम्म विकास गर्नुपर्छ । उनीहरुमा हाम्रो प्रदेश हो भन्ने भवनाको विकास गरिदिनुपर्छ ।
यो क्षेत्रमा विदेशी लगानी कत्तिको आइरहेको छ ? बढीभन्दा बढी विदेशी लगानी भित्र्याउन के गर्नुपर्छ ?
यो क्षेत्रमा स्वदेशी तथा विदेशी लगानीकर्ताको उत्तिकै आकर्षण देखिएको छ । यहाँ लगानीका लागि धेरै सम्भावनाहरु छन् । पोखराको पर्यटनमा स्वदेशी लगानीकर्ता बढी आकर्षित देखिएका छन् । उनीहरुलाई हामीले थप प्रेरित गर्दै लैजानुपर्छ । कुनै पनि देशको विकासका लागि विदेशी लगानी आवश्यक छ । हाम्रोमा पनि विदेशी लगानी प्रशस्त भित्राउनुपर्ने देखिन्छ । तर, विदेशी लगानी भित्राउनका लागि व्यवसायिक वातावरण आवश्यक छ । हाम्रो देशमा व्यवसायिक वातावरण कहिल्यै बनेनन् । लगानी सुरक्षा र प्रतिफलको सुनिश्चितता नहुँदासम्म कुनै पनि लगानीकर्ता आउँदैनन् । हाम्रो देशगत रुपमा लगानीलाई हेर्ने नजर समेत खराब छ ।
हामीले भारतीय लगानीलाई उपेक्षा गरिरहेका छौं । यसको उदाहरणका रुपमा जीएमआर र सतलजलाई लिन सकिन्छ । हामीले भारतको लगानीलाई किन उपेक्षा गर्ने ? अरु देशको लगानीलाई किन स्वागत गर्ने ? भारतलाई कुनै परियोजना बनाउँछु भन्दा त्यसको विरोध गर्ने होइन, स्वागत गर्नुपर्छ । नेताहरुमा देखिएको यो गलत मानसिकता मेट्नुपर्छ ।
संविधान बने पनि अझै ढुक्कसँग लगानी गर्ने वातावरण बनेको छैन भन्न खोज्नुभएको हो ?
नयाँ संविधान बनेपछि लगानीको वातावरण बन्ला भन्ने धेरैको अपेक्षा थियो । धेरै लगानीकर्ताले नयाँ संविधान कुरेर बसेका थिए । तर, नयाँ संविधानसँगै मुलुकमा झन अस्थिरता बढेपछि सबै निराश छन् । कुनै पनि लगानीकर्ताले राजनीतिक आचरण, मनोवृद्धि र सुरक्षा हेरेर लगानी गर्ने हो । तर, हाम्रोमा सबै पक्ष गलत भयो । लगानीको सुरक्षा हुन सकिरहेको छैन । लगानीकर्तालाई खेदने परिपाटी अझै कायम छ । विदेशी लगानी चहिन्छ पनि भन्ने र उनीहरुलाई हतोत्साहित गर्ने काम राजनीतिक दलहरुबाटै भइरहेको छ ।
लगानीको वातावरण बनाउने कुरामा सरकार चलाउने नेताहरु गम्भीर भएको देखिएन । नेताहरु एउटा कुरा बोल्छन्, अर्को गर्छन्, जसले अनिश्चितता पैदा गरिरिदएको छ । ट्रेड युनियनले पनि व्यवसायिक वातावरण बिगारिरहेका छन् । यही अवस्थामा मुलुकमा राजनीतिक स्थिरता आउन अझै वर्षौं लाग्ने देखिन्छ । नयाँ संविधान कार्यान्वयनका लागि पनि सरकार चुकिरहेको छ ।
जनताको विकास हेर्ने चाहना कहिले पूरा होला ?
अहिलेको अवस्था हेर्ने हो भने तत्कालै सम्भव देखिँदैन । हुनत विकासका लागि लामो समय कुर्नुपर्छ । मेरै कालखण्डमा विकास हुनुपर्छ भनेर हुँदैन । तर, विकास निर्माणका कामहरु त सुरु हुनुपर्रुयो नि । जनतालाई विकास हुँदैछ भन्ने अभास त हुनुप¥यो नि । यहाँ त विकास होइन, विनासमात्र भइरहेको सुनिन्छ । देशमा ०४६ सालको आमुल परिवर्तनपछि अहिलेसम्म कुनै तात्विक परिवर्तन नहुँदा पनि जनतामा निराशा छाएको छ । त्यतिबेला मानिसमा जुन उत्साह थियो, पार्टीप्रति उनीहरुको जुन विश्वास थियो, त्यो विस्तारै घट्दै गइरहेको छ । किनभने नेताहरुले जनताले चाहेअनुरुप डेलिभरी गर्न सकेनन् । जनताको अपेक्षाअनुसार काम गर्न सकेनन् । विकास निर्माण नहुँदा नेताहरुप्रति अविश्वास पैदा भयो । मुलुकमा विकास नै नहुने हो कि भनेर जनता सशंकित हुन थाले । यो दुर्भाग्य हो ।
Post a Comment