गोल्डेन न्यूज संवाददाता
नेपाल प्रेस युनियनका केन्द्रीय सचिव तथा पत्रकार सुर्यकुमार क्षेत्रीको बिहीबार निधन भएको छ । ब्रेन ट्युमरबाट पीडित पत्रकार क्षेत्रीको अन्नपूर्ण न्यूरो अस्पताल काठमाडौंमा उपचारका क्रममा बिहीबार राति करिब नौ बजे निधन भएको हो । उनलाई करिब ५ महिनाअघि ब्रेन ट्युमर भएको थियो । गत पौषमा भारतको नयाँ दिल्लीस्थित बिएलके अस्पतालमा उनको व्रेन ट्युमर शल्यक्रिया र ४५ दिनको थेरापी गरिएको थियो । यसअघि वरिष्ठ न्युरोसर्जन डा. बसन्त पन्तको टोलीले पत्रकार क्षेत्रीको बुधबार दिउँसो सल्यक्रिया गरेको थियो। पत्रकार क्षेत्रीलाई फेरि गाह्रो भएपछि बिहीबार बिहान काठमाडौंको अन्नपूर्ण न्यूरो अस्पताल भर्ना भएका थिए । उनको निधनपश्चात अन्नपूर्ण अस्पतालमा नेपाल प्रेस युनियनका केन्द्रीय अध्यक्ष बद्री सिग्देल, नेपाल पत्रकार महासंघका सल्लाहकार पोषण केसी, उपाध्यक्ष अनिता बिन्दु लगायत पुगेको केन्द्रिय सदस्य ऋषिकान्त पौडेलले गोल्डेन न्यूज दैनिकलाई जानकारी दिए । स्याङ्जा स्थायी घर भएका पत्रकार क्षेत्री सफल कलाकार एवं गायक समेत हुन् । लामो समयदेखि उज्यालो एफएममा कार्यरत छन्् । कुशल पत्रकार एवं संगीतकर्र्मी क्षेत्रीका सयौं लोक तथा दोहोरी तथा आधुनिक गीतहरु रेकर्ड भएका छन्, जसमध्ये चर्चित गीतहरुमा डाली पलायो, उडी जाने जेट, धानको सिरौला, धोका दिनेलाई के भनु र खोइ लगायत दर्जनांै गीत रहेका छन् ।
यसैबीच नेपाल प्रेस युनियनका महासचिव अजयवावु सिवाकोटीले शोक विज्ञप्ति प्रकाशित गरि क्षेत्रीको निधनप्रति दुःख प्रकट गरेका छन् । बिहीबार राति ११ बजे शोक विज्ञप्ति जारी गर्दै उनले क्षेत्रीको निधनले प्रेस युनियन र समग्र पत्रकारिता जगतलाई नै अपूरणीय क्षति पु¥याएको बताएका छन् ।
यसैबीच नेपाल प्रेस सोसाइटीका संयोजक रुद्रप्रसाद भट्टले पनि एक शोक विज्ञप्ति जारी गरि नेपाली पत्रकारितामा आफ्नो बेग्लै पहिचान बनाइ सकेका कुशल पत्रकार तथा नेपाल प्रेस युनियनका केन्द्रिय सचिव सूर्यकुमार क्षेत्रीको दुःखद् निधनको खबरले नेपाल प्रेस सोसाइटीलाई स्तब्ध बनाएको बताएका छन् । क्षेत्रीको निधनले नेपाली पत्रकारिता क्षेत्रले योग्य र क्षमतावान पत्रकार गुमाएको छ भने हामिले असल साथी गुमाउन पुगेको भट्टको विज्ञप्तिमा उल्लेख छ ।
यसैगरी नेपाल प्रेस युनियन गण्डकी अञ्चल संयोजक टंक अधिकारी, नेपाल प्रेस युनियन ललितपुरकी अध्यक्ष जानुका बरालले समेत एक शोक विज्ञप्ति प्रकाशित गरि पत्रकार क्षेत्रीको निधनप्रति दुःख प्रकट गरेका छन् । गण्डकी अञ्चल संयोजक अधिकारीद्वारा जारी शोक विज्ञप्तिमा भनिएको छ–‘नेपाल प्रेस युनियनका केन्द्रिय कार्यसमितिका सचिव सूर्यकुमार क्षेत्रीको केही बेर अघि भएको दुःखद् निधनबाट हामी सम्पूर्णलाई मर्माहत एवं स्तब्ध बनाएको छ । दिवंगत आत्माको चीर शान्तिको कामना गर्दै शोक सन्तप्त परीवारप्रति हार्दिक समवेदना प्रकट गर्दछांै ।’
पत्रकार क्षेत्रीको निधनप्रति पत्रकार, गायक–गायिकाहरु, पत्रकार एवं लोक संगीत सम्वद्ध विभिन्न संघसंस्थाहरुले समेत दुःख प्रकट गरेका छन् ।
Post a Comment