गोल्डेन न्यूज संवाददाता
सशस्त्र प्रहरीको एपिएफ क्लबले पोखरामा आयोजित पाँचौ मनकामना केवलकार पोखरा कपमा विजय सुरुवात गरेको छ । प्रतियोगितामा पहिलो पटक सहभागी नवजनजागृति युवा क्लव भने पहिलो खेलबाटनै बाहिरिएको छ । विभागीय टीमम एपिएफले मंगलवार आयोजित उद्घाटन खेलमा नवजनजागृति युवा क्लब सिमरालाई ४–० को फराकिलो अन्तरले हरायो । एपिएफको जितमा रञ्जन विष्टले ह्याटीम«क गरे । खेलको तेस्रो मिनेटमै गोल गर्दै अग्रता दिलाएका विष्टले खेलको १७ औं र ४८ औं मिनेटमा गोल थपे । एपिएफको लागि नविन लामाले ४३औं मिनेटमा अर्को गोल गरे । प्रतियोगिता अवधिभर सिमराले गोलको खासै राम्रो अबसर सिर्जना गर्न सकेन र पहिलो खेलबाटै घर फर्किन वाध्य भयो । विजेता टीम एपिएफले बैशाख ४ गते अन्तिम चारको लागि नेपाल पुलिस क्लबको समना गर्नेछ । प्रतियोगिताको दोस्रो प्रि –क्वाटरफाईनलमा बुधवार रुपन्देही ११ र रमपम झापा बीच प्रतिस्पर्धा हुनेछ । खेल सकिएपश्चात एपिएफका प्रशिक्षक जनक सिंङले एपिएफको तर्फबाट भनेजस्तो खेल प्रस्तुत नगर्दापनि खेलमा जीत हासिल सफल गर्न सफल भएको बताए । सिंङले प्रतिस्पर्धी टीम जुनियर खेलाडीहरु भएतापनि राम्रो भएको बताउँदै पुलिस संग हुने खेलमा पनि राम्रो खेल प्रस्तुत गर्ने बताए । त्यस्तै नवजनजागृति युवा क्लव सिमराका प्रशिक्षक दधिर क्षेत्रीले आफ्नो टीमको खेलाडी जुनियर भएकाले पनि प्रतियोगिता मा राम्रो खेल प्रस्तुत हुन नसकेको बताए । क्षेत्रीले आफ्नो टीममा भर्खरै एसएलसीमा सहभागी भएका ५ जना खेलाडी समावेश गरेको र राम्रो संग तालिम हुन नसक्दा डिफेन्स कम्जोर भएर नै प्रतियोगितामा प्रतिस्पर्धी संग डिफेन्स लिन नसकेको वताए । प्रतियोगिताको उद्घाटन गर्दै पोखरा उप–महानगरपालिकाका कार्यकारी अधिकृत झलकराम अधिकारीले पोखरामा अन्तर्राष्ट्रिय सभा सम्मेलनदेखि अन्तर्राष्ट्रिय स्तरको खेलकुद प्रतियोगिता समेत गर्न सक्ने क्षमता रहेको बताए । त्यस्तै पश्चिमाञ्चल खेलकुद बिकास समितिका अध्यक्ष खगराज पौडेलले मोफसलमा आयोजना हुने अन्तर्राष्ट्रिय फुटवल प्रतियोगिताले पोखरामा खेल पर्यटनको विकासमा सघाउ पु¥याउने बताए ।
Post a Comment