लायन्स क्लव इन्टरनेशनल ३२५ बी १ नेपालको चौथो महाधिवेशन आगामी बैशाख ४ गते पोखरमा हुदैछ। महाधिवेशन नजिकिंदै गर्दा विभिन्न उप–कमिटीहरुले तयारीलाई तीव्र पारेका छन्। महाधिवेशनबाट आगामी कार्यकाल २०१६÷०१७ का लागि नयाँ नेतृत्व चयन गर्ने भएकाले महत्वका साथ हेरिएको छ। महाधिवेशन तयारी मूल आयोजक समितिको संयोजकमा दिनबन्धु पौडेल रहेका छन्। लायन्स क्लब अफ पोखरा गोल्डेन चौतारीका संस्थापक अध्यक्ष समेत रहेका पौडल ८ बर्षदेखि लायन्स गतिविधिमा सक्रिय छन्। मन, वचन र कर्मले मानवीय सेवामा क्रियाशील उनी डिष्ट्रिक्टको बिभिन्न पदमा रहेर महत्पूर्ण भूमिका निर्वाह गर्दै आएका छन्। उनी हाल डिष्ट्रिक्ट एड्भाईजर समेत हुन्। महाधिवेशन तयारीका सन्दर्भमा संयोजक पौडेलसंग महाधिवेशन प्रचार–प्रसार तथां संचार समन्वय उप–समितिका संयोजक टंकराज अधिकारीले गरेको कुराकानी ः
लायन्स महाधिवेशनको आयोजना गर्नुभयो, कस्तो महसूस गर्नुभएको छ ? तयारी कहाँ पुग्यो ?
सर्व प्रथम, लायन्स क्लब ईन्टरनेशनल डिष्ट्रिक्ट ३२५ बी १ नेपालको वैशाख ४ गते पोखरास्थित सभागृह हलमा हुन गइरहेको चौथो राष्ट्रिय महाधिवेसन बारे जानकारी गराँउन पाँउदा म र मेरो क्लब लायन्स क्लब अफ पोखरा गोल्डेन चौतारीले गौरवको महसूस गरेका छौं । महाधिवेशन आयोजकको नाताले भन्नु पर्दा हामी गौरवान्वित पनि भएका छौं । महाधिवेशन सम्पन्न गर्न मूल आयोजक समिति र विभिन्न उप–समितिहरु निमार्ण भई आ–आफ्ना जिम्मेवारीका कार्यहरु अगाडि बढाईरहनुभएको छ । को–को कुन पदमा छांै भन्ने कुराको चासो नराखी सम्पूर्ण पोखरास्थित लायन्स तथा लियोहरु यस शुभकार्यमा जुटेको देख्दा लायन्स महधिवेशन ऐतिहासिक रुपमा सभ्य र भव्य रुपमा सफल हुन्छ भन्ने महसूस गरेको छु । पोखरा स्थित ७३ वटा लायन्स क्लब र लियो क्लबका अध्यक्षहरु संयोजक र उप–संयोजक रहेको बिभिन्न ४६ वटा उप–समिति बनाई जिम्मेवारी बाँडफाड गरी तयारीलाई तीब्र बनाएका छांै । साथै पोखरा सभागृहको हललाई समेत मर्मत सम्भार गरिरहेका छौं । महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेका छौं । हामी छिट्टै पत्रकार सम्मेलन गरेर तयारी बारे जानकारी गराउनेछौं ।
महाधिवेशनमा लायन्स र लियोका कति प्रतिनिधि सहभागी हुनेछन् ? यसको ब्यवस्थापन कसरी गर्नु भएको छ त ?
महाधिवेशनमा डिष्ट्रिक्ट बी १ नेपाल अन्तर्गतका रहेका करिब २ सय १० लायन्स क्लबका ३ हजार ५ सय प्रतिनिधि सहभागी हुने अनुमान गरिएको छ । महाधिवेशन सम्पन्न गर्नका लागि करिब ७० लाख खर्च लाग्ने र आम्दानी तर्फ रजिष्ट्रेशन, शुभकामना ब्यानर, स्मारिका विज्ञापन लगायत विभिन्न क्षेत्रसँग सम्बन्धित ब्यक्तित्वहरुका साथै सम्पूर्ण लायन्स साथीहरुको सहयोगबाट ब्यवस्थापन मिलाईने छ ।
महाधिवेशन हुने स्थल पोखरा सभागृहको हल सानो छ। कसरी मिलाउनुहुन्छ ?
महाधिबेशनको कार्यक्रम पोखराको सभागृहमा हुने भएकोले सभागृहलाई ब्यवस्थित गर्ने काम शुरु गरिएको छ । सभागृहको क्षमता १ हजार ३ सय जनाको भएपनि सभागृहमा सहभागी नअटाउने भएपछि सभागृह बाहिर अस्थाई डोम निमार्ण गरि भित्र भएका गतिबिधि लिड स्क्रिनमार्फत बाहिर देखाउने ब्यवस्था मिलाईएको छ । यसले गर्दा सहभागिलाई कुनै किसिमको असुविधा महसूस हुने छैन । यस्तै पोखराका स्थानीय लायन्स प्रतिनिधिका लागि हल बाहिरैबाट महाधिवेशन हेर्ने व्यवस्था मिलाइनेछ भने पाहुनाहरुलाई मात्र हलभित्र बस्ने व्यवस्था मिलाइनेछ ।
पोखरामा नै लायन्स महाधिवेशन गर्नुको उद्देश्य के–के हुन र यसका आर्कषण के हुन सक्छन ?
महाधिवेशनको मुख्य उद्देश्य लायन्स अन्तर्राष्ट्रियको बिधि विधानमा रहि आफ्नो नीति नियम बनाउने, संशोधन गर्ने, डिष्ट्रिक्टको नयाँ नेतृत्वको लागि नयाँ पदाधिकारी चयन गर्ने नै हो । पोखरामा महाधिबेशन गर्नुको उद्देश्य पर्यटकीय नगरीमा आन्तरिक पर्यटनलाई थप प्रवद्र्धन गर्नुका साथै यहाँ रहेका प्राकृतिक, धार्मिक, सांस्कृतिक सम्पदाको परिचय दिनु हो । यसलाई हामीले पोखराको पर्यटन प्रवद्र्धन गर्ने माध्यमको रुपमा हामीले लिएका छौं । भूकम्प, नाकावन्दी जस्ता विषम परिस्थतिले तहस–नहस बनेको पोखराको पर्यटन व्यवसायलाई थोरै भएपनि राहत पुगोस भन्ने उद्देश्यले हामीले पोखरालाई नै रोजेका हांै । जसका लागि महाधिवेशनको नारा नै जाउँ है पोखरा लायन्स महाधिवेशन मा भन्ने तय गरेका छौं ।
महाधिवेशनका आर्कषण पक्ष भनेका यस महाधिवेसनमा डिष्ट्रिक्टको नेतृत्वमा रहेका करिब ४ हजारको संख्यामा रहेका लायन्स सदस्यहरु सहभागी हुँदैछन । जव कि उनीहरु विभिन्न पेशा व्यवसायमा लागेका समाजका उत्कृष्ट व्यक्तिहरु हुन् । उहाँहरु यहाँ आउनु नै पोखराको समग्र पर्यटन प्रवद्र्धनका लागि महत्वपूर्ण पक्ष हो । पोखरा आँफैमा सुन्दरी नगरी भएकाले यहाँ आउने पर्यटकहरु जो कोही पनि लोभिने गर्दछन् । सुन्दर पोखरामा मेचीदेखि महाकालीसम्मका लायन्सहरुलाई पोखरामा भित्र्याउनु नै यसको आकर्षण पक्ष हो । अर्को कुरा यस महाधिवेशनले समग्र पोखरेलीलाई पोखरामा अत्याधुनिक सुविधा सम्पन्न धरै भन्दा धेरै मानिस अटाउन सक्ने सभा हल आवश्यकता छ भन्ने कुराको महसूस गराउनु पनि हो ।
महाधिबेशनमा अन्य लायन्स क्लब र ब्यक्तिहरुको कस्तो सहयोग पाउनु भएको छ ?
लायन्स क्लब अफ पोखरा गोल्डेन चौतारी र सेती गण्डकी त आयोजक मात्र हो । लायनवादलाई माया गर्ने डिष्ट्रिक्ट ३२५ बी १ नेपाल अन्तर्गतका सम्पूर्ण लायन्स क्लब बिशेष गरी पोखरास्थित लायन्स क्लबहरु र पोखरेली लायन्सहरु यस महाधिवेशनलाई ऐतिहासिक, सभ्य र भव्य रुपमा सफल पार्न आ–आप्mना तह र तप्काबाट लागिपरेका छन् । महाधिवेशन लायन्सहरुको भएपनि यसलाई सम्पन्न गर्न आम पोखरेलीले समेत आ–आफ्नो क्षेत्रबाट सहयोग गरेका कारण हामीले राम्रो सहयोग पाएका छौं ।
भावी नेतृत्वका लागि यस क्षेत्रबाट एक पछि अर्का उम्मेदवारी परेको छ, यसले पोखरा पनि नेतृत्वका लागि अगाडि देखिएको सन्देश हो ?
अवश्य पनि हो । पोखरा लायनवादको उर्भरभूमि हो भन्दा पनि हुन्छ । काठमाडांै पछिको लायनवादको उद्गम थलो पोखरा हो भन्न हिच्चकिचाउनु पर्दैन । पोखरामा २२ बर्षका देखि ७५ बर्ष उमेर समूहका झण्डै २ हजार ५ सयको हाराहारीमा लायन सदस्य सक्रियरुपमा क्रियाशिल हुनुहुन्छ । पोखरामा पूर्व मल्टिपल काउन्सिल चेयरपर्सनद्वय दिपक श्रेष्ठ, प्रेम बहादुर श्रेष्ठ, पूर्व गर्भनर योगेन्द्र प्रधानदेखि लिएर वर्तमान गर्भनर ध्रुव बहादुर थापा, बर्ष २०१७÷१८ मा डिष्ट्रिक्टको नेतृत्वमा पुग्नुहुने हालका द्वित्तीय भाईस गर्भनर धनराज आचार्य पोखराकै हुनुहुन्छ । यसले के देखाउछ भने अवसर पाएमा पोखरा एक से एक नेतृत्व लिन डिष्ट्रिक्टको मात्र नभइ अन्तर्राष्ट्रियको पनि नेतृत्व लिन सक्षम छ ।
अन्त्यमा भन्नुपर्ने केहि छ कि ?
हाम्रो निमन्त्रणालाई स्वीकार गरी पोखरामा आउन लाग्नु भएका सम्पूर्ण लायन्स तथा लियो साथीहरुलाई पोखरामा न्यानो स्वागत गर्दछौं । पोखरेली र पोखरालाई माया गर्नेहरु जस्ले महाधिवेशन सभ्य र भब्य बनाउन आ–आफ्नो तर्फबाट हामी जुन सहयोग गरिरहनु भएको छ सबैप्रति हार्दिक आभार ब्यक्त गर्दछु । अन्तमा हामी दुई क्लब लायन्स क्लब अफ पोखरा गोल्डेन चौतारी र सेती गण्डकीलाई विश्वास गरी महाधिवेशन गर्ने जिम्मेवारी दिनुहुने डिष्ट्रिक्ट गर्भनर ध्रुवबहादुर थापा र उहाँको क्याविनेट टीम एवं महाधिवेशनलाई सफल पार्न सहयोग गर्नुहुने गण्डकी, धवलागिरी र बाग्मती क्षेत्रका सम्पूर्ण लायन्स, लियो एवं सम्पूर्ण पोखरेलीहरुको साथ र सहयोगको अपेक्षा गर्दै तपाइँलाई पनि हार्दिक धन्यवाद ज्ञापन गर्दछु ।
Post a Comment