0
गोल्डेन न्यूज संवाददाता
नेहा पुन हत्याको मुद्दामा जिल्ला अदालतले सोमबार पोस्टमार्टम गर्ने चिकित्सक झिकाउने आदेश दिएको छ । जिल्ला न्यायाधीश नरिश्वर भण्डारीको इजलासले पोस्टमार्टम रिपोर्टको बारेमा थप जानकारी लिन आवश्यक देखिएको भन्दै चिकित्सक झिकाउन आदेश दिएको समाधान दैनिकले छापेको छ । यसैगरी प्रहरी अनुसन्धानका क्रममा कागज गर्ने करुण रानाभाटलाई झिकाउन पनि सोमबार आदेश भएको स्रेस्तेदार कृष्णप्रसाद नेपालले बताए । नयाँगाउँ घर भइ न्युरोडस्थित स्माइल क्याफेमा कार्यरत १९ वर्षे नेहा पुनको शव माघ १९ गते बिहान उनकै घर नजिकै भेटिएको थियो । त्यसलगत्तै सतीशलगायत युवाहरुलाई प्रहरीले पक्राउ गरेको थियो। अरुलाई छाडे पनि सतीशलाई थुनामै राखेको प्रहरीले माघ २५ गते सार्वजनिक गरेको थियो । प्रहरीले फागुन १६ मा जिल्ला अदालत कास्कीमा सतीश विरुद्ध मुद्दा दायर गरेको थियो । अदालतको आदेशले उनी फागुन १८ मा पुर्पक्षका लागि जेल चलान भएका थिए ।











Post a Comment

 
Top