0
गोल्डेन न्यूज संवाददाता
एमालेको महाधिवेशन भएको झण्डै डेढ बर्षसम्म गुटगत विवादका कारण रिक्त रहेका विभागले पूर्णता पाउन थालेका छन् । ३१ मध्ये २२ वटा विभागमा रहने व्यक्तिको नाम विहीबारसम्म टुंगो लागेको छ । अध्यक्ष केपी ओली र नेता माधव नेपाल समुहले विभाग आ(आफ्नो अनुकुलमा व्यक्ति राख्ने प्रयास गर्दा विवाद भएको थियो । उक्त विवाद मिलाउदै विभागमा रहेने व्यक्तिको नाम टुंगो लगाउन महासचिव इश्वर पोखरेल, सचिवहरु पृथ्वी सुब्बा गुरुङ र गोकर्ण विष्ट रहेको कार्यदल गठन गरेको थियो । कार्यदलले विभागीय प्रमुख र उपप्रमुखहरुसंगको छलफलमा विभागीय सदस्यको नाम टुंगो लगाएको सचिव विष्टले जानकारी दिए । ‘२२ वटा विभागको टुंगो लागेको छ, पार्टीेका अन्य केही नियमति काम भएकाले बाँकी विभागको बिषयमा केही दिनपछि छलफल गरी टुंगो लगाउँछौ’,–उनले भने । केन्द्रीय समितिले कार्यदल लाई नै टुंगो लगाउने अधिकार दिएको थियो । बिहीबारसम्म पूर्णता पाएका विभागहरुमा अर्थ र योजना, प्रचार, उद्योग तथा बाणिज्य, उपभोक्ता हित संरक्षण र सुशासन, कानुन तथा न्याय, पर्यटन प्रवद्र्धन, पार्टी स्कुल, युवा तथा खेलकुद, राजकीय मामिला, विज्ञान तथा प्रविधि, शिक्षा तथा मानव स्रोत, श्रम तथा रोजगार, स्वास्थ्य तथा जनसंख्या, पुस्तकालय तथा अभिलेख, संघीय मामिला, संसदीय, संस्कृति, समाजिक सेवा, समान्य प्रशासन र स्थानीय विकास विभाग छन् । विदेश, प्राकृतिक स्रोत साधन, संगठन, नीति तथा अनुसन्धान लगायतका नौ विभागले पूर्णता पाउन बाँकी छ ।

















Post a Comment

 
Top