0
वैकिङ्ग झमेलामा रहेका फेवा विकास बंैकका निवर्तमान अध्यक्ष जगन वहादुर गुरुङ्गले सामाजिक संस्था रोटरी क्लवको पैसा दुरुपयोग गरेको अभियोगमा जिल्ला प्रशासन कार्यालय पोखरामा उजुरी परेको छ । पोखराको पुरानो रोटरीयनहरु को संस्था रोटरी क्लव अफ पोखराका सस्थापक सदस्य गुरुङ्गले ४२ लाख रुपैया दुरुपयोग गरेको भन्दै जापानको रोटरी क्लव किसाराजु ईस्टले उजुरी हालेको हो । जिल्ला प्रशासन कार्यालय पोखराको दर्ता नं ५५०६ मा मिति २०७२÷१२÷ २८ गते हिसाव कितावका साथ कागज पत्र नवुझाएकोले आर्थिक दुरुपयोग अन्र्तगत कार्वाही गर्न अनुरोध सहितको निवेदन दिएको हो । रोटरी ईन्टरनेशनले सामाजिक रकम दुरुपयोग गरेको भन्दै कार्वाहि गर्नु भन्दा अगाडि निज स्वयम्ले क्लवको साधारण सदस्यवाट आफूलाई हटाएका थिए । रोटरी क्लव अफ पोखराको आर्थिक सहयोगी साझेदार क्लव रोटरी क्लव अफ किसाराजु ईस्ट जापान विच सामाजिक कामका लागि आवस्यक रकम सहयोग गर्ने सम्झौता भएको थियो । सोही अनुसार जापानी क्लवले कास्कीको धम्पुसमा वाख्रा र पोखरा क्षेत्रमा कम्प्यूटरमा दोश्रो फेजमा सहयोग गरेको थियो । आयोजनाका संयोजक समेत रहेका गुरुङ्गले वाख्रा वितरणका लागि खोलिएको वाख्रा विकास बैंकको २४ लाख र कम्प्युटर वितरणमा १८ लाख रुपैयाँ दुरुपयोग गरेको भन्दै उजुरी परेको हो । रोटरी वर्ष २०१३÷१४÷१५ मा आयोजना प्रमुख रहेका गुरुङले सो रकम हिनामिना गर्दा त्यस पछाडिको सामाजिक सहयोग समेत रोकिएको रोटरी क्लव अफ पोखराका अध्यक्ष रोटरिएन ज्ञानेन्द्र सिग्देलले वताए । उनले भने–“ हाम्रो क्लव नेपालमै उत्कृष्ट थियो तर हाम्रै सदस्यको व्यक्तिगत स्वार्थका कारण क्लव नै कोल्याप्स हुने अवस्थामा पुग्यो ।” परियोजना संयोजक गुरुङ्गले पद र आर्थिक लोलुपताका कारणले पोखरामा आउन लागेको करिव सात करोड वरावरको क्याथ ल्याव परियोजना समेत रोकिएको जानकारी दिए । उनले भने–“जापानी आर्थिक सहयोगी क्लवले सहयोग गरेको रकमको हिसाव किताव अन्तर्राष्टिय रोटरी मार्फत पनि मागेको छ तर संयोजक ज्यूले सो हिसाव दिनु भएको छैन जसका कारण मनिपालमा राख्न लागेको क्याथ ल्यावको रकम समेत गुम्यो ।” गुरुङ्गको पद लोलुपताका कारण रोटरी क्लव अफ पोखराले पाउन लागेको गभर्नरको पद समेत खोसिएको अध्यक्ष सिग्देलले जानकारी दिए । उनले भने–“सिनियरका आधारमा गर्भनर नोमिनीमा जानु पर्ने रोटरीयन किरणलाल श्रेष्ठ हो तर जगन जीले आफू गभर्नर हुनु पर्ने भन्दै विवाद गर्दा हामीले पाएको गर्भनरको पद समेत खोसियो । लायन्स क्लव अफ ईन्टरनेशनल ३२५ वी १ ले समेत पदको लोलुपता देखाएको भन्दै केहि समय पहिला गुरुङ्गलाई हटाएको थियो ।

Post a Comment

 
Top