गोल्डेन न्यूज संवाददाता
नेकपा एमाले सिल्दुजुरे गाउँ कमिटीको पाँचौं अधिवेशन शनिबार सम्पन्न भयो । अधिवेशनको उद्घाटन गर्दै नेकपा एमालेका केन्द्रीय सल्लाहकार परिषद्का सदस्य खगराज अधिकारीले नेकपा एमालेको अथक प्रयासमा नेपालको संघीय लोकतान्त्रिक संविधान जारी भएको र संविधान कार्यान्वयन गरि मुलुकलाई समृद्धिको दिशातर्फ लैजानुपर्नेमा जोड दिए । उनले एमालेले नवौं महाधिवेशनबाट पारित हरेक नेपाली जनता उद्योग, उत्पादन र उद्यमशिलतामा लागि ‘सुखी नेपाली समृद्ध नेपाल’ निर्माण गर्ने अभियानमा लाग्न आग्रह गरृे ।
एमाले सिल्दुजुरे गाउँ कमिटीका अध्यक्ष झलकप्रसाद बरालको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला कमिटीका सदस्यद्वय बुद्धिसागर सापकोटा, शशिकला बराल, जिल्ला निर्वाचन कमिटीका अध्यक्ष टिकाराम पंगेनी, क्षेत्रीय कमिटीका कार्यवाहक अध्यक्ष उमा परियार, क्षेत्री कमिटीका सचिव बालकृष्ण गुरुङ ‘विवस’, उप–सचिव पसबहादुर बाँस्तोला, युवा संघ नेपाल क्षेत्र नं. १ का क्षेत्रीय अध्यक्ष रामचन्द्र तिमिल्सिना, संघका क्षेत्रीय सचिवालय सदस्य डिलबहादुर क्षेत्री, क्षेत्रीय सदस्य पदमराज पौडेल, अग्रज एमाले अगुवा केशबहादुर गुरुङ, रिकेश गुरुङ, जेष्ठ कम्युनिष्ट मञ्च कास्कीका सदस्य कमलपति बराल, सिल्दुजुरे गाविस सचिव रामकृष्ण बाँस्तोला लगायतले आ–आफ्नो भनाइ राखेका थिए ।
अधिवेशनले आगामी कार्यकालका लागि बुद्धिबहादुर गुरुङलाई अध्यक्षमा चयन गरेको छ । कमिटीको उपाध्यक्षमा कृष्णबहादुर क्षेत्री, सचिव डिलबहादुर क्षेत्री, उप–सचिव नारायण सापकोटा रहेका छन् । यस्तै सदस्यहरूमा क्रमशः पदमराज पौडेल, विष्णुप्रसाद ढुंगाना, नरवीर परियार, नारायणप्रसाद बराल, भिमबहादुर क्षेत्री, बुद्धिबहादुर गुरुङ, खिमलाल लामिछाने, विरबहादुर परियार, हिरामाया बिक, दुर्गाबहादुर बिक, शान्ताकुमारी शाही, मायादेवी सापकोटा, मुक्तबहादुर गुरुङ, गौमाया खनाल, राजु बिक, सुभाष बिक, डम्बरबहादुर परियार, देवीकुमारी गुरुङ रहेका छन् ।
यसैगरी अधिवेशन बाटै युवा संघ नेपाल सिल्दुजुरे गाउँ कमिटी समेत गठन गरेको छ । कमिटीको अध्यक्षमा खिमबहादुर बाँस्तोला रहेका छन् भने को उपाध्यक्षमा यादव बराल, सचिवमा साविर गुरुङ, सह–सचिवमा बुद्ध गुरुङ, कोषाध्यक्षमा विजय गुरुङ रहेका छन् । यस्तै सचिवालय सदस्य कमल क्षेत्री, श्रीकृष्ण क्षेत्री रहेका छन् भने सदस्यहरूमा द्रोण गुरुङ, बेलबहादुर बिक, सुनिल सुनार, रमेश सुनार, नरबहादुर बिक, यमनाथ बराल, खमबहादुर बिक, सुनिल परियार, सन्तोष गुरुङ, प्रकाश परियार, धनप्रसाद बराल, अर्जुन मगर, बिकास परियार, अजय गुरुङ, सुनिल गुरुङ, धिरेन्द्र गुरुङ, कर्म गुरुङ, निशान गुरुङ, अनिल तामाङ, सुनिल गुरुङ, उमा गुरुङ, पुष्पराज भण्डारी, गंगा सापकोटा, राजेन्द्र सापकोटा, मनोज राना रहेका छन् । त्यसैगरी अधिवेशन बाटै अखिल नेपाल महिला संघ सिल्दुजुरे गाउँ कमिटी पनि गठन भएको छ । कमिटीको अध्यक्षमा नारायणी बराल क्षेत्री, उपाध्यक्षमा एकमाया पौडेल, सचिवमा मञ्जु बाँस्तोला, कोषाध्यक्षमा दुर्गा पौडेल चयन भएका छन् भने सदस्यहरूमा गंगादेवी मगर, माया सापकोटा, शान्ति शाही, पार्वती बराल, इन्द्रकुमारी बिक रहेका छन् ।
यस्तै अधिवेशन बाटै नेपाल उत्पीडित जातीय मुक्ति समाज सिल्दुजुरे गाउँ कमिटी पनि गठन गरेको छ । कमिटीको अध्यक्षमा दुर्गाबहादुर बिक, उपाध्यक्षमा हिराकुमारी बिक, सचिवमा नरविर परियार, सह–सचिवमा दुर्गा सुनार, सदस्यहरूमा नैनसिंह परियार, धनराम परियार, रामबहादुर बिक, गोरे परियार, जमुना बिक, विरबहादुर परियार र चेतबहादुर परियार रहेका छन् । कार्यक्रममा स्वागत मन्तव्य गंगाधर बराल र संचालन झलकप्रसाद पोख्रेलले गरेका थिए ।
Post a Comment