बुधबार पोखराको रामबजार स्थित ज्योतिकुञ्ज बोर्डिङ स्कुलमा पुग्दा छुट्टै रौनकता थियो । झट्ट हेर्दा विद्यालयको वार्षिकोत्सव जस्तै टेण्ट लगाएर एकातिर बाजागाजा बजाइएको थियो । कुनै औपचारिक कार्यक्रम हुने सक्ने भन्दै हामीले त्यसको बारेमा बुझ्न खोज्यौं तर कुरा हामीले सोचेको भन्दा पुरै फरक रहेछ । त्यहा कार्यक्रम त भई नै रहेको थियो तर विद्यार्थी थिएनन् खासमा कुरा त विद्यालय नै बन्द गरेर चौरासी र ब्रतबन्धको काम भईरहेको रहेछ । विद्यालय प्राङ्गणमा केहि बालबालिका खेलीरहेका थिए । उनीहरु त्यहि होष्टेलमा बस्ने रहेछन् । हामीले सोध्यांै यहाँ के भईरहेको छ ? उनीहरुले भन्दै थिए–‘हाम्रो सरको आमाको चौरासी ।’ हामीले फेरी प्रश्न ग¥र्यौ–‘चौरासी पूजा भएर स्कुल बिदा भएको हो ?’ उनीहरु भन्दै थिए–‘चौरासी र व्रतवन्धकै कारण स्कूल बिदा गरियो ।’ हो विद्यालय निजीस्तरबाट संचालन भईरहेका छन् । केही नियम र व्यवहारिक कुरा होलान तर यो कुराकानी त्यति स्वभाविक थिएन । चौरासी पूजाका लागि स्कुल विदा भएको भन्ने संवाद नै अलि अस्वभाविक लागिरहेको थियो । सार्वजनिक विदा नपरेको र स्थानीय बिदा दिनुपर्ने कुनै कारण नभएपनि विद्यालयका प्राचार्य बालकृष्ण शर्माले आफ्नै आमाको चौरासी पूजा र छोराका ब्रतवन्धको लागि आँफैले खोलेको विद्यालय बन्द गरेको बुझियो । ज्योतिकुञ्ज बोर्डिङ स्कुल एउटा निजी विद्यालय हो तर निजी विद्यालय संचालनको लागि पनि सरकारी नियम अनुसार चल्नुपर्छ होला । हामीले यो प्रश्न कास्कीका जिल्ला शिक्षा अधिकारी रमाकान्त शर्मालाई सोध्यौं–‘के विद्यालय बन्द गरेर यस्तो काम गर्न मिल्छ ?’ तर जिल्ला शिक्षा अधिकारी शर्माले पनि शिक्षा ऐन विपरित यस्तो काम गर्न नमिल्ने बताए । कुनैपनि विद्यालयले स्थानीय वा सार्वजनिक बिदा र कार्यक्रमहरुको बारेमा शैक्षिकसत्रको सुरुमानै क्यालेण्डर निकाल्नुपर्छ । प्राकृतिक विपत्ति लगायत विशेष परिस्थिति बाहेक मनलाग्दी विद्यालय बन्द गर्न पाइँदैन । शिक्षा क्षेत्र आफैमा एक प्रकारको सेवा हो, सेवामुखी व्यवसायमा पर्ने यो क्षेत्रमा गर्ने काम कार्बाहीका पनि आफ्नै निति र नियम छन् । तर विद्यालय मैले खोलेको हुँ मैले चाहेको दिन बिदा राख्छु भन्न सायदै पाइँदैन होला । किनकी निजी लगानी भएपनि विद्यालय त सार्वजनिक क्षेत्र मानिन्छ नि होइन र ? म विद्यालयमा लगानी गर्छु । मन लागेको दिनमा पढाउँछु, मन नलागेको दिनमा बिदा गर्छु त्यो बिदा अर्को दिनको लागि सट्टामा बिदा हुनेछ, भन्ने अर्को विकल्प हुन सक्छ तर शिक्षा क्षेत्रलाई यसरी प्रयोग गर्दा समाजमा पर्ने प्रभाव कस्तो होला विचार गर्ने हो कि । वास्तवमा एउटा विद्यालयको प्रिन्सिपलले आमाको चौरासीमा स्कुल बिदा गरेको भनेर कुनै व्यक्ति विशेष र संस्थालाई जोड्ने भन्दा पनि खास कुरा प्रवृत्तिको हो । मेरै विद्यालय मेरै सम्पति भन्दै यस्तो प्रवृत्ति मौलाउँदै गए विद्यालयको शाखाको घट्ने त निश्चित छ । त्यसैले शिक्षा दिने ठाउँमा नैतिकताको पनि विचार गर्नुपर्लाकि ?
स्रोत ः समाचारपाटी
Post a Comment