गोल्डेन न्यूज संवाददाता
कास्कीको लेखनाथमा आयोजना गर्न लागिएको क्षेत्रीय स्तरको कराँते प्रतियोगिताका सन्दर्भमा विभिन्न उप–समितिहरुका सयुक्त वैठक सोमवार लेखनाथ २ रिठ्ठेपानीमा सम्पन्न भएको छ । नेपाल बुदोकाई कराँते संघ लेखनाथको आयोजनामा पश्चिमाञ्चल क्षेत्रीय पुरुष तथा महिला फुल कन्ट्रयाक्ट कराँते प्रतियोगिताको तयारी स्वरुप उपसमिति वैठकहरु सम्पन्न भएका हुन् । वैठकमा पश्चिमाञ्चलमा रहेका विभिन्न जिल्लाहरुवाट खेलाडी समन्वय गर्ने जिम्मा प्रशिक्षक सुवास खड्कालाई दिइएको छ । नव वर्ष २०७३ को आगमन सँगै बैशाख ५ र ६ गते दुइ दिवसिय रुपमा लेखनाथको रिठेपानीमा रहेको लिटल फलावर एजुकेशनल एकेडेमीको खेलमैदानमा प्रतियोगिता हुने उक्त प्रतियोगिता वारे मुल आयोजक समिती सहित विभिन्न उपसमितीको सयुक्त वैठकमा वोल्दै मुल संयोजक सु जगवहादुर गुरुङले सवैको सहयोगको अपेक्षा गरे । साथै खेल पर्यटनका माध्यमले लेखनाथलाई चिनाउने उद्देश्यले आयोजित उक्त प्रतियोगिता सम्पन्न गर्न गठित उप–समितिहरुले सक्रियता पुर्वक काममा लाग्न निर्देशन समेत गरेका छन् । मूल समितिका सचिव प्रकाश पन्तले सञ्चालन गरेको सयुक्त वैठकमा प्रचार–प्रसार संयोजक विष्णुहरि पौडेलले वुधवार प्रतियोगिता सम्वन्धी जानकारी गराउने उद्देश्यले पत्रकार सम्मेलनको आयोजना गरिने बताए । संयुक्त र्वठकमा रिठ्ठेपानीमा स्थित आमा समुह तथा क्लवहरुले भरपुर सहयोग गर्ने प्रतिवद्धता समेत जाहेर गरेका थिए ।
Post a Comment