गोल्डेन न्यूज संवाददाता
नेपाल आर्मीमाथि शानदार जित हात पार्दै मनाङ–मस्र्याङ्दी क्लबले मनकामना पोखरा कप फुटबलको उपाधि जितेको छ । शनिबार भएको उपाधि भिडन्तमा मनाङले आर्मीमाथि ५–० गोल अन्तरको फराकिलो जित हात पारेको हो । मनाङले उपाधिसहित नगद ५ लाख ५ हजार ५ सय ५५ रुपैयाँ हात पारेको छ भने उपविजेता आर्मीले २ लाख ५५ हजार ५ सय ५५ रुपैयाँमा चित्त बुझाएको छ । पोखरा रंगशालामा भएको खेलमा मनाङले दोस्रो मिनेटमा नै अनिल गुरुङको गोलबाट अग्रता लिएको थियो । १० औं मिनेटमा अनिलले अग्रता दोब्बर पारे । खेलको २३ औं मिनेटमा सन्तोष तामाङ र मेहन गुरुङबीच विवाद भयो र दुबैले रातो कार्ड पाए । १० खेलाडीमा सीमित भएपनि मनाङले आर्मीलाई लगातार दबाव दियो र पहिलो हापमा दुई गोल थप्यो ।
२९ औं मिनेटमा ओलावलेको पासमा सुजल श्रेष्ठले गोल गरे । ३५ औं मिनेटमा ओलावलेले नै गोल गरे । र, पहिलो हाफमा मनाङ ४–० ले अगाडि रहृयो । ४८ औं मिनेटमा ओलावलेले दोस्रो गोल गरे । पाँच गोल खाएपछि भने आर्मीले केही सुधारिएको प्रदर्शन गर्रुयो । थप गोल नखाएपनि उसले गोल गर्न सकेन र फाइनलमा मनाङसँग ५–० को लज्जास्पद हार व्यहोरेको छ ।
यसअघि मनाङले आर्मीलाई नै हराउँदै पोखरामा आहारारा कप फुटबलको उपाधि जितेको थियो । हेटौंडा कपमा पनि मनाङले नै बाजी मारेको थियो । झापा गोल्डकपमा भने आर्मीले मनाङलाई हराएको थियो ।
प्रतियोगितामा मनाङका टिम क्याप्टेन अनिल गुरुङ सर्वोकृष्ट खेलाडी घोषित हँुदै मोटरसाईकल प्राप्त गर्न सफल भए । त्यस्तै मनाङका किरण चेम्जोङ उत्कृष्ट गोलकिपर, छिरिङ लोप्साङ उत्कष्ट प्रशिक्षक, कमल श्रेष्ठ उत्कृष्ट डिफेन्सको उपाधि सहित नगद १५ हजार प्राप्त गर्न सफल भए ।
त्यस्तै आर्मीका विमल राना उत्कृष्ट मिड फिल्ड तथा एपिएफका रञ्जन विष्ट र मनाङका ओलावालेले सर्वा्धिक गोलकर्ताको उपाधि जित्न सफल भए । प्रतियोगिताको विजेता खेलाडी तथा टिमलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशब विष्ट, एन्फाका कार्यवहाक अध्यक्ष नरेन्द्र श्रेष्ठ, मनकामना दर्शन प्रालिका नायव महाप्रबन्धक विरेन्द्र श्रेष्ठ लगायतले पुरस्कार प्रदान गरेका थिए ।
Post a Comment