गोल्डेन न्यूज संवाददाता
कास्कीको लेखनाथ २ रिठ्ठेपानीमा सम्पन्न पश्चिमाञ्चल क्षेत्रीय पुरुष तथा महिला फुलकन्ट्याक्ट कराँते प्रतियोगितामा कास्कीकै वर्चश्व कायम भएको छ । कराँते प्रतियोगितामा विजयी खेलाडीहरुलाई पुरस्कार वितरण गर्दै सांसद यज्ञबहादुर थापाले खेलकुदको विकासका लागि राज्यले खेलाडीहरुलाई सक्दो सहयागे गर्नुपर्ने बताए । कार्यक्रममा लेखनाथ नगरपालिका कार्यालयका कार्यकारी अधिकृत लोकवहादुर भण्डारी, नेपाली कांग्रेस लेखनाथ नगर सभापति राजेन्द्रमणि लामिछाने, अखण्ड नेपाल लेखनाथ नगर अध्यक्ष मोती गिरी लगायतले खेलकुदको महत्वको बारेमा प्रकाश पारेका थिए । प्रतियोगितामा पुरुष ३० केजी तौल समूहमा स्वरुप रावत कास्की प्रथम र कास्कीकै एलेक्स गुरुङ्ग कास्कीकै द्वितीय भएका थिए भने कास्कीकै चुबिन्द्र गुरुङ र निशान प्रधान तृतीय भएका थिए । ३५ केजी पुरुषतर्फ ईन्द्रबहादुर थापा (कास्की) पहिलो र सम्राट सेन
(कास्की) दोस्रो भए भने अशिम गोर्खाली कास्की तथा अभिनास अधिकारी स्याङ्जाले तेस्रो स्थान हासिल गरे ।
यसैगरी ४० केजी पुरुषतर्फ सुशान्त गुरुङ्ग (कास्की) पहिलो र सुमन बराम (पर्वत) दोस्रो) र स्याङ्जाका सुमन पर्तेल र पर्वतका किस्मत गुरुङ तेस्रो भए । ५० केजी पुरुषतर्फ कास्कीका अर्जुन बराम पहिलो र कास्कीकै विनोल नेगी दोस्रो भए भने स्याङ्जाका मधुसुधन रेग्मी र कास्कीका अनिल बराम तेस्रो भएका छन् । त्यसैगरी पुरुष ५५ केजीतर्फ कास्कीका गणेश अधिकारी प्रथम, बाग्लुङका महराज आचार्य द्वितीय तथा कास्कीका क्रमशः विक्रम नेपलाी र मन्दिप नेपाली तृतीय हुन सफल भए । खेलमा खुल्ला पुरुषमा बाग्लुङका हयन्द्र अडाइ मगर प्रथम, गोरखाका अशोक मोक्तान द्वितीय भएका छन् भने काठमाडांैका नरेश चौधरी र म्याग्दीका निर्मल तृतीय स्थान हाँसिल गर्न सफल भएका छन् । महिला ४५ केजी सुष्मा थापमा मगर कास्कीका प्रथम, कास्कीकै सुनिता गुरुङ द्वितीय, काठमाडौंकी अन्जना ढुङ्गेल र कास्कीकी एलिसा बराल तृतीय भएका छन् ।
३५ केजी मुनी महिलातर्फ कास्कीका मुना पुन प्रथम, कास्कीकै सर्गम कुमाल द्वितीय र कास्कीकै रुवि क्षेत्री र सदिक्षा कुमाल तृतीय हुन सफल भए । खुल्ला महिलातर्फ सुष्मी श्रेष्ठ स्याङ्जा प्रथम, सुनिता गुरुङ कास्की द्वितीय तथा म्याग्दकी खिम मायाँ पुन र कास्कीकी मधु अधिकारी तृतीय भएका छन् । कार्यक्रममा उत्कृष्ट खेलाडी पुरुष तर्फ नरेश चौधरी र महिलातर्फ मुना पुन भएको प्रचार–प्रसार उप–समितिका संयोजक विष्णुहरि पौडेलले जानकारी दिए । जानकारी दिए । कार्यक्रम मुल समितीका संयोजक सु जंगबहादुर गुरुङ्गको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन प्रशिक्षक सुवास खड्का, मूल आयोजक समितिका सचिव प्रकाश पन्त र कराँते संघ लेखनाथ की सचिव जानुका पराजुलीले गरेका थिए ।
Post a Comment