0
गोल्डेन न्यूज संवाददाता
लायन्स क्लव अफ पोखरा मुनालको शनिवार सम्पन्न साधारण सभाले ज्ञानेन्द्रराज कोइराललाई लायन वर्ष २०१६÷०१७ को अध्यक्षमा चयन गरेको छ । क्लवका अध्यक्ष गुणाखर सुवेदीको अध्यक्षतामा सम्पन्न साधारणसभाले  प्रथम, द्वित्तीय, तृतीय उपाध्यक्षमा क्रमशः रोशन महर्जन, जितेन्द्रमान शाक्य र कृष्ण प्रसाद तिमिल्सिनालाई चयन गरेको छ ।त्यसैगरि क्लवको सचिवमा पुरुषोत्तम पहारी, कोषाध्यक्षमा अनिल शाक्य, मेम्वरसिप चियरपर्सनमा भरत मानन्धर सह– सचिवमा पूर्णभद्र अधिकारी, सह–कोषाध्यक्षमा निर्मल पहारी, टेमरमा अभिषेक कोइराला, केशव वराल र निर्देशकहरुमा क्रमशः हरिकृष्ण पहारी, जगन तिमिल्सिना, युवराज लामिछाने, विकल पराजुली, प्रकाश वज्राचार्य, डा.निरज रञ्जित र धर्मसिहं लामिछाने चयन गरेको छ । कार्यक्रममा जोन चियरपर्सन तेज नारायण पराजुली, संस्थापक अध्यक्ष सरोज श्रेष्ठ, पूर्व अध्यक्ष चन्द्रबहादुर कँुंवर तथा पूर्व अध्यक्ष एवं मतदान अधिकृत कविराज पौडेल, सचिव कृष्ण तिमिल्सिना लगायतले आ–आफ्नो भनाइ राखेका थिए ।



Post a Comment

 
Top