0
गोल्डेन न्यूज संवाददाता
अनुपम म्युजिक पोखराको आयोजनामा आगामी जेठ १५ गते पोखरामा हुने तेस्रो अनुपम साङ्गीतिक साँझका अवसरमा प्रदान गरिने अनुपम म्युजिक अवार्ड तथा अनुपम सङ्गीत सम्मान २०७३ का लागि प्रतिभा छनोट समिति गठन गरिएको छ । साहित्यकार दीपक समीपको संयोजकत्वमा गठित समितिमा समाजसेवी वीरेन्द्र पालिखे र गायक÷सङ्गीतकार रामभक्त जोजिजू सदस्य तथा आयोजक मूल समितिका संयोजक अनुराग अधिकारी र सचिव रुपिन्द्र प्रभावी पदेन सदस्य रहेका छन्। अनुपम म्युजिकले हरेक वर्ष गायक÷ गायिका, सङ्गीतकार र रचनाकारमध्ये एक जनालाई अवार्डं र दुई जनालाई सम्मान प्रदान गर्दै आएको छ ।
कार्यव्रmमका लागि सरुभक्त, तीर्थ श्रेष्ठ, रमेश श्रेष्ठ, हरिदेवी कोइराला, प्रा.डा. कुसुमाकर न्यौपाने, प्रकट पगेनी ‘शिव’, कृष्णप्रसाद बाँस्तोला, बद्रीविनोद ‘प्रतीक’, महेश भण्डारी, रामकृष्ण ज्ञवाली, दीपेन्द्र श्रेष्ठ, रमेश पौडेल, नवराज बराल, पद्मराज ढकाल, लक्ष्मण थापा, झलक थापा, घनश्याम लामिछाने, पुरुषोत्तम न्यौपाने, प्रा. डा. कृष्णकुमार श्रेष्ठ, गोमा ढकाल लेखबहादुर गुरुङ, शेरबहादुर गुरुङ लगायत कला, साहित्य, सङ्गीत, सञ्चार र समाजसेवाका क्षेत्रका व्यक्तिहरु रहेको सल्लाहकार समिति गठन गरिएको कार्यव्रmम संयोजक अनुराग अधिकारीले जानकारी दिए । कार्यव्रmमका लागि रेन्बो चिल्ड्रेन होम, तीर्थहरि स्मृति प्रतिष्ठान, सम्मोहन साहित्यिक पत्रिका र स्वान्तसुखाय परोपकार प्रतिष्ठान सहआयोजक रहने आयोजकको भनाइ छ । 
पोखरा उद्योग वाणिज्य सङ्घको सभा हलमा जेठ १५ गते दिउँसो १ बजे हुने कार्यव्रmममा पोखरा, काठमाडौँ र दार्जिलिङका कलाकारहरुको साङ्गीतिक र नृत्य प्रस्तुति रहने सहसचिव ऋषि खतिवडाले बताए ।





Post a Comment

 
Top