गोल्डेन न्यूज संवाददाता
पोखरामा रहेका ९ वटा ताल विश्व सम्पदा रामसारमा सुचिकृत भईसकेको ती मध्ये ७ ताल लेखनाथ नगरपालिकामा भएको अवस्थामा यहाँका स्थानीयहरुलाई रामसारका अवसर र चुनौती बारे जानकारी दिने उद्देश्यले रामसारका अवशर र चुनौती विषयक अन्तरक्रिया गोष्ठी बुधवार लेखनाथ उद्योग वाणिज्य संघको सभाकक्षमा सम्पन्न भयो । लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष लक्ष्मीप्रसाद त्रिपाठीको अध्यक्षतामा आयोजना गरिएको रामसारका अवसर र चुनौती विषयक गोष्ठी कार्यक्रममा अध्यक्ष त्रिपाठीले सहभागीहरुलाई स्वागत गर्दै तालहरुको पहिचान कास्की जिल्लाका तालहरु रामसार सुचीमा समावेश भएकोमा खुशी व्यक्त गर्दै यसका लागि हामी सबै एकजुट भई तालको संरक्षणमा जुट्नका लागि आग्रह गरेका थिए । नेपाल सरकार, वन तथा भू–संरक्षण मन्त्रालय अन्तर्गत राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उपमहानिर्देशक साथै नेपाल सरकारको तर्फबाट रामसार सम्पर्क व्यक्ति डा. महेश्वर ढकालले सहज र सरल रुपमा रामसारको अवसर र चुनौती सम्वन्धी कार्यपत्र प्रस्तुत गर्दै रामसारमा सुचिकृत भए पश्चात हुने अवशर फाईदाका वारेमा जानकारी दिंदै तालहरु रामसारमा पर्नाले स्थानीय क्षेत्रको मात्र नभई विश्वकै एजेन्डाको विषय भएको र जसबाट विश्वकै मानिसहरु यसबारे चिन्ता र मनन् गर्ने छन् उनको भनाई थियो । कार्यक्रममा स्थानीय विकास अधिकारी दामोदर भण्डारीले पोखराका ताल संरक्षण समितिको बैठक छिट्टै बस्ने र रामसारमा सुचिकृत नौ वटै तालहरुलाई समेटेर गुरुयोजना बनाउने बताउँदै सबैले मिलेर ताल संरक्षणमा सबै एक हुनका लागि आग्रह गरेका थिए। पोखरा उपत्यका नगर विकास समितिका अध्यक्ष प्रकाशमोहन खनाल, लेखनाथ नगरपालिकाका कार्यकारी अधिकृत लोकबहादुर भण्डारी, लेखनाथ उद्योग वाणिज्य संघका निर्वतमान अध्यक्ष बावुराम गिरी, पूर्व अध्यक्ष चतुराखर अधिकारी, ली–वर्ड पोखराका कार्यक्रम आशाराम गुरुङ लगायतले तालको संरक्षण गर्ने दायित्व र जिम्मेवारी स्थानीयको भएको बताए । लेखनाथ उद्योग वाणिज्य संघको आयोजना तथा लेखनाथ नगरपालिका र ली–वर्ड पोखराको सहयोगमा आयोजना गरिएको अन्तरक्रिया तथा गोष्ठी कार्यक्रममा लेखनाथ नगर स्तरीय राजनीतिक पाटी, सामाजिक संघ संस्था, वन उपभोक्ता संस्थाका प्रमुख एवं प्रतिनिधि, लेखनाथ उद्योग वाणिज्य संघका पदाधिकारी, कार्यसमिति, सल्लाहकार, उपसमिति संयोजक लगायतको सहभागिता रहेको थियो । लेखनाथ उद्योग वाणिज्य संघका महासचिव छत्रधर आत्रेयले संचालन गरेको कार्यक्रममा प्रथम उपाध्यक्ष कृष्णहरी भण्डारीले धन्यवाद मन्तव्य राखेका थिए ।
Post a Comment