0
दोस्रो युवा संघ कप सेभेन ए साइड फुटबलको उपाधि आयोजक युवा सघ (रातो) ले जितेको छ । लेखनाथको भण्डाढिकस्थित प्रस्तावित रगंशालामा मंगलबार सम्पन्न फाइनल खेलमा आयोजक युवा संघले संघर्ष युवा क्लब रामबजारलाई ४–० को फराकिलो जित निकाल्दै उपाधि जितेको हो । विजेता युवा संघले १ लाख ११ हजार १ सय ११ रुपैयाँ सहित शिल्ड, मेडल र प्रमाणपत्र जित्दा  उपविजेता संघर्षले ५५ हजार ५ सय ५५ रुपैयाँमा चित्त बुझायो । युवा संघ (रातो)लाई उपाधि जिताउन अर्जुन गुरुङले दुई र  शिव सुवेदी र विसन गुरुङले एक एक गोलको योगदान दिए । प्रतियोगितामा उत्कृष्ट खेलाडी घोषित हुँदै नगद ५ हजार प्राप्त गरे । प्रतियोगितामा ११ गोल गरेका शिव सुवेदी सर्वाधिक गोलकर्ता बने भने अनुशासित टीम शुभतारा युवा क्लब भयो । विजेता खेलाडलाई पूर्व स्वास्थ्यमन्त्री एवं एमाले नेता खगराज अधिकारी, एमाले कास्कीका सचिव दामोदर बैरागी, युवा  संघ गण्डकी अञ्चल अध्यक्ष नवराज ओझा, केन्द्रीय सदस्य हरि लम्साल, युवा संघ कास्कीका अध्यक्ष विष्णु पुन, पानबहादुर जिसी, मोहन सुवेदी, डिल्लीराम सुवेदी, शुभाष सापकोटा, निजाम मियाँ र प्रतियोगिता संयोजक नविन पुन लगायतले पुरस्कार वितरण गरेका थिए । चैत २५ देखि सुरु प्रतियोगितामा २२ टिमले प्रतिस्पर्धा गरेका थिए ।

Post a Comment

 
Top