नेपाल बार एशोसिएशनको अध्यक्षमा शेरबहादुर केसी निर्वाचित भएका छन् । केसी नेतृत्वको लोकतान्त्रिक समूहले २५ मध्ये १९ पदमा जीत हासिल गरेको छ । प्रगतिशील प्यानलको नेतृत्व गरेका विजयकान्त मैनालीलाई १८३ मतले हराउँदै केसी निर्वाचित भएका हुन् । केसीले ३७९८ र मैनालीले ३ हजारु ६१५ मत पाए । उपाध्यक्षमा पूर्वाञ्चलबाट मदनकुमार खड्का, मध्यमाञ्चल–उपत्यका बाहिरबाट विनय सिंह, मध्यमाञ्चल–उपत्यकाभित्रबाट मोतिराज गौतम, पश्चिमाञ्चल बाट घनश्याम पन्त, मध्य पश्चिमाञ्चलबाट शालिकराम सापकोटा र सुदूरपश्चिमाञ्चल उपाध्यक्षमा कुलानन्द उपाध्याय र महिला उपाध्यक्षमा उषा पाठक निर्वा्चित भएका छन् । तीमध्ये सापकोटा, उपाध्याय र पाठक मैनाली समूहका हुन् । महासचिवमा केसी समूहका खम्मबहादुर खाती र कोषाध्यक्षमा ज्ञानरत्न शाक्य विजयी भएका छन् । सदस्यमा श्यामकुमार विश्वकर्मा, मधुर पाठक, रमणकुमार कर्ण, अस्मिनकुमार राई, हरिनारायण चौधरी, इन्दु कोइराला, सानुमैयाँ महर्जन, पदमबहादुर शाही, ज्ञानेन्द्रप्रसाद अधिकारी, अरुण पौड्याल, लक्ष्मण आचार्य, कृष्णप्रसाद पनेरु, ईन्द्रबहादुर अधिकारी, विष्णुमाया भूसाल र कृष्णकुमार आङदेम्बे निर्वाचित भएका छन् । तीमध्ये पाठक, भूसाल र आङ्देम्बेमात्रै मैनाली समूहका हुन् ।
यसैबीच नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले नेपाली कानुन व्यवसायीहरुको छाता संगठन नेपाल बार एसोसिएसनको अध्यक्षमा निर्वाचित भएका शेरबहादुर केसीलाई बधाई दिएका छन् । एक विज्ञप्ति जारी गर्दै उनले आफू र आफ्नो पार्टीका तर्फबाट बधाई दिएका हुन् । ‘स्वतन्त्र न्यायपालिका, मानवअधिकारको रक्षा तथा बार र बेञ्चबीच सुमधुर सम्बन्ध बनाउदै स्वतन्त्र न्यायलयको गरिमालाई कायम राख्दै अझ उचाईमा पु¥याउनका लागि केसी नेतृत्वको कार्यसमितिले सफलता मिलोस शुभकामना ब्यक्त गर्दुछु,’ उनले भनेका छन् । यसैगरी नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले नेपाल बार एसोसिएसनका नवनिर्वाचित अध्यक्ष शेरबहादुर केसीसहित नयाँ कार्यसमितिलाई बधाई दिएका छन्। नेता पौडेलले केसी तथा नयाँ कार्यसमितिलाई बधाई दिँदै उनले भनेका छन्,–‘स्वतन्त्र न्यायपालिका, मानवअधिकारको रक्षा तथा बार र बेञ्चबीच सुमधुर सम्बन्ध बनाउँदै स्वतन्त्र न्यायलयको गरिमालाई कायम राख्दै अझ उचाईमा पुर्रुयाउनका लागि केसी नेतृत्वको कार्यसमितिले सफलता मिलोस शुभकामना ब्यक्त गर्दछु ।’
यता, नवनिर्वाचित अध्यक्ष केसीले सम्पूर्ण कानुन व्यवसायीको हक अधिकारका लागि लड्ने प्रतिबद्धता व्यक्त गरेका छन् । ध्यक्षमा विजयी घोषणपछि पत्रकारहरुसँग प्रतिक्रिया दिँदै उनले कानुन व्यवसायी मात्र भएर आफ्ना प्रतिस्पर्धी विजयकान्तलगायत सबैको सल्लाह लिएर अधि बढ्ने बताए। उनले संविधान कार्यान्वयन का लागि सरकारलाई सहयोग गर्ने उल्लेख गर्दै बार र बेन्चबीचको सम्बन्धलाई राम्रो बनाएर सबै कानुन व्यवसायी एउटै छाताभित्र राखी उनीहरुको हकहितका लागि लड्ने प्रतिबद्धता व्यक्त गरे ।
अध्यक्षका प्रतिस्पर्धीबीच सौहार्दता
बारको नयाँ कार्यसमितिको निर्वाचनको परिणाम निर्वाचन समितिका प्रमुख निर्वाचन अधिकृत हरिशङकर निरौलाले घोषणा गरे लगतै प्रगतिशील समूहका अध्यक्षका उम्मेदवार विजयकान्त मैनालीले नवनिर्वाचित अध्यक्ष केसीलाई हात मिलाएर बधाई दिए । नवनिर्वाचन अध्यक्ष केसीलाई मैनालीले बधाईका साथै सफल कार्यकालको समेत शुभकामना व्यक्त गरे । लोकतान्त्रिक समूहको बहुमत विजयी भएपछि बार परिसरमा निकै खुशीयाली छाएको थियो । ‘शेरबहादुर दाई जिन्दवाद’, ‘हाम्रो बार जिन्दावाद’ लगायतका नारा लगाएर विजय उत्सवसमेत मनाइएको थिए ।
Post a Comment