गोल्डेन न्यूज संवाददाता
नेकपा एमालेका केन्द्रिय सदस्य एवं व्यवस्थापिका सांसद विकास समिति सभापति रबिन्द्र अधिकारीले नेकपा एमालेको काँधमा राष्ट्र निर्माणको जिम्मेवारी आएको बताएका छन् । उनले भूकम्पपछि पुनः निर्माण र नयाँ नेपालको निर्माणमा जुट्न राष्ट्रिय तहका सबै पार्टीहरु एकजुट हुनुपर्नेमा जोड दिएका छन्। शुक्रबार नेकपा एमाले वडा कमिटी पोखरा–९ को आयोजनामा नववर्ष २०७३ सालको क्यालेण्डर विमोचन एवं शुभ–कामना आदान–प्रदान कार्यक्रममा बोल्दै सांसद अधिकारीले राष्ट्रिय एकता र संविधान निर्माणमा एमालेले अग्रणी भूमिका खेल्दै आएको भन्दै राष्ट्रिय एकताका लागि नेपाली कांग्रेस पनि ओली नेतृत्वको सरकारमा आउनुपर्ने खाँचो औंल्याए । २०७२ साल संविधान निर्माणका लागि महत्वपूर्ण भएको भन्दै २०७३ साल संविधानको कार्यान्वयन हुने वर्षका लागि महत्वपूर्ण हुने उनले स्पष्ट पारे । नयाँ संविधानमा ९० प्रतिशत जनताको भावना समेटिएको बताउँदै उनले भारतको हस्तक्षेपका कारण संविधान कार्यान्वयन प्रक्रियामा अवरोध खडा भएको दाबी गरे । सभासद् अधिकारीले जनताले संविधान निर्माणमा ठूलो सहयोग गरेकोमा खुशी व्यक्त गरे । संविधानमा सहभागी नेपाली काँग्रेसलाई समेत भट्काएर संविधान निर्माण प्रक्रिया विथोल्न खोज्ने भारतले नेपाललाई हदैसम्म हेपेको नेता अधिकारी भनाइ छ । उनले प्रधानमन्त्री केपी ओलीले चीनसँग गरेका सहमतिहरु भविष्यमा कार्यान्वयन भएरै छाड्ने ठोकुवा गरे । चीनसँगको पारवाहन सन्धी ऐतिहासिक भएको बताउँदै अधिकारीले यस सन्धीले भारत घुँडा टेक्न बाध्य भएको दावी गरे । ‘नेपाली जनता अहिलेसम्म स्वतन्त्र भएका रहेछन् भन्ने कुरा नाकाबन्दी बाट थाहा भयो’। उनले भने–‘अब हामी स्वतन्त्र भएका छौँ ।’
एमाले पोखरा–९ कमिटीका अध्यक्ष प्रकाश शर्माको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एमाले कास्कीका अध्यक्ष कृष्ण थापा, सचिव दामोदर बैरागी, कार्यालय सचिव बैनबहादुर अधिकारी क्षत्री, सचिवालय सदस्यहरु युवराज पौडेल, तेजनारायण अधिकारी, प्रेम बि.क., लक्ष्मी अधिकारी, सदस्यहरु भेषराज बराल, बिजया सुबेदी, खेमचन्द्र गुरुङ्ग,क्ष् ोत्र नं २ का अध्यक्ष जीवन प्रसाद आचार्य, क्षेत्र नं ३ का अध्यक्ष धनबहादुर नेपाली, सचिवालय सदस्य शिबप्रसाद आचार्य, सदस्य गोकर्ण अधिकारी, समर परियार, पोखरा नगर विशेष इलाका कमिटीका अध्यक्ष झपिन्द्र रेग्मी, सचिवालय सदस्य दुर्गा प्रसाद श्रेष्ठ, क्षेत्र नं ३ का पूर्व सचिवालय सदस्य दामोदर शर्मा,अनेरास्ववियू भूगोल कमिटी अध्यक्ष शेखर गौतम लगायत सहभागी थिए । कार्यक्रममा क्यालेण्डर प्रकाशनमा सहयोग पु¥याउने शिब प्रसाद आचार्य, बेलदास पहारी, दिलमाया गुरुङ्ग, प्रेम गुरुङ्ग, कन्या गुरुङ्ग, प्रकाश रानामगर, भिम नेपाली, नीरु÷महादेव रानाभाट, अग्नी तिवारी, उषा नेपाली, ओम नेपाली, प्रेम बि.क., दामोदर शर्मा, श्यामलाल श्रेष्ठ लगायतलाई सम्मान गरिएको थियो । कार्यक्रममा दिलमाया गुरुङ्गले स्वागत मन्तव्य र कार्यक्रम संचालन सचिब बिरेन्द्र दाहालले गरेका थिए ।
Post a Comment