0
गोल्डेन न्यूज संवाददाता
आर इभेण्ट् ट्रेनर नेपालले पोखरामा यसवर्ष पनि मिस पोखरा क्वीन–२०१६ गर्ने भएको छ।      युवतिमा अन्तरनिहीत प्रतिभाको प्रष्फुटन तथा क्षमता विकास गर्ने उद्देश्यले प्रतियोगिता गर्न लागिएको हो। विजेतालाई सर्वाधिक राशिको पुरस्कार प्रदान गर्ने दावी गरिएको छ। यसअघि पोखरामा सन् २००४ र २०१५ मा प्रतियोगिता गरिएको थियो। राष्ट्रियस्तरको यस प्रतियोगिताका लागि आवेदन खुल्ला गरिएको छ। प्रतियोगितामा कक्षा ११ भन्दा माथि अध्ययन गरेका १६ देखि २५ वर्ष उमेर समूहका पाँच फिट उचाई भएका युवतीहरुले आवेदन दिन सक्ने छन्। आवेदन दिएकाहरुमध्यबाट छनोटका लागि चाडै अडिशन गरिने कार्यक्रम संयोजक तथा आर इभेण्ट ट्रेनर नेपालका अध्यक्ष रवीन गुरुङले जानकारी दिए। प्रतियोगिताकी अर्थ संयोजक पूजन कोइरालाका अनुसार, प्रतियोगिता पूर्व सञ्चालन गरिने प्रशिक्षणका लागि अहिलेसम्मकै न्यू्नतम शुल्क राखिएको  छ।
जेठको दोस्रो साता पोखरा सभागृहमा हुने फाइनलमा २० जनालाई मात्र प्रतिस्पर्धामा उतारिने छ। अडिशनबाट छनौट गरिएका प्रतियोगिहरुलाई झण्डै एक महिनासम्म प्रशिक्षणमा सहभागि गराईने प्रचार संयोजक ज्योती क्षत्रीले जानकारी दिईन्। प्रतियोगिहरुलाई सर्टिफाइड ट्रेनर रवीन गुरुङ, मिस नेपालकी फाइनलिष्ट नमिता गुरुङ, मिष्टर नेपालका रनर अप निरज पन्त लगायतले आत्मविश्वास, व्यत्तित्व तथा नेतृत्व विकास, बोल्ने कला, भाषण कला, प्रस्तुति शैली, फोटो सुट, ¥याम्प, फेशन तथा स्टाइल लगायतका विषयमा प्रशिक्षण दिने बताइएको छ।  ट्रेनर नेपालले पेप्सी मःम मेला, ट्रिनिटी मेघा मोडल, पोखरा फेशन वीक, स्वामी रामदेवसँग योग शिविर, पिपल प्रवद्र्वन र साइकल चढौ जस्ता कार्यक्रमहरु गरिसकेको छ।  















Post a Comment

 
Top