0
दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)को सदस्य मुलुक भारत र पाकिस्तानबीचको दुईपक्षीय सम्वन्धकै कारण उनीहरु सधै चासोमा रहने गर्छन । भारत र पाकिस्तानको बार्ताले सार्कको ध्यान उनीहरु तर्फ तानिन्छ ।यसपटक पनि त्यस्तै भएको छ । विदेशी मिडियाले भारत र पाकिस्तानले के कुरा गर्छन भन्नेमा नै केन्द्रित रह्यो ।  भने नेपाली मिडियाको ध्यान पनि दुई देश बैठकमा कसरी प्रस्तुत भए भन्ने विषयले नै तान्यो । मन्त्री स्तरीय बैठक लगत्तै पाकिस्तानका प्रधानमन्त्रीका विदेश मामिलासल्लाहकार सर्तत अजिजले भारतिय विदेशमन्त्री सुष्मा स्वराजमार्फत भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई आफ्नो प्रधानमन्त्री नवाज सरिफको निमन्त्रणा पत्र हस्तान्तरण गरे । उनले सार्कको अध्यक्षबाट शिखर सम्मेलनको मिति घोषणा हुन पूर्वनै नोभेम्वरमा शिखरसम्मेलन गर्ने तिथि दिदै निमन्त्रणा गरेको हुन् । यद्यपि मन्त्री स्तरीय बैठकमा पनि तिथि तय भएको थियो । यस क्षेत्रको विकासमा सहकार्य गर्न आवश्यक छ, भारत त्यसको लागि सधै तयार छ, सुष्माले अजिजलाई भनिन । अजिजले पनि भारत र पाकिस्तानको दुई पक्षीय सम्वन्धको छायामा सार्कलाई पार्न नहुने भन्दै यसलाई दुईपाटोमा राख्नपर्ने बताए । सार्क राजनीतिक फोरम नभएकोले यसलाई त्यही अनुरुप लैजान पाकिस्तान तयार रहेको जानकारी उनले दिएको अधिकारीहरुले बताए । भेटपछि दुवैले गरेको पत्रकार सम्मेलनमा भारत पाक सम्वन्ध सुधारउन्मुख रहेको बताएका थिए । भारतीय प्रधानमन्त्रीलाई निमन्त्रणा दिइएको थियो ।
भने उक्त निमन्त्रणालाई सुष्माले स्विकार गर्दै अमेरिकामा पनि दुईपक्षीय भेटघाट हुन सक्ने बताएका थिए । पठानकोर्ट एअरबेस आक्रमण बारे छानविन गर्न पाकिस्तानका अधिकारीहर आगामी २७ मार्चमा दिल्ली आउने र संयुक्त रुपमा काम गर्ने प्रस्तावमा मा संयुक्त टिम बनाएर काम अघि बढाउने भारतको प्रस्तावमा पाकिस्तानले सहमति जनाएको छ । सधै भारत–पाकिस्तानको विषयले सार्क ओझेलमा परेको विषयमा उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाले दुईपक्षीयसम्वन्धको कारण यस्तो अवस्था आएपनि त्यसलाई चिर्दै सार्क अघि बढेको बताए । सार्कको फोरमा औपचारिक रुपमा दुईपक्षीय राजनीतिक विषय छलफल नभए पनि साइडलाइनमा यस्तो छलफल हुने गरेको छ । यसपटक पनि भारत पकिस्तानमात्र होइन आएका सबै सदस्य राष्ट्रहरुले एक अर्का मुलुकका समकक्षीसंग छलफल गरेको छ ।
ठोस निर्णय भएन
दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) ले यस क्षेत्रको विकासमा प्रत्यक्ष सरोकार राख्ने विषयमा ठोस निर्णय गर्न नसके पनि पुरानै परम्परामा आगामी शिखर सम्मेलनको तिथि तय गरेको छ । विकास परियोजना, बेरोजगारीको समस्या, एक अर्का मुलकलाई जोड्ने सडक र रेल्वे संजाल, पर्यवेक्षकको लगानी लगायतको विषयमा देखिने प्रकारको कुनै ठोस निर्णय भएन ।
सार्कको मिनि शिखरसम्मेलनले चिनिने ३७औं मन्त्री स्तरीय बैठकले १९औं शिखर सम्मेलन आगामी नोभेम्वर ९ र १० मा पाकिस्तानमा गर्ने तय गरेको हो । ३८ औं बैठक नोभेम्वर ८ मा गर्ने पनि निर्णय लिएको छ । पाकिस्तानले यस अघि नै शिखर सम्मेलन गर्न नोभेम्वर भित्र नै पारेर तीन फरक–फरक तिथि दिएको थियो ।
आयोजित १८औं शिखर सम्मेलनमा नै पाकिस्तानले अर्को शिखर सम्मेलन गर्ने बताएको थियो । पाकिस्तानले यसअघि दुईवटा शिखर सम्मेलन गरिसकेको छ । नियमित प्रक्रियामा हुने सार्कको नयाँ महासचिवको नाम अनुमोदन मन्त्रीपरिषदले गरेको छ । नियमित ढंगले आगामी फेब्रुअरीपछि नया महासचिव अम्जद हुसेन वी सीयाल आउनेछन् । बुधबार स्थायी समितिले पारित गरेको उनको नाममा मन्त्रीसतरबाट स्विकृत भएको हो । बैठकले सार्क शिखर सम्मेलन अव हरेक नोभेम्वरमा गर्ने प्रस्ताव समेत पारित गर्दै आगमी शिखर सम्मेलनमा पेस गर्ने भएको हो । आगामी शिखर सम्मेलन सर्दा यो प्रावधान लागू हँुदैन । तर आगामी शिखरसम्मेलनले पारित गरेमा राष्ट्रसंघ जस्तै सार्कको पनि एक ’फिक्स क्यालेन्डर’ बन्नेछ ।
सार्कले आफ्ना क्षेत्रीय केन्द्रहरु धेरै र उहि प्रकृतिका भए भन्दै तीन केन्द्र खारेज गरेको थियो । खारेज संगै उस्तै प्रकारका चार केन्द्रहरु गाभ्ने निर्णय आठौंं शिखर सम्मेलन अघि नै लिएको थियो । तर भारत र पाकिस्तानले गाभिएको चार केन्द्र आफ्नोमा राख्ने अडान नछोडेपछि पुन त्यसबाट वातावरण झिकेर पाकिस्तानमा रहेको उर्जामा गाभेको छ । बाताबरण तथा दैविप्रकोप ब्यवस्थापन केन्द्रबाट बातावरण झिकेर पछि पाकिस्तानमा रहेको उर्जा केन्द्र अव वातारण तथा उर्जा र दिल्लीमा रहने भनिएको केन्द्रको नाम दैविप्रकोप ब्यवस्थापन केन्द्र रहने भएको छ । सार्कमा ११ केन्द्र रहेको थियो यसलाई घटाएर पाचमा झारिएको हो । फिसटेलमा उपप्रधानमन्त्री कमल थापाले दिएको ब्रेकफास्ट बैठकमा अन्य मन्त्रीहरुसंगै भारत पाकिस्तान वार्ताले यो टुंगो लगाए पछि अपरान्ह चलेको बैठकले अनुमोदन गरेको हो ।
बैठक सकिए लगत्तै उपप्रधान तथा परराष्ट्रमन्त्री तथा मन्त्रीस्तरीय बैठकमा अध्यक्ष थापाले सुन्दर नगरी पोखरामा सार्क बैठक उपलब्धि मुलक र कोशेढुंगा भएको बताए । उनले सार्कले साचे अनुसारको गति लिन नसकेकोमा सबै सदस्य राष्ट्र उत्तिकै चिन्तित रहेको बताउदै यसलाई जतिसक्दौ उपयोगी बनाउन जोड दिएको पनि बताए । सबैप्रकारको संजालले सार्कलाई जोड्न पर्ने पनि बताए । सबै सदस्य मुलुक उत्तिकै महत्वपूर्ण रहेकाले हरेकलाई जोड्न स्थल,जल र हवाई संजाल बनाउन सक्नुपर्ने बताए । सन १९८५ मा नै स्थापना भएको सार्कले यतिबेला ठूलो फडो मार्न पर्ने तरमार्न नसकेको भन्दै यसलाई कसरी अघि बढाउने भन्नेमा सबै सदस्य मुलुकहरु धेरै नै संवेदनशिल बनेको उनले स्पष्ट पारे ।
पहिलो पटक काठमाडौंबाहिर भएको यसप्रकारको सम्मेलन प्रति सबै मन्त्रीहरु खुशी हुदै यस्तो स्थानमा आएर भएको बैठक सधै सकारात्मक बाटोमा अघि बढ्ने बताए । ’ब्यापारमा सहकार्य, लागनी, आर्थिक विकास, उर्जा, संजाल, गरिवी निवारण, शिक्षा, स्वास्थ्य जस्ता विविध विषयमा एक अर्कामा कसरी सहकार्य गर्ने भन्नेमा बैठक उपलब्धी मुलुक भएको छ,’ थापाले बैठक पछि पत्रकार सम्मेलनमा भने । यस क्षेत्रको आतंकबाद नियन्त्रणमा सहकार्य तथा गरिवी निवारणमा जोड लगायत महत्वपूर्ण विषयमा अघि बढ्न सबै उत्तिकै गम्भिर देखिएको पनि उनले बताए ।
सार्क विकास कोषमा उपयोग हुन नसकि रहेको अवस्थामा एक भन्दा बढि सदस्य मुलुकले आफ्नो परियोजना लगेर त्यसमा काम गर्न सक्ने निर्णय भएको छ । दुई भन्दा बढि मुलुकबाट प्रस्ताव जान नसकेपछि यसमा परिवर्तन गरिएको हो । तर यही मोडलमा पर्यवेक्षक मुलुकहरुको विषयमा भने निर्णय हुन सकेन । पर्यवेक्षक मुलुकहरुले लगानी गर्न खोजेको भए पनि पाएका छैनन् । सार्कलाई आर्थिक युनियन बनाएर अघि बढाउन यस्ता सबै प्रकारको कार्यहरु गर्दै जानेमा समेत उनले जोड दिए । सार्कलाई आर्थि युनियनको रुपमा अघि बढाउनको लागि १८ औं शिखर सम्मेलनको घोषणापत्रमा रहेको भए पनि त्यो प्रक्रियामा त्यती सहजै अघि नबढ्ने समेत मन्त्रीले जानकारी दिदै भने, ’सामन्य ढंगले प्रक्रिया अघि बढीरहेको छ ।’
सार्कको संरचनालाई राजनीतिक स्तरको  बनाउन आवश्यक
सार्ककोे मिनि शिखर सम्मेलनमा भाग लिन पोखरा आइपुगेका सार्कका विदेशमन्त्रीहरुले यसलाई राजनीतिक तहको फोरम बनाउन पर्नेमा अनौपचारिक रुपमा छलफल गरेका छन् । बुधबार पोखरा आए देखि नै उनीहरुले त्यस्ता विषयमा एक आपसमा अनौपचारिक छलफल गरेका हुन । युरोपेली युनियन मोडलमा जान सार्कलाई विस्तारै राजनीतिक तहको संरचनामा लैजान पर्नेमा उनीहरुले जोड दिएका हुन । यसको लागि उनीहरुले तलै देखि संरचना त्यही अनुरुपको बनाएर अघि बढ्न पर्ने पनि बताएका छन् ।
विहीबारको मन्त्री स्तरीय बैठकमा यस विषयमा खासै छलफल भएन । सांग्रिलामा भएको रात्रीभोज तथा फिसटेलमा भएको ब्रेकफास्ट बैठकमा यो विषयबारे छलफल भएको थियो । ओपचारिक बैठकमा सार्कलाई युरोपेली मोडलमा लैजाने विषयमा सामान्य छलफलमात्र भएको थियो । सार्कको चार्टर बडि देखि सचिवालय सबै क्षेत्रमा परिवर्तन गर्दै अघि बढ्न पर्नेमा बंगलादेश, भारत, पाकिस्तान, श्रीलंकाले जोड छ । उपप्रधानमन्त्री थापाले वदेश मन्त्रीहरुको स्वागतका लागि आयोजना गरेको रात्री भोज तथा फिसटेलमा आयोजित ब्रेकफास्टमा समेत सार्कलाई कसरी अघि बढाउने भन्नेमा उनका सबै समकक्षीहरु छलफल गरिरहेका थिए ।’ आएदेखि सबै सदस्य मुलुकले सार्कलाई कसरी अघि बढाउने भन्नेमा नै केन्द्रित रहेर काम छलफल गरिरहेको पाए,’ थापाले भने । औपचारिक अनौपचारिक रुपमा सबै उत्तिकै तवरले सार्कको विकासमा जोड दिन आवश्यक रहेकोमा लागेका पाएको पनि थापाले बताए ।
स्रोत ः ईकान्तिपुर






Post a Comment

 
Top