गोल्डेन न्यूज संवाददाता
रंगहरुको पर्व होली मंगलवार मनाइँदैछ । होलीको दिन बाटो हिड्दै गरेका, आफ्नै साथीभाइको साथै अन्य कसैमाथि जवरजस्ती रंग दल्ने सुरमा हुनुहुन्छ भने सावधान ! स्थानीय प्रशासनले जवरजस्ती लोला हान्ने र रंग दल्नेलाई कारवाही गर्ने भएको छ । जिल्ला प्रशासन कार्यालय कास्कीले सोमवार सूचना प्रकाशित गरी होलि पर्वको अवसरमा एक अर्कोको ईच्छा विपरीत जवर्जस्ती रंग दल्ने, प्लाष्टिकजन्य लोला हान्ने, फोहोर पानी छ्याप्ने तथा महिला, वालवालिका लगायत बाटोमा हिड्ने व्यक्तिहरुलाई अनावश्यक दुख हैरानी दिने कार्य नगर्न सचेत गराएको छ । यस्ता कार्य प्रचलित कानून विपरित भएकाले सचेत रहन स्थानीय प्रशासनले आग्रह गरेको हो । ‘ईन्छा विपरित रंग दल्ने, प्लाष्टिकजन्य लोला हान्ने, फोहोर पानी छ्याप्ने तथा आफ्ना गन्तव्यमा हिडिररहेका यात्रीहरुलाई अनावश्यक दुख दिने काम कोहि कसैले पनि नगर्नु÷नगराउनु हुन र वातावरण तथा जनस्वास्थ्यमा प्रतिकुल असर पार्ने त्यस्ता प्लाष्टिकजन्य लोलाको आयात समेत नगर्नु हुन जिल्ला प्रशासन कार्यालय कास्की हार्दिक अनुरोध गर्दछ । विज्ञप्तिमा भनिएको छ । सूचनाको वर्खिलाप हुने गरी कुनै पनि कार्य गरे÷गराएमा प्रचलित कानून वमोजिम कारवाही गर्ने स्थानीय प्रशासनले जनाएको छ ।
Post a Comment