हाम्रो दैनिकीमा संस्कृत भाषाको उल्लेख्य प्रयोग हुँदै जाँदा त्यसले मुक्तक लेखनलाई बलियो पकडमा राखेको पाएका छौं। संस्कृत साहित्यमा द्विपदी, त्रिपदी र चतुष्पदीय कविता ढाँचाका श्लोकहरू त्वमेव माता च पिता त्वमेवः..अझै हाम्रा सामु छन्। हामीले सम्झेका छौं, हाम्रा वेद र वेदान्तका कुराहरू। यसरी अगाडि बढ्दै जाँदा मुक्तकको बारेमा प्रष्ट धारणा दिने पहिलो ग्रन्थ अग्निपुराण हो। इसाको नवांै ंशताब्दीतिर लेखिएको मानिने यस कृतिले एक श्लोकमा रहने चमत्कारले युक्तपूर्ण कवितालाई मुक्तक भनेर परिभाषित गरेका छन्। मुक्तकसम्बन्धी स्पष्ट धारणा प्रस्तुत गर्ने पहिलो व्यक्ति वासुदेव त्रिपाठीले कविताको लघुतम् रूपलाई मुक्तक भनेका छन्। यसरी विकसित हुँदै आएको मुक्तक परम्परा वि.स. २०२० बाट मुक्तक शीर्षक नै प्रयोग गरेर लेखिएको पाइन्छ। हामीसँग रहेको पुरानोे इतिहास सँगसँगै फारसी, उर्दू र हिन्दी साहित्यमा रूबाईका नामले चिनिएको रचना नेपालमा प्रवेश गरेको पाइन्छ।प्राचीन रूबाई छन्दमा लेखिन्थ्यो। जसमा २४ वटासम्म बहर प्रयोग भएको पाइन्थ्यो। जसअन्तरगत बढी हजज नामक छन्द वा बहर प्रयोग गरिएको थियो। पछिल्लो समयमा सुरूका नियमहरूलाई बिस्तारै वेवास्ता गर्दै आएको देखिन्छ रूबाईमा। उर्दूका इकवाल ले यसको पालना गरेका छैनन्। जे भएपनि मुक्तककै रूपमा रहेको रूबाई मुक्तकसँग टाढिएको छैन। यसरी हेर्दा हामी आजको वर्तमान समयमा संस्कृत संरचनाका मुक्तक, स्वतन्त्र संरचनाका मुक्तक र रूबाई संरचनाका गरी तीन संरचनाका मुक्तक रहेको पाइन्छ । हाम्रो मुक्तक लेखनको परम्परा संस्कृत संरचना नै हो। संस्कृतका स्रोतहरूबाट प्रभावित भएर चतुष्पदीय सिर्जना गरेका हुन् सर्जकहरूले। हामीहरू श्लोक भन्ने गथ्यौं, उनीहरू रूबाई।रूबाई इरानको अत्यन्त प्राचिन कविताको रूप मानिन्छ। यो १, २ र ४ पंक्तिका अन्त्यमा समध्वन्यात्मक आवृत्ति वा अनुप्रास रहेको हुन्छ भने तेस्रोमा हुँदैन। कसैले यसका १, २ र ३ पंक्तिमा उपमाको प्रयोग हुने र चौंथोले निष्कर्ष कथन गर्ने भनेका छन्। कसैले पहिलोमा विषय र परिचय, दोस्रोमा कौतुहलता, तेस्रोमा चरम र चौथोमा प्रतिचरमोत्कर्ष हुने जनाएका छन्। नेपाली मुक्तक लेखनमा पछिल्लो पुस्ताका एकादुई सर्जक बाहेकले रूबाई संरचनाबाहेक अरू मुक्तक हुन सक्दैनन् भन्ने भ्रम पालिरहेकाछन्। मुक्तक लेखनको शुरूवातदेखि २०३४ प्रथम चरण, २०३५÷२०५२ दोस्रो चरण, २०५३÷२०६२ तेस्रो चरण र २०६३ हालसम्म चौथो चरण हुँदै जाँदा मुक्तकका तीनवटै संरचनालाई समेट्दै तीर्थराज अधिकारीको झटारो आएको छ। यिनै संस्कृत, स्वतन्त्र र रूबाई संरचनाका पक्षलाई यहाँ उल्लेख गर्ने जमर्को गरिएको छ।
कवि परिचयः माता रूक्मिणा र पिता नारायणदत्त अधिकारीको कोखबाट वि.सं. २००३ सालमा चन्द्रेश्वर–७ दुराडाँडा लमजुङमा जन्मेका तीर्थराज अधिकारीको नाम नेपाली वाङ्मयको क्षेत्रमा २०५३ सालदेखि चिरपरिचित रहदै आएको पाइन्छ। स्नातकोत्तर सम्मको अध्ययन गरेका अधिकारी नेपाल सरकारको अधिकृतस्तरमा २०३२ सालमा प्रवेश गरी नेपाल सरकारको नुनपानीको कलम सँगै सिर्जनाको कलम चलाउँदै हाल सेवा निवृत्त जीवनलाई सिर्जनशिल बनाउने अभिप्रायले अगाडि बढेका छन्। जुनकिरी (२०५३), ऐना (२०५७), तीन लय तेह्र गीत (२०६०) र झटारो (२०७०) गरी उनका हालसम्म चार कृतिहरू प्रकाशन भएका छन्। लमजुङमा रहदै शिक्षण पेशामा पाँच वर्ष बिताएका अधिकारी युवा अवस्थामा केही समयमा राजनैतिक कार्यसम्पादनमा निकै सक्रिय रूपमा लागेको पाइन्छ। पछिल्लो समय विभिन्न सामाजिक, साहित्य र सांस्कृतिक सङ्घसंस्थामा रहेर कार्य सम्पादन गरिरहेका उनलाई प्रवल गोरखा दक्षिण बाहु पदक, झुल्का पत्रिकाको सम्पादन गरेवापत राष्टूपति डा रामवरण यादवको बाहुलीबाट उच्च सम्मान र विभिन्न समयमा विभिन्न सम्मान एवम् पुरस्कार प्राप्त गरेका अधिकारीले एसिया, युरोप र अमेरिकालगायतका विभिन्न देशको भ्रमणसमेत गरेका छन्।
विषयप्रवेशः
हाम्रो मुक्तक लेखनको पहिलो खुड्लो संस्कृतसंरचना हामीसँग रहेको मध्यनजर गर्दै मुक्तककार अधिकारीले आफ्नो मुक्तक विधातर्फको पहिलो कृतिमा जुन संरचनालाई बिर्सेका छैनन्। जसको मलजल गर्नका लागि आफ्ना १६० मुक्तकहरू संस्कृत, स्वतन्त्र र रुबाई संरचनाका रहेका छन्। संस्कृत संरचनाको कुरा गरिरहदा हामी सम्झने गछौं संस्कृत साहित्यका ग्रन्थ पुराण, रामायण र महाभारतलाई। हेरौं एक श्लोकः
सीता र लक्ष्मण सहित् गरी रामलाई
भोजन म दिन्छु भनि खुप सित चिज बनाई
भोजन गराई रधुनाथकि जानि माया
ताहाँ सपत्नि भइ रामकि कीर्ति गाया ।
(रामायणः ५५)
हाम्रो आजको मुक्तक लेखनको पहिलो आधारसंस्कृत साहित्य हो भन्ने सन्दर्भलाई अधिकारीले टपक्क टिपेर आफ्नो कृतिमा यही संरचनाका केही मुक्तकहरू खिपेका छन् ।हेरौं उनको सस्कृत संरचनाको एक मुक्तकः
अभिनन्यूले चक्रब्यूह तोड्ने ज्ञान पाएँ
मैले आमाको गर्भमै अन्न, जल र ममता पाएँ
जन्मिएँ, हुर्किएँ मातृत्व र स्नेह पाएँ
न्यानो छातीमा टाँसिएर उनकै दुध खाएँ। (पृ.४५)
संरचनाका हिसाबले मात्र उनका मुक्तकहरू समय सान्दर्भिक छन् भन्ने होइन। उनले उठान गरेका विषयहरू पनि उत्कृष्ट रहेका छन्। नेपाली जनजीवनको वास्तविकतालाई बोलेका छन्। यो मात्र होइन उनको कृतिमा स्वतन्त्र संरचनाका मुक्तक प्रसस्तै रहेका छन्। संस्कृतपरम्पराबाट आएकोसंस्कृतको चतुष्पदीय एक श्लोकको शैलीभन्दा केही भिन्न संरचना नै स्वतन्त्र संरचना हो। चतुष्पदीय संरचना मात्र मुक्तक होइन, जसले व्यक्त गर्न खोजेको भाव व्यक्त हुनुप¥यो त्यो नै मुक्तक हो, हेरौं एक स्वतन्त्र संरचनाको मुक्तकः
झुल्के घामसँगै त्यहाँ पुग्छ
साँझ पर्ना साथ लुक्छ
मछापुच्छेूको फेवासँग राम्रै मन मिलेछ
जति कुरा काटे पनि
न पुच्छेू झुक्छ न फेवा सुक्छ।
(प.१६०)
संरचना पक्ष भात्र होइन भाव पक्षलाई पनि कति मिठास दिएका छन् अधिकारीले आफ्नो कृतिमा। साच्चै फेवा र माछापुच्छेूेको एकअर्कासँग मन मिलेरै होला दुवै कहिल्यै पनि न झुकेको र सुकेको भन्ने भान नेपाली जनमानसमा पार्न सफल भएका छन् उनको यो शब्द खेलाउने कला पनि हो। यो उनको स्वतन्त्र संरचनाको मुक्तक लेखन भएपनि २०३५ सालमा साहित्यकार सरूभक्तलेयस्तै संरचनामा मुक्तक लेखेर नेपाली वाङ्मयमा लिपिवद्ध गरेका छन्। हाम्रा हिजोका धर्मग्रन्थ, वेदजस्ता ग्रन्थहरूमा लेखिएका चार लाइनका हरफहरू आज मुक्तकको संरचनामा देखिएका छन्। आजको समयमा मुक्तकहरू कुन हो होइन भन्दा पनि कुन संरचनाको मुक्तक हो भन्ने कुरा यो विधामा कलम चलाउनेहरूले ध्यान दिनुपर्ने भएको छ। यो बेलामाअधिकारीको कृति प्रकाशन हुनु निकै सान्दभिक बनेको छ। अधिकारीलेसंस्कृत र स्वतन्त्र संरचनाका मात्र मुक्तक लेखेका छैनन्। यसका अलवा उर्दु फारसिबाट आएको रूबाई संरचनाका मुक्तक पनि समावेश गरेका छन्। हेरौं झटारो मुक्तक सङ्ग्रहबाटैरूबाई संरचनाको एक मुक्तकः
केही गर्न लागेको भान छ
भन्न सकिन्न अञ्जान छ
शुभ दिन पर्दै पर्दैन किन हो ?
भेट भयो भने दन्दबझान छ।
(पृ.३३)विगतका कोही दिनहरूदिनको टन्टलापुर घाममा पनि चकमन्नअध्यारोको आभाष मिलेका कुरा, नेपालीको दिल दुखेका कुरा, धर्म र संस्कृति, राजनैतिक व्यङ्गय, मातृशक्ति, श्रृङ्गारिक भावधारा र प्रकृति चित्रणका कुरा उनको झटारो सङ्ग्रहका मुक्तकका विषयवस्तु हुन्। उनको कृतिमा पाँच लाइनका छ वटा, छ लाइनको एउटा र सात लाइनका दुई मुक्तक र अरु चतुष्पदिय मुक्तकहरू संग्रहित रहेका छन् जुन विषयले मागेर नै लाइन बढेको देखिन्छन्।
नेपाली जनजीब्रोमा झुण्डिएको उखान टुक्कालाई मुक्तकको रूप दिएर नामाकरण गरिएको कृति साच्चै झटारो नै बनेको छ। आवरण, मुक्तकको दम, कागजको गुणस्तर सम्पूर्ण कुराले उत्कृष्ट रहेको भान हुन्छ। उनले मुक्तक लेखनमा पहिलो पटक हानेको झटारो भएर पनि हुनसक्छ केही व्याकरणिक त्रुटि रहेका छन्। नेपाली वाङ्मयमा भूमिका लेखनको विषयलाई हामीले राम्रोसँग नियाल्नु वर्तमानको आवश्यकता हो। निबन्ध शिरोमणि शंकर लामिछानेले आफ्नो जीवनकालमा पारिजातको शिरिषको फूल उपन्यास, आफ्नो कृति एब्स्टूयाक चिन्तन प्याज र अप्रकाशित उनले भूमिका लेखेका दुवै पुस्तकले मदन पुरस्कार प्राप्त गरेका थिए तर वर्तमानमा भूमिका लेखन ज्यादै हलुका बनाउने गरेको पाइएको छ। सो सन्दर्भ अधिकारीको झटारोमा पनि देखिएको छ। कृतिमा एउटै मात्र आलेख छ भने त्यसलाई भूमिकाका रूपमा हेर्ने प्रचलन रहेको छ। अधिकारीको कृतिमा पनि एउटै आलेख छ। उपप्राध्यापकले लेखेको भूमिकाको पहिलो परिच्छेद मै व्याकरणिक त्रुटि वाङ्यम, दोस्रो परिच्छेदमा लेखकको थर लेखनमै त्रुटि अधिकरी र तेस्रो परिच्छेदमा त्रुटि मुक्कहरू यो शृङ्खलावद्ध त्रुटि। यस्तै कृतिबाटै साभार मुक्तकहरूमा पनि त्रुटि देखिन्छ मुक्तक र आलेखमा उल्लेख गरेकालाई दाँजेर हेर्दा। धर्म र संस्कृतिका विषयमा केन्द्रित मुक्तक उप(खण्डमाकृतिबाटै साभार मुक्तक खण्डको क को दोस्रो लाईनमा साग, ग को दोस्रो लाइनमा भावनालाई केही मुक्तक प्रकृतिपरक उपखण्डको आकशभरि जस्ता त्रुटिले आगामी दिनमा उपप्राध्यापकलाई सचेत गराउने छ।
निष्कर्षः
झटारोको माध्यमबाट सहज सरल र सरस भाषामा नेपाली जनजीवनको चित्र उतारेका छन् अधिकारीले। नेपाली जनजीवनका विषयवस्तुलाई मुक्तक बनाउनु, आमाप्रति श्रद्धा भाव व्यक्त गरी आमा शीर्षकमै छ वटा मुक्तक लेख्नुबाट उनको नेपाल आमा र आफ्नी जन्म दिने आमाप्रतिको कर्तव्यबोधको आभाष भएको छ। उनी कहिलेकाही कल्पनामा पनि हराउछन् त्यसैले कल्पना शीर्षकमै दुई मुक्तक लेखे। त्यो मात्र होइन भगवानप्रति आस्था र विश्वास राख्छन् र भित्रै छन् देवता भनेर दुई मुक्तक लेखे। दुर्जनको संगतमा कोही समय फरे पनि होलान त्यसैले सज्जन शीर्षकमा पनि दुई मुक्तक लेख्छन् र भन्छन् जो सभ्य पुरूष हो त्यही नै महान बन्ने छ भनेर। संविधान नबनेको बेला चिन्ता व्यक्त गर्दै संविधान शीर्षकमा चार मुक्तक लेख्छन् र त्यसप्रति सजग नेपालीको पहिचान खोज्छन्। समाजमा चलेको नाटीकुटीले उनलाई धेरै टडपाएको छ। हुने हार दैव नटार भनिन्छ तर गाउँ समाजमा विभिन्न बहानाबाजी गर्ने प्रचलन देखेर उनले नाटीकुटी शीर्षकमै सात मुक्तक लेखेर सचेतना जगाउने कार्य मात्र होइन कृतिलाई उत्कृष्ट बनाएका छन्। उनले नेपाली लोकसाहित्यलाई पनि धेरै माया गर्छन र सोही शीर्षकमा चार मुक्तक लेखेका छन्। उनले देवदेवता प्रति पनिविश्वास राख्छन्। वर्तमान समयमा व्यप्त रहेको अराजकता, अनियमिता र सरकारी अर्कमण्यताको विरोध गर्दछन्। नेतालाई व्यग्य गरेर मुक्तक लेख्छन्।यसरी हेर्दा उनले उठान गरेका सम्पूर्ण विषयवस्तु हाम्रो दैनिक जनजीवनमा आवश्यक सामग्री दाल चामल जस्ता बनेकाले अध्ययनमा सरल, सहज र सुललित रहेका छन र कृति पनि उत्कृष्ट बनेको छ। आगामी दिनका उनको मुक्तक यात्रा उत्कृष्ट बनेर जाओस् सतत् शुभकामना।
Post a Comment