0
गोल्डेन न्यूज संवाददाता
कास्की प्रहरीले विकृति वढेको भन्दै पोखराका रात्री कालिन व्यवसाय सञ्चालनको अवधी १० वजे सम्माको लागी तोकेपछि आवद्ध व्यवसायीहरुले विहिवार त्यसको विरोध स्वरुप आफ्ना सवै व्यवसायहरु वन्द गराएका छन । पर्यटकीय शहर पोखराको लेकसाइड र महेन्दूपुलमा संञ्चालनमा रहेका दोहोरी सांझ,डान्सवार ,लाइभ म्यूजिक ,गजल सांझ लगायतका रात्रीकालिन व्यवसायहरुलाई यस अघि राती ११ वजे सम्म सञ्चालन गर्न दिइएको थियो।कास्की प्रहरी प्रमुख मा एस.पी घनश्याम अर्याल आएको एक महिना नवित्दै रात्रीकालिन व्यवसायको सञ्चालन अवधि घटाउने प्रयास भएको व्यवसायीहरु बताए।  ।पयटकीय क्षेत्रलाई २४ सै घण्टा सञ्चालन गर्न पाउने माग भइरहेको वेला कास्की प्रहरीको पछिलो कदमले व्यवसायीहरु निरास देखिएका छन् ।भुकम्प र नाकावन्दीले तहसनहस भएर वल्ल उठ्न लागेको व्यवसायलाई राज्यको तर्फवाट प्रवद्र्धनका लागी टेवा दिनुपर्नेमा उल्टै व्यवसाय धरापमा पार्दै वन्द गराउने तर्फ लगेको भन्दै व्यवसायीहरु निराश भएका छन्। उनिहरुले १० वजे व्यवसाय वन्द गर्ने गरि गर्नु भन्दा व्यवसायनै वन्द गर्नु वेश हुने भन्दै विहिवार पोखराका सवै रात्रीकालीन व्यवसायहरु ठप्प पारेको दोहेरी साझ व्यवसायी समितिका अध्यक्ष सीम गुरुङले वताए ।कास्की प्रहरीको यो कदमको निकासका लागी राज्यको ध्यानाकर्षण गराइने वताए ।शुक्रवार कास्कीका प्रमुख जिल्ला  अधिकारी हरिप्रसाद मैनाली समक्ष ज्ञापन पत्र वुझाइने गोर्खा प्यालेस रेस्टुरेन्ट लेकसाइडका सञ्चालक लक्ष्मण गुरुङले वताए ।लेकासाइडको ओजन क्लव वाहेक अरु सवै क्लव ,डान्सवार दोहोरी ,गजलको नाम टिपेरै १० वजे वन्द गराउन मातहतका इकाइलाई निर्देशन दिएको वताइएको  छ ।पोखरामा अहिले विभिन्न ५० वटा रात्रीकालिन व्यवसाय सञ्चालनमा रहेको दावी गरिएको छ ।













































Post a Comment

 
Top