0
गोल्डेन न्यूज संवाददाता
पोखरा ८ चैत्र ।
लायन्स क्लब अफ पोखरा ग्लोबल लेक सिटीको निर्वाचन सम्पन्न भएको छ । निर्वाचनबाट लायन बर्ष २०१६÷१७ का लागि कुलदीप सुवेदी अध्यक्षमा निर्वाचित भएका छन् । क्लवको प्रथम उपाध्यक्षमा दिलिपकुमार श्रेष्ठ, द्वितीय उपाध्यक्षमा गिरिधारी शर्मा, तृतीय उपाध्यक्षमा महेश्वर सुवेदी, सचिवमा गंगाविलास लोहनी, सह– सचिवमा सन्जिव श्रेष्ठ, कोषाध्यक्षमा रामचन्द्र लामिछाने र सह–कोषाध्यक्षमा प्रितम अधिकारी  रहेका छन् ।
यसैगरी टेमरमा रेशमलाल श्रेष्ठ, टेलट्वीष्टरमा दान बहादुर बस्नेत, फाईनान्स डाईरेक्टरमा टेक नारायण रेग्मी, पिआरओमा देबेन्द्र पौडेल र मेम्बरशिप डाईरेक्टरमा सूर्य चपाइँ निर्बाचित भएका छन् । लायन्स नियमावली अनुसार पदाधिकारीको कार्यकाल एक वर्षमात्र हुनेछ ।
क्लवका निवर्तमान अध्यक्ष सन्तोषकुमार श्रेष्ठ संयोजक  र सन्तोष अर्याल, ज्ञानबहादुर तामाङको निर्वाचन कमिटीले निर्वाचन सम्पन गरेको थियो । नयाँ पदाधिकारी एवं सदस्यहरुलाई बधाई एवं शुभकामना व्यक्त गर्दै क्लवका संस्थापक अध्यक्ष हरिराज पन्तले लायन्सको मर्म एवं धर्मलाई ख्याल गरि नयाँ र रचनात्मक कामका साथ अघि बढ्न सुझाव दिए । 

Post a Comment

 
Top