0
गोल्डेन न्यूज संवाददाता
पोखरा सभागृह २५ वर्षका लागि निजी क्षेत्रलाई दिने त्रिपक्षीय सम्झौताको खारेज माग गरिएको छ । स्वतन्त्र पत्रकार संघ नेपालका अध्यक्ष कृष्णप्रसाद बास्तोला, नागरिक समाजका संयोजक रामबहादुर पौडेल, राष्टिूय सम्पदा तथा जनअधिकार संरक्षण समिति अध्यक्ष शशी तुलाचन र सचेतना समाज संयोजक सुरेन्द्र थापामगरले संयुक्त विज्ञप्ति जारी उक्त माग गरेका हुन्। पोखरा उपमहानगर पालिका, पोखरा उपत्यका नगर विकास समिति र विपिएस लिजिङ एण्ड म्यानेज्मेन्ट प्रा.लि.बीच पोखरेली जनताको जीवनशैली एवं प्रतिष्ठासँग गाँसिएको र सामाजिक सञ्जालमार्फत सार्वजनिक भएको ध्यानाकर्षण भएको जनाउँदै जनप्रतिनिधि नभएको अवस्थामा गरिएको उक्त सम्झौता खारेज गरी पोखरा सभागृहको आवश्यक मर्मत, सम्भार र संरक्षणमा अविलम्ब ध्यान दिन सम्बन्धित निकायसँग माग गरिएको छ । विज्ञप्तिमा भनिएको छ, नगरपालिका, उपत्यका नगर विकास समिति र सरोकारवाला निकायहरुले मर्मत, सम्भार एवं संरक्षण गर्ने दायित्वबाट पन्छिएर सुन्दर पोखराका लागि क्रियाशील नागरिक समाज एवं संघसंस्थाहरु सँग छलफल नै नगरी गोप्य रुपमा निजी क्षेत्रलाई दिने सम्झौता गर्नु सिंगो पोखरेली जनमतको अपमानका साथै बाँकी रहेका सार्वजनिक सम्पत्ति निजी क्षेत्रलाई दिने श्रृंङ्खलाबद्ध चाल बाजीसमेत हो ।





Post a Comment

 
Top