0
गोल्डेन न्यूज संवाददाता
भारतमा हालै सम्पन्न दक्षिण एशियाली खेलकुद (साग)मा पदक विजेता खेलाडीलाई पोखरामा सम्मान गरिएको छ । कास्कीबाट विभिन्न खेलमा सहभागी भई पदक विजेता खेलाडीलाई पोखरा उप–महागनरपालिकाको सहयोग, क्षेत्रीय खेलकुद विकास समितिको संयोजन र कास्की जिल्ला खेलकुद विकास समितिले आयोजना गरेको सम्मान कार्यक्रममा शुक्रबार पोखरामा सम्मान गरिएको हो । 
फुटबलमा पोखराबाट फुटबलमा मनबहादुर तामाङ र हेमन्त गुरुङ सदस्य रहेका थिए । फुटबलमा नेपाले स्वर्ण पदक जितेको थियो । त्यसैगरी उसुमा रजत पदक  जित्न सफल झरना गुरुङ र महिला भलिबलमा कास्य पदक प्राप्त गर्न सफल मन्जु गुरुङ, अरुणा शाही र मनिषा चौधरीलाई पूर्व राष्ट्रिय बक्सिङ खेलाडी चित्रबहादुर गुरुङ, पोखरा उप–महानगरपालिकका कार्यकारी अधिकृत झलकराम अधिकरी, क्षेत्रिय खेलकुद विकास समितिका अध्यक्ष खगराज पौडेल, जिल्ला अध्यक्ष यामबादुर गुरुङ लागयतले नगद १० हजार रुपैयाँ सहित सम्मानपत्र र दोसल्लाले सम्मान गर्नुभएको थियो । मन्जु, झरना र शाही कास्की वर्ष महिला खेलाडीबाट समेत सम्मानित भईसकेका छन् ।  कार्यक्रममा सागमा सहभागी उसुका प्रशिक्षक अरुण दत्त र भलिबल प्रशिक्षक कौशिला खत्रीलाई पनि नगद १० हजार रुपैयाँ सहित सम्मान गरियो ।
यसैबीच आगामी १३औं साग खेलकुद पोखरामा आयोजना गर्न पोखरेलीले माग गरेका छन् । सम्मान कार्यक्रमसंगै १३ औं साग पोखरामा गर्न आयोजा गरिएको अन्तरक्रिया कार्यक्रममा बोल्ने बत्ताहरुले पोखराले साग खेलकुद गर्न सक्षम रहेको दावी गरे । पोखरामा साग प्रतियोगिता गर्न सरकारलाई दवाव दिने निर्णय समेत कार्यक्रममा गरिएको छ । पोखरामा सार्क परराष्ट्रमन्त्रीहरुको बैठक सफलता पूर्वक सफल भएकाले साग खेल पोखराले गर्न सक्ने आधार तयार भएको भन्दै त्यसका लागी पहल गर्ने खेलकुदकर्मी, नागरिक समाज, राजनीतिक पार्टीले प्रतिबद्धता ब्यक्त गरेका छन् । कार्यक्रममा बोल्दै सभाषद सीता गिरी ओली पोखरामा साग खेलकुद प्रतियोगिता संचालनका लागी आफनो क्षेत्रबाट पहल गर्ने बताउदै पुरै नभएपनि केही खेलकुदका इभेन्ट र उद्घाटन पोखरामा गर्न सकिने बताए । 
पोखरा उम–पहानगरपालिकाका कार्यकारी अधिकृत झलकराम अधिकारीले साग खेलकुद प्रतियोगिताका लागि आवश्यक पहलकदमी गर्न तयार रहेको बताए । अन्तर्राष्ट्रिय बक्सिङ खेलाडि एवं पोखरा पर्यटन परिषदका पूर्व अध्यक्ष गणेशबहादुर भट्टराइले सरकारले अब विकेन्द्रकरणको अवधारणालाइ मूर्तरुप दिन सागका केही इभेन्ट र उद्घाटन पोखरामा गर्नुपर्नेमा जोड दिए । क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष खगराज पौडेलले पोखरा रगंशालमा आवश्यक पूर्वाधार विकास भैरहेकाले दुई वर्षपछि हुने साग पोखरामा गर्न सकिने बताए । कास्की जिल्ला खेलकुद विकास समितिका अध्यक्ष यामबहादुर गुरुङको अध्यक्षतमा भएको कार्यक्रमको संचालन  कार्याल प्रमुख प्रकाश बराल लगायतले गरेका थिए ।


Post a Comment

 
Top