0
गोल्डेन न्यूज संवाददाता
राष्ट्रिय औद्योगिक व्यापार मेला–२०७२ को सोमबार औपचारिक समापन भएको छ । मेला गत  फागुन २१ गतेबाट सुरु भएको थियो । पोखरा उद्योगवाणिज्य संघद्वारा आयोजित मेलामा करिब १ लाख ५० हजार दर्शकले अवलोकन गरे भने ५ करोडको कारोवार भएको महासचिव प्रजुले जानकारी दिए । मेलाको समापन अवसरमा  बोल्र्दै पश्चिमाञ्चलका क्षेत्रीय प्रशासक शंकरप्रसाद कोइरालाले क्रेता र बिक्रेतालाई एउटै थलोमा उभ्याउन तथा आर्थिक गतिविधि चलायनमान बनाउन मेला सफल भएको बताए । मेला र महोत्सवहरुमा सोही क्षेत्रको उत्पादनहरुलाई केन्द्रमा राखेर गतिविधि बढाउनुपर्नेमा उनले जोड दिए । उनले भने–‘यस क्षेत्रमा आउने पर्यटकहरुलाई सकेसम्म यही क्षेत्रको कृषि र औद्योगिक उत्पादन प्रयोग गराउ सक्नुपर्छ, यसो गर्दा यहाँको पैसा यहीँ रहन्छ । कार्यक्रम तथा पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष विन्दुकुमार थापाले सबैको सहयोगले मेला सफल भएको बताए । शनले मेला आर्थिक गतिविधि चलायनमान बनाउन सहयोगी बनेको धारणा राखे । मेला सफल बनाउन सघाएको स्पष्ट पारे । सार्क परराष्ट्र मन्त्रीहरुको सम्मेलन पोखरामा आयोजना भएकोमा खुसी प्रकट गर्दै उनले यो कार्यले पोखराको चिनारी अन्तर्राष्ट्रिय जगतमा पुग्ने अपेक्षा गरे । शिक्षासेवी तथा कार्यक्रममा सम्मानित व्यक्तित्व जर्ज जोनले पोखरा उद्योग वाणिज्य संघले आफ्नो स्थापनाकालदेखि नै शिक्षा क्षेत्रमा लगानी गर्दै आएको स्मरण गरे । आन्तरिक राजस्व कार्यालय पोखराका प्रमुख कर अधिकृत लेखनाथ शर्माले कर शिक्षा अभियानमा उद्योग वाणिज्य संघबाट सहयोगको अपेक्षा गर्दै कर कानूनको सबैले पालना गर्नुपर्ने बताउँदै उनले कर नतिरेको सम्पति वैधानिक नहुने स्पष्ट पारे । पोखरा उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष दीपक श्रेष्ठले आउँदा दिनहरुमा मेलामा अझ सुधार आवश्यक रहेको बताए । अर्का पूर्व अध्यक्ष राजेन्द्रकुमार लालचनले मेला अनुगमनको क्रममा आफूले सुनेका गुनासा र सुझावहरु कार्यान्वयन गरी मेलालाई परिष्कृत गर्नुपर्नेमा जोड दिए । लेखनाथ उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष बाबुराम गिरिले प्रतिकुल अवस्थामा सामूहिक प्रयासबाट मेला सफल भएको बताए । क्यानका केन्द्रीय अध्यक्ष विनोद ढकालले  पोखरालाई साइबर सिटीको रुपमा विकास गरिनुपर्नेमा जोड दिए ।  राष्ट्रिय वाणिज्य बैंकका क्षेत्रीय प्रबन्धक गणेशकुमार ढकालले उत्पादनशील क्षेत्रमा लगानी गर्न तथा निजी क्षेत्रको आर्थिक सम्वृद्धिमा सहायक बन्न बैंक सधैँ तयार रहेको बताए ।  मेलामा राखिएका स्टलहरुमध्ये उत्कृष्ट घोषित हरपल फुड प्रालिको तर्फबाट बोल्दै जगत धामीले पोखरा उद्योग वाणिज्य संघद्धारा आयोजित मेलाले आफ्नो उत्पादनको बजार प्रवद्र्धनमा सघाएको जनाए । पोखरा उद्योग वाणिज्य संघका द्वितीय उपाध्यक्ष मीनराज काफ्लेले धन्यवाद ज्ञापन गरेको कार्यक्रमको संचालन संघका महासचिव रवीन्द्रबहादुर प्रजुले गरेका थिए ।  
शिक्षासेवी जर्ज जोन सम्मानित
पोखरा उद्योग वाणिज्य संघले राष्ट्रिय औद्योगिक व्यापार मेला समापनको अवसरमा शिक्षासेवी जर्ज जोनलाई सम्मान गरेको छ ।  पोखराको शैक्षिक विकासमा पु¥याएको योगदानको कदरस्वरुप संघले दोसल्ला र ताम्रपत्रसहित उनलाई सम्मान गरेको हो ।
उत्कृष्ट स्टलहरुलाई पुरस्कार
व्यापार मेलामा राखिएका स्टलहरुमध्ये विभिन्न विधाका ८ वटा स्टलहरुलाई उत्कृष्ट घोषणा गर्दै पुरस्कृत गरिएको छ । मेलामा रहेका स्टलहरुमध्येबाट उद्योगतर्फ चम्पा कपडा उद्योग, व्यापारतर्फ हरपल फुड प्रालि, कृषिमा सितल  जडिबुटी, हस्तकलामा रेन्बो ह्याण्डिक्र्याफ्ट, अटोमा एएसबी अटोमोवाइल्स,सूचना प्रविधीमा जेनेक्स अटोमेसन, फ्लोरिकल्चरमा श्रीराम नर्सरी तथा रेष्टुरेण्टतर्फ इमोन क्याफे उत्कृष्ट घोषित भए ।



Post a Comment

 
Top