डा. मतिप्रसाद ढकाल
नेपालकै सबैभन्दा जेठो र जनताको बहुमत प्राप्त दलका रुपमा सुपरिचित नेपाली कांग्रेस यतिबेला आप्mनो १३औं महाधिवेशनको अन्तिम तयारीमा जुटिरहेको छ र कांग्रेसमा अबको नेतृत्व कसले गर्ने ? भन्नेबारेमा तीव्र मतभेद देखिएको छ । पोखरामा सम्पन्न १२औंँ अधिवेशनलाई एकताको अधिवेशन भनेर उद्घोष गरिए पनि १३औंँ अधिवेशनमा होमिइरहँदा कांग्रेसभित्र संस्थापन र देउवा गुटमात्र होइन, उपगुटहरु पनि देखा पर्न थालेका छन् । पार्टीको आन्तरिक चुनावमा विजय हासिल गर्ने पक्षलाई संस्थापन पक्ष र पराजित हुने समूहलाई अमूक नाम दिने प्रचलन नेपाली राजनीतिमा विकसित हुँदै जानाले प्रत्येक पार्टीमा गुट तथा उपगुटहरु देखिएका कारण नीतिमुखीभन्दा व्यक्तिमुखी राजनीति मौलाउँदै जानु निश्चय नै गम्भीर चिन्ताको विषय हो । सांगठनिक चुस्तता र पार्टीका लागि निःस्वार्थ रुपमा योगदान गर्ने व्यक्तित्वहरुको समुचित कदर गर्नबाट कांग्रेस चुके पनि नेपाली जनताको अभैm पनि कांग्रेसप्रति बढ्ता आस्था र विश्वास रहँदै आएको छ ।
एक दशक बितिसक्दा पनि आप्mना भातृ संगठनहरुको केन्द्रीय अधिवेशन गर्न नसकेकाले नर्सरीका रुपमा रहेर नेपाली कांग्रेसलाई राजनीतिक ऊर्जा प्रदान गर्ने युवापुस्तामा निराशामात्र छाएको छैन, अब हामीले नै पार्टीको सांगठनिक र नीतिगत नेतृत्व लिन अग्रसर हुनुपर्छ भन्ने आवाजहरु उठ्नुलाई अस्वाभाविक ठान्न सकिँदैन । कांग्रेसरुपी गाडीका पाटपुर्जाहरु बिग्रिएकाले तिनको यथोचित पहिचान गरी मर्मत गर्नसक्ने सामथ्र्य जसमा छ, व्यवहारवादका नाममा समाजवादको मूल मर्मबाट कांग्रेस टाढिँदै गएको छैन भनेर जसले पुष्टि गर्न सक्छ, कांग्रेसको मूल सिद्धान्तको परिधिमा रहेर आवधिक नीतिको लेखन, परिमार्जन र व्याख्या गर्ने सामथ्र्य जसमा छ, सफल विचारका लागि संगठन सबल हुनुपर्छ भन्ने मान्यता जसले राख्छ, आप्mनै सहयात्री र सहकर्मी साथीलाई तिरस्कार गरेर जो आत्मरतिमा रमाउँदैन, योग्यता र क्षमताका आधारमा पार्टीभित्र जसले हरेक कार्यकर्तालाई कार्यभारको व्यवस्थापन गर्नसक्छ, नेतृत्वमा मात्र होइन नीतिको अधिवेशनमा पनि जसले बढ्ता जोड दिन्छ, केन्द्रीय समितिलाई पार्टीको केन्द्रीय संसद्जस्तो बनाएर जसले हरेक निर्णयमा लोकतान्त्रिक प्रक्रिया अवलम्बन गर्नसक्छ, पार्टीका हरेक संरचनामा समावेशी प्रतिनिधित्वका नाममा जसले एउटै अनुहारलाई मात्र बारम्बार प्राथमिकता दिनुपर्छ भन्दैन, राजनीतिज्ञहरु भ्रष्टाचारी हुन्छन् भन्ने आमबुझाइलाई गलत सावित गर्न जसले पार्टी र पार्टीका हरेक कार्यकर्ताको हिसाबकिताब पारदर्शी बनाउने हिम्मत राख्छ, पार्टीलाई नगद र जिन्सी दिएर सहयोग गरेकै कारण जस्तोसुकै भ्रष्टाचारीलाई पनि जसले आफ्नो पार्टीमा संरक्षण दिनुपर्छ भन्ने मान्यता राख्तैन, जसले देशभित्रको विज्ञ जनशक्ति दिनानुदिन बाहिरिँदै गरेको टुलुटुलु नहेरी रोक्ने नीति अवलम्बन गर्नसक्छ, पार्टीभित्र अनुशासनको कार्यवाही गर्न जो डराउँदैन, लोकतन्त्र र गणतन्त्रको आँगनीमा उभिएर जसले सामान्य परिवर्तनमा होइन व्यापक परिवर्तनमा बढ्ता विश्वास गर्छ, जसले महलका सपनाभन्दा झुपडीका समस्याहरुलाई समाधान गर्न पहल गर्छ अनि जसले चुनावमा विजय हासिल गरेपछि आपूmलाई संस्थापन र चुनावका प्रतिद्वन्द्वी आप्mनै सहोदरलाई इतर पक्ष ठान्ने भुल गर्दैन, त्यस्तो व्यक्तिलाई आगामी १३औंँ अधिवेशनमा सभापतिको नेतृत्व हस्तान्तरण गर्नुपर्छ भन्ने विषयमा नेपाली कांग्रेसका विवेकशील महाधिवेशन प्रतिनिधिहरुको गम्भीर ध्यानाकर्षण हुनु जरूरी छ ।
संस्कृत व्याकरणका प्रणेता पाणिनिका अनुसार वंश जन्म र विद्या गरी दुई प्रकारका हुन्छन् । जन्मवंशभन्दा विद्यावंश वर्तमानमा मात्र होइन, भूत र भविष्यमा पनि उत्कृष्ट ठहरिन्छ ।
विद्यावंशलाई विस्तार नगरी केवल जन्मवंशकै आधारमा कोही पनि महान् बन्न सक्तैन । नेपालको सर्वज्येष्ठ र सर्वश्रेष्ठ पार्टी कांग्रेसमा जन्मवंशका उत्तराधिकारी त आजसम्म विस्तारित भए र अधिकांश समय तिनैले पार्टीको नेतृत्व पनि वहन गर्दै आए । तर, बीपी कोइरालाले प्रवर्तन गरेको कांग्रेसको मूल सिद्धान्तलाई विद्यावंश वा विचारवंशका आधारमा मलजल गर्ने सक्षम उत्तराधिकारीको अभाव भने खट्किँदै गएको यथार्थ घामभैmँ सबैका सामु छर्लङ्ग छँदैछ ।
बीपीले २०४७ सालको परिवर्तनसम्म देख्न पाएका भए उनले आप्mनो सक्षम उत्तराधिकारी कसलाई ठान्थे वा उत्तराधिकारको अधिकार कसलाई सुम्पिन्थे ? भन्ने कुरा हामीले अनुमान गर्न नसकौँला । तर, उनले आप्mनो ‘जेल जर्नल’मा शैलजा आचार्यका बारेमा उल्लेख गरेका विभिन्न प्रसङ्गहरुको गम्भीर अध्ययन एवम् विश्लेषण गर्ने हो भने बीपीले आप्mनो सक्षम उत्तराधिकारी शैलजा आचार्यमा देखेका थिए भन्ने कुरामा ढुक्क हुन सकिन्छ ।
परन्तु, बीपीको अवसानपछि शैलजाको पार्टीमा जति उच्च सम्मान हुनुपथ्र्यो, त्यति हुन सकेन । किनकि, उनी कोइराला नभएर आचार्य थिइन् । शैलजापछि कांग्रेसमा गिरिजाले आफ्नै सुपुत्री सुजातालाई एक्कासि उप–प्रधानमन्त्री पदमा पु¥याउनुका पछाडि क्रमशः पार्टीको नेतृत्व सुजातालाई हस्तान्तरण गर्ने दीर्घकालीन योजना थियो ।
क्रमिक रुपमा बढेको हैसियत थाम्नसक्ने खालको हुनसक्ला, तर ह्वात्तै बढेको सुजाताको महत्वाकांक्षाले १३औं महाधिवेशनमा सभापतिमा उठ्ने चर्चा नेपाली जनताका लागि यतिबेला थामिनसक्नुजस्तै भएको छ । त्यसैले, कोइराला परिवारको वंशगत विरासत थाम्ने नाममा सुजाताको यस महत्वाकांक्षामा सुजाता स्वयम्ले लगाम लगाएर केन्द्रीय सदस्यसम्मको हैसियतमा बस्नु नै श्रेयष्कर हुनेछ । बरू, कोइराला परिवारबाट एउटा साझा व्यक्ति छनोट गर्ने नै हो भने शशाङ्कलाई मनोनीत महामन्त्रीको जिम्मेवारी सुम्पनु अस्वाभाविक नहोला । चुनावी मैदानमा ओर्लिएपछि जित्नु र हार्नु स्वाभाविक प्रक्रिया हो, तर जित्नेले आपूmलाई संस्थापन पक्ष ठानेर हार्नेलाई सदैव विस्थापन गरिरहने प्रवृत्तिले कुनै पनि पार्टीमा दीर्घकालीन रुपमा एकताको सन्देश मौलाउन सक्दैन । संस्थापन पक्षले गरिरहेको विस्थापनपूर्ण व्यवहारको फाइदा उठाउन शेरबहादुर देउवा, गणेशमानको पारिवारिक विरासत थाम्न प्रकाशमान सिंह र शान्ति प्रक्रियादेखि संविधान निर्माणसम्मको गहन जिम्मेवारी पूरा गरेको भन्ने जस लिन कृष्ण सिटौला सभापति पदका आकांक्षी देखिनु अस्वाभाविक त होइन, तर हतारोचाहिँ अवश्य हो । युवापुस्ताका गगन थापालाई निर्वाचित महामन्त्रीमा र विश्वप्रकाश शर्मा, प्रदीप पौडेल, गुरू घिमिरेलगायतलाई केन्द्रीय सदस्यमा समेट्तै सनातनी मान्यताको सङ्कीर्णताबाट माथि उठी परिवर्तनको पक्षपाती हुने प्रण गरेका खण्डमा पार्टीको नीतिगत लेखक एवम् व्याख्याताका रुपमा आपूmलाई उभ्याउँदै आएका कार्यवाहक सभापति रहेका रामचन्द्र पौडेल सभापति पदका लागि स्वाभाविक उम्मेदवारमात्र होइन, विजयी पनि हुनसक्ने प्रबल सम्भावना छ । तर, ‘रात रहे अग्राख पलाउँछ’ भन्ने उखानलाई परास्त गर्न महाधिवेशन प्रतिनिधिहरुले आफ्नो विवेक कत्तिको प्रयोग गछ्र्रन् ? त्यसको परिणाम देख्न भने केही दिन प्रतीक्षा गर्नैपर्छ ।
(सहप्राध्यापक, नेसंवि, कालिका विद्यापीठ, गैँडाकोट, नवलपरासी)
Post a Comment