0
गोल्डेन न्यूज संवाददाता
पोखराको नयाँबजारमा जारी राष्ट्रिय औद्योगिक व्यापार मेलाको आज सोमबार समापन हुँदैछ । ‘लगानीको सम्वद्र्धन ः उद्योग व्यवसायको प्रवद्र्धन’ भन्ने नाराका साथ आयोजित मेला फागुुन २१ गतेबाट सुरु भएको थियो । अपरान्ह २ बजे औपचारिक कार्यक्रमका बीच मेला समापन हुनेछ भने सो भन्दा अगाडि र पछाडि पनि साँस्कृतिक कार्यक्रमहरु जारी रहनेछन् ।
स्वदेशमा उत्पादित सामाग्रीहरुको बजारिकरण, औद्योगिक उत्पादनहरु र दैनिक उपभोग्य सामानहरुको प्रदर्शनी तथा बिक्री एवं सूचना प्रविधिमा आएको नविनतम परिवर्तनको जानकारी दिन मेला सफल भएको आयोजक संस्था पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष विन्दुकुमार थापाले जनाए । उनले प्रतिकुल मौषमको बावजुद पनि मेलाप्रति आम पोखरेलीले देखाएको सदासयताप्रति धन्यवाद ज्ञापन समेत गरे । क्यान कास्कीले वर्षेनी आयोजना गर्दै आएको क्यान इन्फोटेकको सातौँ संस्करण समेत समाहित गरिएको व्यापार मेलालाई आउँदा दिनमा अझ परिस्कृत तरिकाले आयोजना गरिने उनको प्रतिवद्धता रहेको थियो ।
यता, पोखरा उद्योग वाणिज्य संघका महासचिव एवं मेलाका प्रचारप्रसार समिति संयोजक रवीन्द्रबहादुर प्रजुका अनुसार मेलाको १० औँ दिनसम्म १ लाख ४० हजार दर्शकले मेलाको अवलोकन गरेका छन् भने कारोवारले ५ करोड नाघेको छ । मेलामा संघका साधारण सदस्यहरुलाई निःशुल्क प्रवेशको व्यवस्था गरिएको थियो भने समाजका विभिन्न क्षेत्रमा संलग्न विशिष्ठ व्यक्तित्वहरुलाई प्रवेश पासको व्यवस्था पनि गरिएको थियो । यो पटकको मेलामा त्यस्ता प्रवेश पासलाई विशेष प्राथमिकता दिइएको उनले स्पष्ट पारे ।
यसैगरी अन्तर उद्योग वाणिज्य संघ लोकदोहोरी प्रतियोगिताको उपाधी पोखराको समूहले  हात पा¥यो । वालिङले दोस्रोमा चित्त बुझायो भने बुटवलले तेस्रो स्थान प्राप्त ग¥यो । पहिलो, दोस्रो र तेस्रो स्थान प्राप्त गर्नेले क्रमशः ३३ हजार ३३३, २२ हजार २२२ र ११ हजार १११ रुपैयाँ नगदसहित प्रमाणपत्र प्राप्त गरे । यसैगरी सान्त्वना स्थान प्राप्त गर्ने बाग्लुङले ५ हजार ५५५ रुपैयाँ र  उत्कृष्ट महिला स्वरको लागि बाग्लुङकी माया सुनारले नगद १ हजार १ सय ११ रुपैयाँ नगद र प्रमाणपत्र हात पारेको संघका कार्यसमिति सदस्य एवं साँस्कृतिक उपसमिति संयोजक मोहनबाबु खड्काले जनाए ।दोहरीको प्रतियोगिताको पुरस्कार प्रायोजन गृहलक्ष्मी ग्यासले गरेको थियो ।

Post a Comment

 
Top