0
गोल्डेन न्यूज संवाददाता
नेपाल निर्माण ब्यवसायी संघ कास्कीको २४औं साधारणसभा तथा १३औं अधिवेशन शुरु भएको छ । कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि तथा नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरद कुमार गौचनले व्यवसायीको समस्या, हक हित र संरक्षणमा व्यवसायी बीच एकता आवश्यक भएको बताए । 
नेपाली कांग्रेस कास्कीका निवर्तमान सभापति एवं सांसद यज्ञबहादुर थापाले व्यवसायीहरुका समस्या समाधान गर्न बिधयक पास गरी कानून बनाउन पहल गर्न आग्रह गरे । उनले आगामी कार्य समिति व्यवसायिक हितको लागि लड्न सक्ने सक्षम र सबल नेतृत्व चयन गर्न सुझाव दिए । 
सांसद शारदा पौडेलले आफ्नो संगठनमा भएका समस्यालाई एक भएर उठाउनुपर्ने भन्दै व्यवसायी हरुले समयमा काम सप्पन्न नगर्ने आरोप लाग्दै आएकोले यो आरोप चिर्नुपर्नेमा जोड दिइन । 
कार्यक्रममा पोखरा उपत्यका नगर विकास समितिका अध्यक्ष प्रकाश मोहन खनाल, केन्द्रीय महासचिव रामशरण देउजा, नेकपा एमाले कास्कीका सचिवालय सदस्य युवराज पौडेल, जनमोर्चा कास्कीका पूर्व अध्यक्ष हरि बराल, अखण्ड नेपाल पार्टी कास्कीका अध्यक्ष पदम बहादुर कार्की, संघका केन्दंीय सल्लाहकार शिवशंकर गौचन, संघका पूर्व कास्की अध्यक्ष राजेन्द्र पहारी र चिरञ्जीवी पोखरेल, संघका कास्की सचिव दीपेन्द्र मर्सानी, वरिष्ठ उपाध्यक्ष बासुदेव गौचन, विद्यार्थीहरु सन्देश लम्साल र सुरक्षा लम्साल लगायतले आ–आफ्नो भनाइ राखेका थिए । कार्यक्रममा एसएलसीमा उत्कृष्ट नतिजा ल्याउने व्यवसायीका छोराछोरी सन्देश लम्साल र सुरक्षा लम्साललाई सम्मान पनि गरिएको थियो । साथै संस्थाका कार्यालय सहयोगी गोबिन्द अधिकारीलाई ४ लाख सहित बिदाई गरिएको थियो भने संस्थालाई सहयोग गर्ने विभिन्न ब्यक्तिहरुलाई सम्मान गरिएको थियो ।
सोही अवसरमा सस्थाको तर्फबाट चेपाङ बस्तीलाई सिरक र नगद १० हजार रुपैयाँ सहयोग गरेको छ । यस्तै नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरद कुमार गौचनले व्यक्तिगत १० हजार सहयोग गरे । 
संघका सचिव दिपेन्द्र मरासिनीले संचालन गरेको कार्यक्रम ऋषिराम गौतमको अध्यक्षतामा सम्पन्न भएको थियो । आइतबारसम्म हुने कार्यक्रमले आगामी कार्यकालको लागि नयाँ नेतृत्व चयन गर्ने छ ।
























Post a Comment

 
Top