0
गोल्डेन न्यूज संवाददाता
प्रतिकूल मौसमका कारण एक सातानदेखि जोमसोम–पोखरा हवाई उडान अवरुद्ध भएको छ । आकाशमा अत्यधिक तुवाँलो बढेपछि कम दृश्यताका कारण उडान अवरुद्ध बनेको हो । पर्यटन यामका बेला उडान अवरुद्ध हुँदा पर्यटक समस्यामा परेका छन् । हवाई उडान नहुँदा सडक मार्ग हँुदै जिल्ला भित्रिने पर्यटक बढेका छन् । जोमसोम विमानस्थलका प्रमुख सूर्यबहादुर खत्रीले पाँच दिनदेखि एउटा पनि उडान नभएको जानकारी दिए । जोमसोम–पोखरा हवाई मार्गमा तारा, सिम्रिक, गोमा र माउन्टेन एअरले उडान भर्दै आएका छन् । अनुकूल मौसमका समयमा यी एअरलाइन्सबाट दैनिक १५ पटकसम्म उडान हुने जोमसोम विमानस्थलले जनाएको छ । आन्तरिक तथा बाह्य पर्यटक गरी वार्षिक एक लाख पर्यटक भित्रिने जिल्लामा ४० प्रतिशत पर्यटक हवाई मार्ग हुँदै भित्रिने विमानस्थल प्रमुख खत्रीले जानकारी दिए ।




Post a Comment

 
Top