0
गोल्डेन न्यूज संवाददाता
 रेडक्रस उपशाखा पोखरा १०,११ले रेडक्रस अध्ययन अवलोकनको क्रममा सुर्खेत जिल्ला शाखासँग अन्तरक्रिया गरेको छ ।
२०५० सालमा रामबजार क्षेत्रलाई आफ्नो कर्म क्षेत्र बनाई मानवीय सेवामा जुट्ने उद्धेश्यले स्थापित भई नेपाल रेडक्रस सोसाईटी कास्कीका शाखामा आवद्ध उपशाखाले आफ्ना पदाधिकारी, कार्यसमिति, आजिवन सदस्य र सल्लाहकार समेतको २० जनाको टोलीले सुदुर र मध्यपश्चिमको भ्रमणको क्रममा सुर्खेल जिल्ला शाखासँग आन्तरक्रिया गरेको हो ।
बर्दिया राष्टिूय निकुञ्ज लगायत विभिन्न जिल्ला रेडक्रससँग समन्वय गर्ने उद्धेश्यले गरिएको भ्रमणको क्रममा सुर्खेत जिल्ला शाखाको कार्यक्रमहरुको बारेमा जानकारी लिदै रेडक्रस सोसाइटी कास्की शाखा तथा उपशाखा १०,११ को गतिवीधिका बारेमा उपशाखा १०,११ का अध्यक्ष सम्मरबहादुर श्रेष्ठले जानकारी दिनुभएको थियो।
कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा सुर्खेतका सभापति लाल आचार्यले शाखाको गतिविधीहरुको जानकारी दिनुहुदै शाखाबाटै आखा अस्पताल संचालन गर्न लागेको जानकारी दिनुभयो । अस्पताल निर्माणका लागि स्वीस सरकारबाट तीन करोड रुपैया सहयोग प्राप्त भएको जानकारी गराउनुहुदै उहाँले अस्पताल निर्माण सम्पन्न पश्चात अस्पतालका साथै शिविरहरु सञ्चालन गर्ने बताउनुभयो ।
गत बैशाखमा गएको विनासकारी भुकम्पले पीडितलाई ६ करोड बरावरको राहत वितरण, १४० घर निर्माण, सुर्खेतमा १२५ जनाको ज्यान गरेको, घरवार विहीन १९७८ परिवारलाई खाना लगायत अन्यत सामाग्री वितरण, विचल्लीमा परेका ५०० घर परिवार त्रिपालमा रहनु परेकाले अव आइन्दा विपत्ति उन्मुलन गर्न दुईसय जनालाई विपत भोलिन्टियर तालिम दिएको शाखाका मन्त्री प्रदिप्त पौडेलले बताउनुभयो ।
जिल्ला शाखा सुर्खेतले निर्माण गर्ने अस्पतालबाट सेवा दिने र शिविरका लागि लायन्स क्लव तथा विभिनन संघ संस्थाहरुले सहकार्य गर्ने गरेको अस्पताल व्यवस्था समितिका धनबहादुर थापाले बताउनुभएको थियो । उक्त कार्यक्रममा  उपशाखा १०,११ का आजिवन सदस्य एवम युनाइटेड क्लवका अध्यक्ष हिमालय बखे्रल, आजिवन सदस्य विष्णुप्रसाद शर्मा, उपशाखा १०,११ का सदस्य चेतबहादुर गुरुङ लगायतले रेडक्रसका अनुभवहरु व्यक्त गर्नुभएको थियो ।
उक्त रेडक्रस अवलोकन भ्रमणमा उपशाखा १०,११ का तर्फबाट उपशाखाको प्रतिवेदन, मायाको चिनो, उपशाखाको टोली सुर्खेत शाखाका सभापति रामलाल आचार्य, मन्त्री प्रदिप्त पौडेल र धनबहादुर थापालाई उपशाखाका सभापति सम्मरबहादुर श्रेष्ठले प्रदान गर्नुभएको थियो भने कार्यक्रम संचालन उपशाखाका सचिव सुर्यबहादुर बानियाले गर्नुभएको थियो ।







Post a Comment

 
Top