0
सानै खेल मैदानमा थोरै खेलाडी भएपनि फुटबल खेल्न सकिने भएपछि पछिल्लो समय ‘फुटसल’ प्रति धेरै आकर्षित भएका छन् । ‘फिटनेश’ का लागि पनि फुटसल सहयोगी सिद्ध भएको छ । यहि मेसोमा नेपाल शैक्षिक परामर्श संघ (ईक्यान) कास्कीले पनि आफ्नो वार्षिक अतिरिक्त क्रियाकलाप अन्तरगत ‘फुटसल’ खेल्ने भएको छ । संस्थाका अतिरिक्त विभाग प्रमुख भुवन क्षेत्रीले ईक्यान अन्तरगत रहेका सम्पूर्ण सदस्यहरु हरेक शुक्रबार ‘फुटसल’मा सहभागी  हुने जानकारी दिए । यो शुक्रबार देखि ईक्यान सदस्यहरु मैत्रीपूर्ण फुटसल प्रतियोगिता खेल्न शुरु गरिसकेका छन् । गैरापाटनमा रहेको पोखरा फुटसल एरेनामा निरन्तर फुटसल खेलिने सँयोजक क्षेत्रीले बताएका छन् । ईक्यान कास्कीका कार्यवाहक अध्यक्ष मिलन तिवारीले संस्थाका सदस्यहरुबीच भातृत्व विकास हुनुसँगै स्वास्थ्यको हिसाबले पनि लाभदायक भएकोले फुटसलको कन्सेप्ट आएको बताए। आगामी शुक्रबार संस्थाका सदस्यहरु बीच पहिलो म्याच भएकोले करिब २४ जना सदस्य सहभागी भएका थिए । आगामी दिनमा ईक्यान कास्कीमा रहेका ५० जना सदस्यहरु नै म्याचमा सहभागी हुने र त्यसको केहि समयपछि टुर्नामेन्ट पनि गरिने ईक्यानका निवर्तमान अध्यक्ष महेश भण्डारीले बताए ।


Post a Comment

 
Top