0
साथीहरु पोखराको रेष्टुरेन्टमा जागिर गर्ने । अनि बेला–बेलामा गाउँमा जाने । उनीहरुको हातमा मोबाइल । नयाँ लुगा लगाएका, हेर्दा चिटिक्क पनि । चहलपहल र हाइफाइ पनि त्यस्तै । अझ घुमेका, खाएका मात्रै कुरा ।  यस्ले ओम गुरुङलाई पनि पोखरा आउने रहर मनमा पलायो । तर घरको आर्थीक अवस्था राम्रो थिएन । हुन त उनको लक्ष्य राम्रो नृत्यकार बन्ने थियो । उनको क्षमता देखेका साथीहरुले स्याङ्जा बसेर हुँदैन पोखरा गइस भने मात्र केहि गर्न सक्छस् भनेर हौसाउथे । यस्ले उनी पोखरा आउने निर्णयमा त पुगे । तर खोल्तीमा पैसा थिएन । घरको आर्थीक अवस्था त्यस्तै । ‘तँ आँट म पु¥याउछुँ’ भन्ने नेपाली उखान झै उनको यो समस्या तत्कालका लागि ट¥यो । कारण उनको भाउजु नाता पर्नेले तीन हजार रुपैया दिइन् । अनि विभिन्न सपना मनमा सजाउदै वि.स. २०६५ मा एक्लै पोखरा हानिए । 
पोखरा बसाई सुरुमा त्यति सहज भएन । भाउजुले दिएको पैसा ४ दिनमानै सकिएपछि दुई दिन सम्म भोकै बसे । घरबाट पैसा मागेनन् । हेर्ने स्थिती पनि थिएन । खेति किसान गर्ने परिवारको छोरा । पोखरा जस्तो ठाउँ । चिनजानका व्यक्ति खासै कोहि छैनन् । गाउँका साथी आफ्नै काममा व्यस्त । तर पनि उनी निरास भएनन् । अनि जागिरको खोजिमा भौतारिए । संयोगवस जागिर पाए वेटर कामको लागि पोखराको भ्यालि क्याफेमा । एक महिना त्यहाँ उनले काम गरे । यसरी उनको यात्रा अगाडि बढ्यो । नृत्य सिक्नका लागि पोखरा आएका उनी यहि बिचमा माछापुच्छूे कला केन्द्रमा भर्ना भए ।  उनका बाग्लुङको साथी रवि रानाले संगीत सिक्ने गर्दथे, त्रिवेणी संगीतालयमा । एक दिन उनी साथी सँगै त्रिवेणीमा गए । उनको साथीले ओमले राम्रो गीत गाउँछन् भनेर संगीत प्रशिक्षक नवराज बराललाई भन्दिए । बरालले गुरुङलाई तत्कालै गीत गाउन लगाए । स्वर राम्रो छ भनेर गायनमा निखारता प्रदान गर्न संगीत सिक्न सुझाए । अनि संगीत सिक्नका लागि उनी भर्ना भए । ४ वर्ष सम्म संगीत सिके पनि । सिक्ने क्रममा दोहोरी साँझमा जागीर पाए । यस्ले उनलाई पोखरामा सर्घष गर्न सहज भयो । उनले वेटर काम छोडेर निरमाया दोहोरी साँझमा काम गर्न थाले । यसरी उनको आगमन साँगीतिक क्षेत्रतर्फ हुन पूग्यो ।  विसौनि दोहोरी साँझ, गोधुली दोहोरी साँझ, हुँदै हाल गाउँ शहर दोहोरी साँझमा हरेक साँझ उनले प्रस्तुती राख्छन् । ‘आम्दानी राम्रो हुने, साँगीतिक क्षेत्रका व्यक्तिसँग घुलमिल हुन पाइने र दैनिक अभ्यास हुने भएकोले दोहोरी साँझमा काम गर्नुपर्छ ।’ उनी तर्क गर्छन् । दोहोरी गीत मात्र नभएर पप, आधुनिक गीत सुन्ने दर्शक पनि दोहोरी साँझमा दर्शक पुग्ने उनले बताए ।२०७० सालको लेखनाथ महोत्सवमा आयोजित गण्डकी ताराको उपाधि जितेपछि उनको सक्रियता झनै बढेको हो । यो उपाधीले उनको यात्रामा इट्टा थप्ने काम भयो । २ सय ९० जनालाई पछि पार्दै उनले उपाधी जितेका थिए । यसआडिनै विग आइकनमा भाग लिएर उत्कृष्ट १६ बाट बाहिरिएका उनी पोखरा भ्वाइस गायन प्रतियोगीतामा उत्कृष्ट ८ भन्दा अगाडि बढ्न सकेनन् । तर उनमा आत्मबल  घटेको थिएन । त्यतिमात्र नभएर उनले पोखरा आउनु भन्दा अगाडि वि.स. २०६४ मा सुपर भ्वाइस कार्यक्रममा भाग लिएका  थिए । स्याङ्जामा आयोजित यो कार्यक्रममा उनी चौथो भएका थिए । यी कार्यक्रममा साथीहरुले प्रोत्साहन दिएपछि आफुने भाग लिएको उनी बताउँछन् । 
गण्डकी तारा भए लगत्तै नवराज बरालको रचना र संगीतमा ‘हान्यो–हान्यो नजरको’ बोलको गीतमा आवाज भरी नेपाली साँगीतिक फाँटमा औपचारिक रुपमा डेब्यु उनले गरे । नमस्ते डिजिटल स्टुडियो पोखरामा रेर्कड भएको यो गीत एल्बमको रुपमा यो गीत बजारमा नआएपनि प्रतिक्रिया भने राम्रो मिल्यो । 
उनले २०७१ मा ‘रेशम फिरिरि’ गीतमा आवाज भरे ।  योगेश  काजीको रचना र संगीतमा सन्तोष बस्यालले आवाजमा गुरुङलाई साथ दिएका थिए । यो गीत मार्फत उनको चर्चा झनै बढ्यो ।  सुरुमा गीतको बोलले केहि समय तनाव भएपनि पछि फाइदानै भयो । पल शाह र वेनिसा हमाल मोडल बनेको यो गीत दर्शक श्रोताकोले रुचाए ।
अब नयाँ एल्बम बजारमा ल्याउने योजना बनाएका उनले हालै ‘फिरफिरे जिन्दगी, ‘रमझम साँझ’, ‘स्याङ्जाली कान्छी’ बोलका गीतमा आवाज भरेका छन् । तीनवटै गीतको रचना र संगीत उनको नै हो । ‘रमझम साँझ’ गीतमा ओम सँगै तारा श्रीसको आवाज सुन्न सकिन्छ । अन्य दुई गीतमा उनको एकल आवाज छ । यि गीतको म्युजिक भिडियो निर्माणको तयारिमा रहेको छ । मनोरञ्जन दिने खालका गीत यी रहेको उनले बताए ।  ‘रोमान्टीक खालका गीत छन् । मेला महोत्सवमा सुनाइ सके, दर्शकले मन पराउनु भएको छ ।’ उत्साहित हुँदै उनले भने । 
यी तीन गीत सँगै ‘रेशम फिरिरि’  र ‘हान्यो–हान्यो’  गरी कुल  पाँच गीत समावेश गरेर २०७३ सालको सुरुवातमा एल्बम बजारमा ल्याउने उनको योजना छ । ‘यो एल्बमबाट प्राप्त प्रतिक्रियाबाट नयाँ गीत पस्कदै जाने सोच बनाएको छुँ ।’ उनले भने । उनले गुरुङ फिल्म बलेनिको ‘कति राम्रो गाउँ’, नेपाली फिल्म प्राण को ‘साहसी माया’ र गुरुङ फिल्म च्ह च्हमी को ‘छिमछिम चुरा’ गीतमो आवाज भरेका थिए ।ओम फाउन्डेशन नेपालको बोर्ड सदस्य रहेका उनी साँगीतिक कलाकार संघ नेपाल कास्की अध्यक्ष हुन् भने लोक संगीत समुह, गुरुङ फिल्म एसोसिएसन, प्राचिन नेपाल लगायतमा आवद्ध छन् ।पछिल्लो समयमा स्टेज कार्यक्रममा व्यस्त उनी भारतको मुम्बइ, दार्जलिङ तथा नेपालको पोखराको अलावा नवलपरासी, दाङ, जोमसोम, पोखरा, धरान, स्याङ्जा, लमजुङ, तनहुँ, पर्वत लगायतका कार्यक्रममा पुगि दर्शकको माया बटुल्न सफल भैसकेका छन् । स्टेज कार्यक्रमले केहि हदसम्म यात्रा अगाडि बढाउन सजिलो बनाएको उनको अनुभव छ । ‘सूरु–सुरुमा आयोजक तथा कार्यक्रमको जिम्मा लिनेको नजरमा नपर्दा मन दुखेपनि अहिले भने सहज हुदैँ गएको छ ।’ उनले सुनाए ।कार्यक्रम र दोहोरी साँझमा आफ्नो प्रस्तुती राखेर मासिक ३० हजार देखि १ लाख २० हजार सम्म कमाएको उनको अनुभव छ ।  यति हुदाँहुदै पनि साँगीतिक क्षेत्रमा लागेर मात्र भविष्य बन्ने उनले देखेका छैनन् ।  बैकल्पिक आम्दानीको लागि व्यापार गर्ने र व्यापार सँगै साँगीतिक क्षेत्रमा निरन्तरता दिने योजना उनको छ । अहिलेसम्म अविवाति नै रहेका उनी सेटल भइसकेपछि मात्र विवाह 
बारेमा सोच्ने बताउँछन् ।  ‘मेरो मिल्ने केटि साथि धेरै छन् तर स्पेशल केटि साथी भने छैनन् ।’ उनले लजाँउदै भने । स्याङ्जा वानेथोक देउराली–३ रयाले मा बुबा अबबहादुर र मुमा पिनसरी गुरुङको कान्छो सन्तानको रुपमा आजभन्दा २४ वर्ष अगाडि जन्मिएका उनले घरको आर्थीक अवस्थाको कारण १२ कक्षा उत्तिर्ण भएपश्चात पढाइलाई निरन्तरता दिन सकेनन





Post a Comment

 
Top