गोल्डेन न्यूज संवाददाता
अनेरास्ववियु जनप्रिय बहुमुखी क्याम्पस कमिटीले अनेरास्ववियुको २२ औँ राष्ट्रिय सम्मेलनमा गण्डकी क्षेत्रबाट निर्वाचित हुने पदाधिकारी, केन्द्रिय सचिवालय, केन्द्रिय सदस्य र राष्ट्रिय परिषद सदस्यहरुलाई सम्मान गरेको छ । अनेरास्ववियु जनप्रिय क्याम्पस कमिटीले अनेरास्ववियुको २२ औँ राष्ट्रिय सम्मेलनमा निर्वाचित केन्द्रिय कमिटी उपाध्यक्ष रश्मी आचार्य, केन्द्रिय सचिवालयद्वय नरेश रोकाया र सरिता पुरी, केन्द्रिय सदस्यहरु आशिर्वाद सुवेदी, भरतमान गुरुङ्, रिता ढकाल, ज्ञानु भुजेल राष्ट्रिय परिषद सदस्य क्षितिज पौडेल, गणेश रोकाया, सन्ध्या अधिकारी, प्रतिक्षा पौडेल,युटिना गुरुङ् लगायतलाई कमिटीका अध्यक्ष दिपिन ढकालले सम्मान तथा बधाई ज्ञापन गरे ।
कार्यक्रमको उद्घाटन गर्दै अनेरास्ववियु केन्द्रिय कमिटी उपाध्यक्ष रश्मि आचार्यले अनेरास्ववियु देश र जनताको हित नहुने कार्य गर्ने आफ्नै सरकारका विरुद्ध पनि आन्दोलनमा उत्रन पछि नपर्ने भन्दै कालोबजारीका विरुद्ध अनेरास्ववियुले गरिरहेको आन्दोलन निरन्तर चलिरहने बताए । अबको अनेरास्ववियुको आन्दोलन रचतात्मक हुने बताएका आचार्यले सम्पत्ति धितो राखेर पैसा झिक्न सकिने तर वर्षौ लगाएर पढेको सर्टिफिकेटलाई धितो राख्न नमिल्ने कुरा अशोभनीय भएकोले अबको अनेरास्ववियुको मुख्य आन्दोलन यसै विषयमा केन्द्रित हुने स्पष्ट पारे । कार्यक्रमका एमाले जिल्ला निर्वाचन आयोगका सचिव तथा अनेरास्ववियु पुर्व जिल्ला अध्यक्ष झपट रानाभाटले अबको अनेरास्ववियु ढुङ्गा मुडाको बलमा नभई रचनात्मक कार्यबाट अगाडि बड्नुपर्ने आवश्यकता औंल्याए ।
अनेरास्ववियु केन्द्रिय सचिवालय सदस्य नरेश रोकायाले अब जेष्ठभित्र स्ववियु निर्वाचन हुने भएकाले स्ववियु विर्नाचनमा केन्द्रित हुन आग्रह गर्दै जनप्रिय क्याम्पसमा अनेरास्ववियुको रक्तरञ्जित झण्डालाई फहराउन कसैले रोक्न नसक्ने बताए ।
कार्यक्रममा केन्द्रिय सचिवालय सदस्य सरिता पुरी, त्रिवि जिल्ला कमिटी कास्कीका अध्यक्ष विवेक देवकोटा लगायतले आ–आफ्नो भनाइ राखेका थिए । कार्यक्रममा भुगोल जिल्ला कमिटी अध्यक्ष शेखर गौतम, क्याम्पस कमिटी पूर्व सचिव देवेन्द्र ढकाल, जिल्ला कमिटी सचिव अमृत ढकाल, अनेरास्ववियु क्याम्पस कमिटी पूर्व अध्यक्ष दिनेश ढकाल, पूर्व अञ्चल सदस्य श्यामकृष्ण ढुङ्गाना, भुगोल जिल्ला कमिटी सचिवालय सदस्य विश्वदर्शन पराजुली, त्रिवि जिल्ला कमिटी सचिवालय सदस्य अम्बिका लम्साल लगायतको उपस्थिति थियो । अनेरास्ववियु जनप्रिय क्याम्पस कमिटी अध्यक्ष दिपिन ढकालको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन अनेरास्ववियु क्याम्पस कमिटी सचिव अनिलबाबु खड्काले गरेका थिए भने कार्यक्रममा स्वागत मन्तव्य कमिटी उपाध्यक्ष विनोद भण्डारीले गरेका थिए ।
औपचारिक कार्यक्रम सकिए पछि अनेरास्ववियु क्याम्पस कमिटीले क्याम्पस प्राङ्गगणमा प्रमुख अतिथि रश्मी आचार्य सहित होली मनाएको थियो । होली कार्यक्रममा जनप्रिय क्याम्पसका करिब सय जना विद्यार्थीको सहभागिता रहेको थियो ।
Post a Comment