0
राजाराम पौडेल÷गोल्डेन
उमेर भर्खर ९ वर्षको । पारिवारिक अवस्था सामान्य । लक्ष्य सफल गायिका बन्ने । कार्यक्रममा सहभागी हुन जानुपर्ने, खल्तिमा पैसा छैन । तर पनि उनले हरेस खाइनन् । कार्यक्रममा पाएको पुरस्कारबाटै यी सबैकुराको बन्दोवस्त गर्दै यात्रा अगाडि बढाइन् । त्यसैलेत अहिले २२ वर्षे उमेर पुगेको बताउने यी ठिटी मञ्जु वि.क. व्यस्त लोकदोहोरी गायिकाको रुपमा लोकदोहोरीको क्षेत्रमा देखापर्देछन् । आफ्नो क्षमता र निरन्तरको मेहनतले भविष्य उज्वल बन्ने संकेत देखिएकोमा उनी मख्ख छन् ।  ‘म रहरले कलाकार भएको हैन सानैदेखि दुःख गरेर आएकी हुँ, कति ठाउँमा जादाँ पैसा हुदैनथ्यो’ उनी निर्धक्कका साथ भन्छिन् । बेसिशहर–५,कोकलडाँडा लमजुङमा बुबा सुब्बा र मुमा लिलामाया वि.क.को पहिलो सन्तानको रुपमा जन्मिएकी हुन् उनी । बाल्यकालमा चञ्चले स्वभावकि उनको रुचि गायनमा थियो ।  जिज्ञासु स्वभाव भएकी उनी पढाइमा उत्तिकै तेज । भाषण कलामा समेत झुकाव राख्ने उनी चित्रकला प्रति आर्कर्षीत थिइन् ।  ९ वर्षको उमेरमा सुन्दर बजार महोत्सवमा आयोजित प्रतियोगितामा  भाग लिएकि थिइन् । कार्यक्रममा विजेता बन्दै पुरस्कार स्वरुप एक वर्षको छात्रवृत्ति प्राप्त गरिन् । छात्रवृत्तिको लागि काठमाडौं जानुपर्ने भएपनि उनले जान इन्कार गरेपछि नगद पुरस्कार पाइन् । बाइस जागरमा आयोजित यो प्रतियोगितामा भाग लिन दल बहादुर मजाकोटीले सघाएका थिए । पहिलो कार्यक्रममानै पुरस्कार जितेर उत्साहित बनेकी उनले त्यसपछि अन्य प्रतियोगिता मा क्रमशः भाग लिन थालिन् । स्कुल पढ्ने क्रममा पुरस्कारबाटनै आफूलाई चाहिने कापी कलमको बन्दोवस्त गर्न उनी सफल भएकि थिइन् । ‘कापी कलम आफ्नै पैसाले कहिल्यै किन्न परेन पुरस्कारबाट नै यस्को वन्दोवस्त गर्ने गर्दथे’ उनले भनिन् । उनले स्कुल पढ्ने क्रममानै पोखरामा आयोजित फेवा महोत्सव, राष्ट्रिय औद्योगिक व्यापार मेला, लेखनाथ महोत्सव, वालिङ महोत्सव, स्याङ्जा महोत्सव लगायतका प्रतियोगीतामा भाग लिएर पुरस्कार जितेकी थिइन् । त्यसो त लमजुङ दोहोरी तारा–२०६६ को उपाधि समेत उनले आफ्नो पोल्टामा पारिन्  ।
 प्रवेशिका परीक्षा सकिएको भोलिपल्ट नै उनी  स्थापित गायीका बन्ने सपना बोकेर पोखरा हानिएकि थिइन् । यसरी पोखरा आएकि उनलाई सुरुवातका दिनमा पोखरामा बसेर दैनिक गुजारा सँगै साँगीतिक यात्रा अगाडि बढाउन सहज थिएन । दोहोरी गीत प्रतियोगीतामा भाग लिन आउँदानै पोखरामा स्थापित भएका भनिने कलाकारसँग चिनजान भएकोले उनलाई केहि सहज भने भयो  । ‘विभिन्न प्रतियोगितामा भाग लिन आउँदा चिनजान भएकोले सहयोग पाए’ उनी भन्छिन् । पोखरा आए सँगै उनले दोहोरी साँँझमा गीत गाएर आफ्नो साँगीतिक यात्रालाई अगाडि बढाइन् । यस्को लागि पोखराको फेवा दोहोरी साँझले उनलाई ठाउँ दिएको थियो । दोहोरी साँझबाट विस्तारै स्टेज कार्यक्रममा तर्फ उनले अवसर पाउन थालिन् । सूरुमा पारिश्रमिक लिएर औपचारिक रुपमा स्टेज कार्यक्रममा आफ्नो प्रस्तुति राष्ट्रिय औद्योगिक व्यापार मेलामा राखेकी हुन् । त्यसपछाडि उनको  व्यस्तता बढ्दै गयो ।  वि.स. २०६३ सालमा ‘२१औं शताब्दीका हामी नेपाली’ बोलको गीतमा आवाज भरेर नेपाली साँगीतिक फाँटमा उनको डेब्यु भएको हो । यो गीतमा आवाजमा पुरुषोत्तम न्यौपानेले साथ दिएका थिए । यसै एल्बममा समावेश ‘देशले मलाई के दियो’ बोलको गीतमा आवाज भरेकी थिइन् । यो गीतमा पनि आवाजमा पुरुषोत्तम न्यौपानेलेनै साथ दिएका थिए । ‘उठ हे जाग हे’ बोलको अर्को गीतमा  दुर्गा परियार र कृष्ण भण्डारीको  साथमा उनको आवाज रहेको थियो । वि.स. २०७० ‘वर्गले चरी’ तीजको गीतमा रहेको गीतमा आवाज भरिन् । त्यसपछाडि गगन गुरुङ र उनको संयुक्त एलबम ‘चढेको जवानी’ लाई दर्शक श्रोताले राम्रो साथ दिए । यो गीतको शब्द सिर्जना भरत सुनुवार र घनश्याम रिजाल गरेका थिए । लय संकलन गगनले गरेको गीतमा आवाज गुरुङ र वि.क.ले भरेका थिए । यो गीतले दर्शक श्रोतामाझ उनलाइ चिनायो । यो गीतमा गगन र मञ्जुले  मोडलको भूमिका समेत निभाए । वि.स. २०७२ ‘भन्छिन म धोका खा को छँुु गीतमा कृष्ण सेन्चुरी र उनको आवाज रहेको थियो । यो गीतको शब्द र लय  संकलन सुरज सदा शंकरले गरेका थिए । यसरि उनको व्यस्तता नेपाली साँगीतिक फाँटमा बढ्दै गयो । उनै वि.क. र प्रकाश सपुतको केहि समय अगाडि आएको एल्बम ‘मिठो बोलीले’ को चर्चा बढिरहेको छ । यो गीतको लय र शब्द संकलन प्रकाश सपुतले गरेका हुन् भने आवाज वि.क. र सपुतले भरेका छन् । गुड मर्नीङ नेपालले बजार व्यवस्थापनको जिम्मा लिएको यो गीतको भिडियोलाई पनि दर्शक श्रोताले मन पराएका छन् । काठमाडौंको चोभारमा छायाकंन गरिएको यो गीतमा प्रकाश र मञ्जुलाई मोडलको रुपमा देख्न सकिन्छ । ‘यो एल्बमबाट राम्रो  प्रतिक्रिया आएको छ । साँगीतिक कार्यक्रममा व्यस्तता समेत यस्ले बढायो ।’ वि.क.ले भनीन् । ‘संगीत मोर्डन भएपनि शब्द सरल रहेको यो गीत युवा–युवतीलाई लक्षित गरेर बजारमा ल्याएका हौँ ।’ उनले थपिन् । उनको अर्को एकल गीत ‘रुदाक्षको माला गनेर’ भर्खर बजारमा आएको छ । लय र शब्द संकलन राजु परियारले गरेको यस गीतको भिडियो निर्माणको तयारीमा उनी छन् । उनले जीवन दाहाल र तारापति सुवेदीको साथमा ‘भत्केको पुल छ’ गीतमा आवाज भरेकी छन् । यो गीत भिडियो सँगै नयाँ वर्षको अवसरमा रिलिज गर्ने तयारीमा रहेका उनले जनाइन् । कार्यक्रमको सिलसिलामा भारतको सिक्किम, नेपालका सर्लाही, पर्वत, स्याङ्गजा, गोरखा, तनहुँ, लमजुङ, चितवन, बाग्लुङ, कास्की लगायत ठाँउमा पुगेर दर्शकको मन जितेकी छन् । यहि क्षेत्रमा निरन्तर लाग्ने योजना बनाएकि उनी सामान्य गुजारा गर्न सम्भव हुने बताउँछिन् । फेवा दोहोरी साँझमा साढे ३ वर्ष आफ्नो प्रतिभा सुनाएकि उनी  विगत ७ महिना देखि  निरमाया दोहोरी साँझमा कार्यरत छन् । हरेक साँझ दोहोरी साँझमा गीत गाउँदा कला निर्खान पाइने उनको बुझाइ छ । ‘दोहोरी साँझमा गीत गाउँदा स्टेजमा गाउने आत्मविश्वास बढ्छ ।’  उनले भनीन् । राष्ट्रिय लोक दोहोरी गीत प्रतिष्ठान गण्डकी अञ्चलको सदस्य समेत रहेकी उनी स्कुल पढ्दादेखिनै राष्ट्रिय लोक दोहोरी गीत प्रतिष्ठान लमजुङमा आवद्ध थिइन् । हाल सम्म अरुका शब्द र लयमा आवाज भर्दै आएकी उनी अब आफ्नै लय तथा शब्दमा गीत ल्याउने तयारीमा समेत छन् । गत असोज २८ गते संगीतकार भरत सुनुवारसँग वैवाहिक जीवनमा बाधिएकी उनलाई परिवारबाट राम्रो  साथ छ । पोखरा आसपासमा चिनाउन देवी गुरुङको सहयोग उनलाई थियो भने धनबहादुर गुरुङ र इन्द्रजित गुरुङले पनि उनलाई अगाडि बढ्न हौसाए । भेडिखर्के साइलासँग स्टेज कार्यक्रममा ठाडो भाका गाएकी सम्भव भएमा ठाडो भाकामा समेत आवाज भर्ने बताउँछिन् । पर्वतको सालिग्राम एफ एमको रेडियो जिङ्गलका लागि आवाज भरेकि उनले त्रिवेणी संगीतालयमा संगीत सिकेर आफ्नो आवाजमा निखारता प्रदान गरेकी हुन्  ।
प्रतिक्रियाका लागि ः
उयउमष्बचथ२नmबष्।िअयm

Post a Comment

 
Top