0
गोल्डेन न्यूज संवाददाता
लेखनाथ नगरपालिका–१३ जसामुदायिक विद्यालयहरुको गुणस्तर सुधार गर्न स्थानीयहरुको सक्रियताको खाँचो औंल्याइएको छ । सामुदायिक विद्यालय ब्यवस्थापन समिति, शिक्षकहरु र शिक्षक अभिभावक संघको संयुक्त जिम्मेवारीका साथ कार्ययोजना आवश्यक हुने एक कार्यक्रमका सहभागीहरुले बताए। सामुदायिक बिद्यालयको बर्तमान अबस्था र सरोकारवालाहरुको दायित्व बिषयक सेवाप्रदायक र सेवाग्राहीबीचको  हंसपुर श्रोतकेन्द्र स्तरीय अन्तक्र्रिया मा सहभागीहरुले सामुदायिक विद्यालयहरु मा सुधारका साथै गुणस्तरीय शिक्षामा जोड दिइएको हो । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) पश्मिाञ्चल क्षेत्रिय कार्यालय पोखरा र हंसपुर श्रोत केन्द्रको संयुक्त आयोजनामा आयोजनामा भएको कार्यक्रममा कास्कीका सहायक जिल्ला शिक्षा अधिकारी हेमनारायण चापागाँइले ग्रामिण भेकमा रहेका सामुदायिक बिद्यालयहरु भौगोलिक बिकटताको बाबजूद पनि निजी स्तरका बिद्यालयहरुसंग प्रतिस्पर्धामा अघि रहेको बताए । उनले इच्छा शक्ति  भएमा समुदायिक विद्यालयलाई पनि अंग्रेजी माध्यममको शिक्षण कार्यक्रम सञ्चालन गर्न सकिने भन्दै  समयको आवश्यकता र  बाध्यताले सामुदायिक विद्यालयहरुको गुणस्तर सुधारमा समुदायकै पहल र जागरुकता आवश्यक भएको स्पष्ट पारे । 
हंसपुर श्रोत केन्द्रका श्रोत प्रमुख हेमराज आचार्यले सामुदायिक बिद्यालयहरुको गुणस्तर सुधारको आबश्यकता, समस्या र समाधानबारे कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यपत्रमा बिद्यालय सुधारको कार्ययोजना तथा स्थानीय समुदायको दायित्व र जिल्ला शिक्षा कार्यालयद्वारा प्रस्ताबित १५ बुँदे सुधारका प्रस्ताव समेत आचार्यले पेश गरेका थिए ।
कार्यक्रममा हंसपुर तथा थुम्की गाबिस श्रोतकेन्द्र अन्तर्गतका २० वटा सामुदायिक विद्यालयका प्रधानध्यापक, शिक्षक, ब्यवस्थापन समिति, शिक्षक अभिभाबक संघका पदाधिकारी लागायत ६० जना भन्दा बढीको सहभागिता रहेको  थियो । कार्यक्रममा सामुदायिक विद्यालयमा हाल विद्यमान समस्या र जिल्ला शिक्षा कार्यालयले गर्नुपर्ने सहयोगका बारेमा स्थानीय विद्यालयका प्रधानाध्यापक तथा ब्यवस्थापन समितिका अध्यक्षहरुले धारणा राखेका थिए ।
  गाउँ शिक्षा समिति गठनको आवश्यकता लगायत पाँचबुँदे प्रस्ताव सर्बसम्मतिले पारित गरेको छ । कार्यक्रममा राज्यको ठूलो लगानी शिक्षा क्षेत्रमा भएतापनि सामुदायिक विद्यालयहरुको गुणस्तर खस्कदै गएको भन्दै अनौपचारिक क्षेत्र सोवा केन्द्र 
(इन्सेक) पोखराको इएलपी कार्यक्रम अन्तर्गत सो कार्यक्रम सञ्चालन गरी सेवाप्रदायक र सेवाग्राही बीचको समस्या तथा समाधानका विकल्पको खोजी गर्ने उद्देश्यका साथ कार्यक्रम आयोजना गरीएको इन्सेक फोकल पर्सन सबनब शर्माले बताएकी थिइन ।  रामकोट उच्च माबि सञ्चालक समितिका अध्यक्ष कालीदाश सुबेदीको अध्यक्षतामा भएको कार्यक्रम इन्सेक सहजकर्ता सृजना लामिछानेले सञ्चालन गरेकी थिइन भने मानवअधिकार निगरानी समूहका हंसपुरका अध्यक्ष कृष्णमणी सुबेदीले धन्यबाद ज्ञापन गरेका थिए ।






Post a Comment

 
Top