0
गोल्डेन न्यूज संवाददाता
ऋषभ फिल्मसको व्यानरमा निर्माण गरिएको सामाजिक सन्देशमुलक लघु फिल्म आवाज प्रदर्शनको पूरा तयारी भएको छ।युबहादुर पुन र यज्ञेश्वरी पुन निर्माता रहेको उक्त फिल्मको सागर शाहले निर्देशन गरेका छन्। दुई लाख ५० हजारको लगानीमा तयार गरिएको फिल्मले तमाम युवालाई सामाजिक क्षेत्रमा लाग्नका लागि प्रेरणा मिल्ने आयोजकको दावी रहेको छ। अस्मिता बराल, अमित गुरुङ, मिथुन गुरुङ, अमृत गुरुङ, आनन्द गुरुङ, विवेश शम्शेर राणा, प्रमोद कुमार, विना गुरुङ, गनेश थपलिया, राजेन्द्र गुरुङले अभियन गरेको फिल्ममा क्यामरा मेन प्रकाश गुरुङ कास रहेका छन्। असिम गुरुङले साउण्ड डबिङमा सहयोग गरेको फिल्ममा पटकथा लेखक र नायकको भूमिकामा प्रविन पुन रहेका छन्।नायक पुनले अधिकांश नेपाली युवाहरुको सिर्जनशील समय कुलतलाई लागेर खेर फाल्नेहरुलाई मनोवैज्ञानिक चिन्तनबाट समाज परिवर्तनमा लाग्ने प्रेरणा प्रदान गर्ने उद्देश्यले फिल्म तयार गरिएको बताए। फिल्ममा सर्वज्ञमान शाक्यले पाश्व संगीत, मिक्सिङ र सम्पादन गरेको निर्देशक सागर शाहले जानकारी दिए।



Post a Comment

 
Top