0
गोल्डेन न्यूज संवाददाता
नेपाली काँग्रेस पोखरा २४ इकाई समितिको नयाँ कार्यालयको उद्घाटन गरिएको छ । शनिवार होमबहादुर कार्कीले निःशुल्क आवश्यक फर्निचर सहित कोठा प्रदान गरेपछि विधिवत कार्यालयको सुरुवात गरिएको नेपाली काँग्रेस वडा नं २४ इकाईले जनाएको छ । 
कास्की क्षेत्र नं ३ का क्षेत्रीय सभापति विजयराज आचार्यको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा इकाई सभापति धर्मराज सुवेदीको अध्यक्षतामा भएको थियो । इकाई उपसभापति जगत थापाको स्वागतमा सुरु भएको कार्यक्रमको सञ्चालन सचिव चेतबहादुर कार्कीले गरेका थिए । कार्यक्रममा प्रमुख अतिथि आचार्यले कास्की क्षेत्र नं ३ मा आगामी दिनमा विजय हाँसिल पक्का भएको दावी गरे । 
विगतमा कास्की क्षेत्र न ३ मा नेपाली काँग्रेस कमजोर नभएको दावी गर्दै अव हरेक इकाई र वडामा सक्षम नेतृत्वको कारणपनि कास्की क्षेत्र नं मा नेपाली काँग्रेसले पराजय भोग्नु नपर्ने ठोकुवा गरे । पार्टीमा छलफल गरेर कास्की क्षेत्र नं ३ अन्तर्गत रहेका भातृ संस्था र विकास निर्माणलाई प्राथमिकतामा लिने बताए ।












Post a Comment

 
Top