0
गोल्डेन न्यूज संवाददाता
पोखरा उप–महानगरपालिका वडा नं. १० रामघाटमा रहेको प्यारामाउण्ट पब्लिक स्कूलमा शैक्षिक सत्र २०७२ को एसएलसी परीक्षामा सहभागी हुने विद्यार्थीहरुलाई बिदाई गरेको छ । सोही अवसरमा शैक्षिक सत्रको अतिरिक्त क्रियाकलापमा बिजय हुने विद्यार्थीहरुलाई पुरस्कार वितरण समेत गरिएको विद्यालयले जनाएको छ ।  विद्यालयका संस्थापिका दिलमाया गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयका संस्थापक प्रचार्य श्रीमान गुरुङले कक्षा १० का विद्यार्थीहरुलाई टिका, खादा र मायाको चिनो प्रदान गरी विदाइ गरो थिए । त्यस अवसरमा बोल्दै उनले अतिरिक्त क्रियाकलापमा विजयी भएर पुरस्कृत भएका विद्यार्थीहरुलाई बधाइ दिए । विद्यार्थीहरुको प्रतिभा एवं व्यक्तित्व विकासमा विद्यालयले आगामी वर्ष अतिरिक्त क्रियाकलापलाई अझै व्यवस्थित गरिने उनले स्पष्ट पारे । प्रवेशिका परीक्षामा सहभागी हुने विद्यार्थीलाई निरन्तर अभ्यास गरी परीक्षाको तयारी गर्न अनुरोध गर्दै प्रवेशिका परीक्षा एवं त्यसपछिका दिनहरुको सफलताको पनि उनले शुभकामना व्यक्त गरे । 
कार्यक्रममा सबै अतिरिक्त क्रियाकलापमा उत्कृष्ट हुने, रातो सदन खेलकुदमा उत्कृष्ट हुने, हरियो सदन र एकेडेमिक क्रियाकलापमा उत्कृष्ट हुने रातो सदनलाई हाउस च्याम्पियन शिल्ड प्रदान गरिएको थियो । 
कार्यक्रममा शिक्षक संजिव त्रिपाठी र विद्यार्थीहरु नम्रता घिमिरे, सुष्मिता गुरुङ र माया क्षेत्रीले पनि विदाई मन्तव्य राखेका थिए भने कार्यक्रम संचालन विद्यार्थीहरु ममता कुश्वाहा र एलिसा गुरुङले गरेका थिए ।





Post a Comment

 
Top