गोल्डेन न्यूज संवाददाता
लायन्स क्लब अफ पोखरा आँगनको लायन वर्ष १०१६÷०१७ का लागि मदन कूमार मुल्मीको अध्यक्षतामा नयाँ कार्य समिति चयन भएको छ ।
नयाँ कार्य समितिमा निवर्तमान अध्यक्ष चिन्तामणि बाँस्तोला, प्रथम उपाध्यक्षमा प्रदिप बज्राचार्य, द्वितीय उपाध्यक्षमा चित्रराज बराल, सचिवमा राम नारायण श्रेष्ठ, सह–सचिवमा रामकुमार श्रेष्ठ, कोषाध्यक्षमा विश्व तण्डुकार र सहकोषाध्यक्षमा मनोज कुमार श्रेष्ठ रहेका छन् । यसैगरी पिआरओमा मचाराजा मर्हजन, मेम्बरसिप निर्देशकमा मिना देवी गुरुङ, अर्थ निर्देशकमा पार्वती गुरुङ, स्वास्थ निर्देशकमा जुनादेवी पन्त, योजना निर्देशकमा सञ्जय श्रेष्ठ, टेलट्वीस्टरमा रविन्द्र पौडेल र टेमरमा किरण रञ्जित रहेका छन् । लायन्स विधान अनुसार समितिको कार्यकाल एक वर्षको हुनेछ । कार्यक्रममा निर्वाचन आयूक्तको जिम्मेवारी क्लवका निवर्तमान अध्यक्ष मन्ता गुरुङ, सदस्यहरुमा पूर्व अध्यक्षद्वय श्याम कृष्ण श्रेष्ठ र रामकुमारी गुरुङ रहेका थिए । नवनिर्वाचित अध्यक्ष मुल्मीले आगामी दिनहरुमा विगतमा गरिएका राम्रा कार्यक्रमहरुलाई निरन्तरता दिदै आफ्नो कार्यकालमा क्लबलाई सामाजिक सहयोग र लायन वर्ष २०१६÷०१७ सफल बनाउनका लागि सशक्त्त रुपमा अघि बढ्ने बताए । कार्यक्रममा निर्वाचन आयुक्त तथा निर्वतमान अध्यक्ष मन्ता गुरुङ, अतिथि लायन्स क्लव अफ पोखरा अन्नपूर्णका पूर्व अध्यक्ष यदुनाथ अधिकारी, आँगनका पूर्व अध्यक्ष रामकुमार गुरुङ, पूर्व अध्यक्ष तथा डिष्ट्रिक्ट ३२५ बी १ का इभ्यालुयसन म्यानेजमेन्ट कमिटी चेयर पर्सन श्याम कृष्ण श्रेष्ठ र अध्यक्ष चिन्तामणि बाँस्तोला, सचिव मचाराजा मर्हजन लगायतले आ–आफ्नो भनाइ राखेका थिए ।
Post a Comment