0
गोल्डेन न्यूज संवाददाता
तनाव र मानसिक असन्तुष्टिबाट लाग्न सक्ने बिभिन्न रोगबाट उन्मुक्ति दिलाउन एवं रोग न्यूनिकरणका लागि अभ्यास गराउने उद्देश्यले पोखरामा पहिलो पटक बृहत कुण्डलीनि योग शिविर संचालन हुने भएको छ । युवा दार्शनिक तथा मनोक्रान्तिका अभियन्ता डा.योगि विकासानन्दको प्रमुख आतिथ्यतामा यहि चैत्र १७ गते देखि १९ गते सम्म संचालन गरिने भएको छ । नेपाल आयुर्वेद स्वास्थ्य कर्मी समाज गण्डकी आयोजक रहेको शिविरलाई सोही संस्थाको कास्की जिल्ला समितिले सघाएको छ । पोखराको नयांबजार स्थित प्रदर्शनी केन्द्रमा निशुल्क संचालन गरिने उक्त शिविरको आयोजना गर्ने बिषयलाई लिएर स्वास्थ्य कर्मी संघको बैठक हालै सम्पन्न भएको छ । बैठक पछि जानकारी दिदैं आयोजक संस्थाका सचिव तथा बृहत योग शिविर ब्यवस्थापन समितिका संयोजक कृष्ण बहादुर राउतले शिविरमा न्यूनतम २ हजार जनालाई योग शिविरमा सहभागि हुन सक्ने गरि प्रबन्ध मिलाईएको जानकारी दिए । दिन भरीको काम र ब्यवसायिक तनावबाट कसरी शान्ति लिन सकिन्छ र लाग्न सक्ने रोगबाट बच्न साथै उन्मुक्ति दिलाउन सकिन्छ भन्ने कुरा शिविरमा प्रशिक्षण दिईने कुरा आयोजक संस्थाका अध्यक्ष प्रकाश क्षेत्रीले बताए । योग शिविरमा युवा दार्शनिक एवं मनोक्रान्तिका अभियन्ता डा.योगि विकासानन्द बाट दिक्षित हुन गण्डकी धौलागिरीका बिभिन्न जिल्लाबाट समेत प्रशिक्षार्थीहरुले नाम लेखाउन थालेको जानकारी आयोजक संस्था कास्कीका अध्यक्ष नविन किरण भुषालले दिए । त्रीदिवसीय संचालन हुने उक्त शिविर बिहान ६ बजेदेखि ८ बजे सम्म हुने कुरा संस्थाका गण्डकी उपाध्यक्ष खेमराज देवकोटाले बताए। निःशुल्क शिविर भएकोले पोखरा उद्योग वाणिज्य संघले बिशेष सहयोग बापत प्रदर्शनी केन्द्रको स्थल उपलब्ध गराएको जानकारी दिईएको छ भने रेकी, सुपरलर्निङ्ग बेसिक, नव सफलताशास्त्र, र फुड एण्ड हेल्थ बिषयमा स्पर्श आयुर्वेद अस्पतालमा प्रशिक्षण हुने भएको छ । यसै गरि शिविरमा आयुर्वेद बारे पनि बिशेष चर्चा एवं अतिरिक्त स्वास्थ्य परीक्षणको ब्यवस्था मिलाईएको हुंदा बिभिन्न आयुर्वेद कम्पनीहरुले समेत सहयोग पु¥याएका छन् । यसरी सहयोग पु¥याउने कम्पनीहरुमा गोरखा हर्वास्यूटिकल काठमाण्डौ, प्राकृतिक जडिबुटी उद्योग हेटौंडा, सगरमाथा आयुर्वेद औषधि उद्योग काठमाडांै, निम फर्मास्यूटिकल बुटवल, फेमिली होमियोप्याथिक हस्पिटल पोखरा, पञ्चम आयुर्वेद क्लिनिक पोखरा, अन्नपूर्ण आयुर्वेद औषधि उद्योग लेखनाथ, पञ्चाङ्ग आयुर्वेद औषधालय तेर्सापट्टी पोखरा, प्रोग्रेसिभ हर्वल ईण्डष्ट्रीज काठमाण्डौ रहेका छन् । शिविरका लागि सम्पर्क गर्न हाल कार्यक्रमको सचिवालय स्पर्श आयुर्वेद अस्पतालमा सचिवालय स्थापना गरिएको कार्यक्रमका संयोजक राउतले जानकारी दिए ।








Post a Comment

 
Top