0
गोल्डेन न्यूज संवाददाता
कास्कीको कालिका गाविसमा रहेका जेष्ठ नागरिकहरु सम्मानीत भएका छन् । गाउँ विकास समितिले आईतवार एक समारोहको आयोजना गरी त्यहाँ रहेका वृद्ध–वृद्धालाई सम्मान गरेको हो । गाविसमा रहेका ७५ देखि ८० वर्ष उमेर समूहका एक सय २० जना वृद्ध–वृद्धालाई कास्कीका निमित्त स्थानीय विकास अधिकारी नारायण प्रसाद श्रेष्ठले दोसल्ला ओढाएर सम्मान गरे । गाविसले वृद्धवृद्धालाई सम्मान गर्दै आएको यो तेस्रो पटक हो । यस अघि ९० वर्ष माथि र ८० देखि ९० वर्ष उमेर समूहका वृद्धवृद्धा सम्मानित भईसकेका छन् ।  कार्यक्रमको उद्घाटन गर्दै निमित्त स्थानीय विकास अधिकारी  नारायण प्रसाद श्रेष्ठले जुन परिवारमा वृद्धवृद्धा सम्मानित हुन्छन त्यो परिवार सदैव खुसी र सुखी रहने बताए । जेष्ठ नागरिकलाई सम्मान गरेर गाउँ विकास समितिले उदाहरणीय काम गरेको वताउँदै उनले वृद्धवृद्धाका ईच्छा र आकांक्षालाई  सम्भव भएसमम पुरा गर्नु परिवारका सदस्यहरुको दायित्व भएको बताए । एमाले कास्कीका कार्यालय सचिव एवं कालिका गाविसका पुर्व उपाध्यक्ष वैनवहादुर क्षेत्रीले युवावर्गका लागि ज्ञानको श्रोत वन्ने वृद्धवृद्धाको अनुभव सामाजिक विकासमा समेत टेवा पुग्ने विश्वास व्यक्त गरे । एमाले कालिका गाविसका अध्यक्ष निर्मल दियाली सुनारले वृद्धवृद्धाका आवश्यकतालाई समाजले संवोधन गर्दै अगाडि बढ्नुपर्ने बताए । कालिका गाउ विकास समिति कोषका अध्यक्ष डाल्डादेवी भुजेलले जेष्ठ नागरिकको सम्मानले समाज र राष्ट्रलाई नै फाईदा पुग्ने विश्वास व्यक्त गरे । गाउँ विकास समितिका अध्यक्ष शोभाखर ढकालको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली कांग्रेस कालिका गाउँ विकास समितिका पूर्व अध्यक्ष राजेन्द्र त्रिपाठी, एमाओवादी कालिका गाविसका अध्यक्ष एक वहादुर कार्की, एमाले कालिका गाविसका पुर्व अध्यक्ष भोलानाथ त्रिपाठी, कर्मचारी सावित्री सापकोटा, गाविसका सह–सचिव माधव  ढकाल लगायतले आ–आफ्नो भनाइ राखेका थिए ।






Post a Comment

 
Top