0
गोल्डेन न्यूज संवाददाता
लेखनाथ नगरपालिका–१२ पावरहाउसमा अवस्थित गुरुकुल विद्याश्रममा पाँच कि.मि. म्याराथुन सम्पन्न भएको छ। लेखनाथ सातमुहाने पुलबाट सुरु भएको म्याराथन लेखनाथका विभिन्न ठाउँ हुँदै विद्यालयमा पुगेर समापन भएको हो। हरेक वर्षको चैत्र महिनामा शिक्षक र विद्यार्थी बीच आत्यिमता बढाउनका लागि विद्यालयले शिक्षक विद्यार्थी मयाराथन प्रतियोगिता सञ्चालन गर्दै आइरहेको छ । सोही सन्दर्भमा शनिबार आयोजित म्याराथन दौडमा पुरुष शिक्षकतर्फ रमेशराज भण्डारी र महिला शिक्षकतर्फ मनिषा पण्डितले प्रथम पुरुस्कार नगद जित्न सफल भए। यसैगरी सिनियर छात्रतर्फ गंगालाल वि.क, अनिल राना र सुजित कार्की र छात्रातर्फ दिया गुरुङ, रोश्नी अधिकारी, दिक्षा सिंह ठकुरी क्रमशः प्रथम, द्वितीय, तृतीय स्थान प्राप्त गर्न सफल भए। जुनियर छात्रतर्फ रविन श्रेष्ठ, मनिष पुन र कैलाश केसी तथा छात्रातर्फ पुष्पा गुरुङ, एलिसा पुन र संस्कृति पौडेल क्रमशः प्रथम, द्वितीय, तृतीय भए। विद्यालयका संस्थापक प्रिन्सिपल मिलन केसी समेत उक्त म्याराथनमा सहभागि रहेका थिए। प्रतियोगितामा झण्डै दुई सय विद्यार्थी र ४० जना शिक्षक सहभागी रहेका थिए। म्याराथनपछिको पुरस्कार वितरण समारोहमा विद्यालयका संस्थापक प्रिन्सीपल मिलन केसीले विद्यार्थी तथा शिक्षकमा यस्ता कार्यक्रमले अझ हौसला पुग्ने भन्द मेडल, प्रमाणपत्र र नगदसहित सम्मान गरेका थिए। अनुशासन संयोजक भिम बहादुर पुनको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन शिक्षक जगननाथ सुवेदीले गरेका थिए।

Post a Comment

 
Top