0
गोल्डेन न्यूज संवाददाता
यूके निवासी दुराबन्धु तथा शुभचिन्तकहरूले ठूलोस्वाँरा 
(दुराडाँडा, लमजुङ) स्थित सरस्वती सदन माध्यमिक विद्यालयको भवन निर्माणका लागि १८ लाख ८३ हजार २० रुपैयाँ हस्तान्तरण गरेको छ । समाजको केन्द्रीय कार्यालय (काठमाडौं) मा चैत १३ गते आयोजित एक समोरहबीच दुरा सेवा समाज (यूके) का सचिव फारामबहादुर दुरा, दुरा सेवा समाजका संस्थापक अध्यक्ष भक्तबहादुर दुरा तथा दुरा महिला समाज (यूके) का अध्यक्ष गंगामाया दुराले संयुक्त रूपमा सो रकम हस्तान्तरण गरे । सहयोग रकम ग्रहण गर्दैै दुरा सेवा समाजका अध्यक्ष तथा विद्यालय भवन निर्माण अभियन्ता गोकुल दुराले बेलायत निवासी शुभचिन्तकहरूका माया–ममता र सद्भावस्वरूप प्राप्त रकमको पूर्ण सदुपयोग गर्ने दिशामा आपूmहरू प्रयत्नशील रहने बचन दिए । उनले बेलायतका सबै मनकारी सहयोगीहरू धन्यवाद ज्ञापन गरे । समारोहमा बोल्दै दुरा सेवा समाज (यूके) का सचिव फारामबहादुर दुराले आपूmहरू बेलायतमा रहे पनि नेपालको सुखदुःखमा आपूmहरू निरन्तर झक्झक्याइरहेको भन्दै गतवर्षको भूकम्पले क्षति भएको आपूm पढेको र आपूmले पठाएको सरस्वती सदन विद्यालय (ठूलोस्वाँरा, लमजुङ) पुनःनिर्माणका लागि रकम उठाएको बताए । समारोहमा बोल्दै दुरा सेवा समाजका संस्थापक अध्यक्ष भक्तबहादुर दुराले दुरा समुदायको चौतर्फी हितका लागि आपूm निरन्तर लागिरपरको र समाज सेवा जुटिरहने अफ्नो तिर्सना नमेटिएको बताए ।सो अवसरमा दुरा महिला समाज (यूके) का अध्यक्ष गंगामाया दुरा, दुरा सेवा समाजका पूर्वअध्यक्ष किशोर दुरालगागयतका वक्ताले दुरा समुदायको हितका विषयमा सारगर्भित भएको बताए । कार्यक्रममा दुरा सेवा समाजका संस्थापक अध्यक्ष भक्तबहादुर दुराले दुरा सेवा समाजको भवन निर्माणका लागि ५० हजार रूपैयाँ आर्थिक सहयोग गरेका थिए।  यसैगरी फाराम बहादुर दुरा र गंगामाया दुराले दुरा सेवा समाजका विभिन्न भगिनी संस्थाहरूलाई बेग्लाबेग्लै सहयोग रकम प्रदान गरे।
यसैबीच, नेटा निवासी कृष्ण बहादुर दुराको श्रीमती सितु दुराको अल्पायुमै दुःखद निधन भएकोमा श्रद्धान्जलि सभा आयोजना गरियो । सो अवसरमा मृतकको आत्माको चिरशान्तिको कामना पनि गरियो ।





Post a Comment

 
Top