पोखरा–१७ बालोदयमार्ग पार्दी बिरौटा स्थित बालोदय उच्च माध्यामिक विद्यालयमा कक्षा १२ को अध्ययन पूरा गरी आसन्न अन्तिम परीक्षामा सम्मिलित हुन गइरहेका विद्यार्थीहरुलाई एक औपचारिक कार्यक्रमविच विदाइ कार्यक्रम सम्पन्न भएको छ । शैक्षिक सत्र २०७२ अन्तर्गत कक्षा ११ मा अध्ययनरत विद्यार्थीहरुको आयोजना तथा बालोदय उच्च मा.वि.को व्यवस्थापनमा सम्पन्न उक्त कार्यक्रममा प्रशासन प्रमुखको अध्यक्षता रहेको थियो ।
महेन्द्रपुल स्थित कुटुम्बज क्याफेमा विभिन्न सांस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रमका साथमा सञ्चालित विदाइ कार्यक्रममा कक्षा ११ र १२ का विद्यार्थीहरुका नृत्य, गीत, सङ्गीत र बेजोड प्रस्तुतिहरुले शोभा बढाएको थियो । उक्त अवसरमा कक्षा ११ का विज्ञान र व्यवस्थापन संकायका छात्रा द्वय कविता भट्टराई र सरिता गुरुङको स्वागत मन्तव्य रहेका थिए । विद्यालयका प्रशासन प्रमुम कमलादेवी पगेनीले विद्यालय भनेको हरेक विद्यार्थीको पछिसम्मको पहिचान रहने हुँदा यसको उन्नति र अभ्युदयमा हामी सबै प्रयत्नशिल रहनुपर्नेमा जोड दिए । उक्त अवसरमा संयोजक प्रतिक्षा पगेनीले विद्यार्थीहरुले विद्यालय जीवनमा सिकेका ज्ञान, सकारात्मक सोच र व्यवहारलाई जीवनको पाइला पाइलामा आत्मसाथ गर्नुपर्ने कुरामा जोड दिइन । कार्यक्रममा प्राध्यापक गंगा राम पौडेलले बधाई तथा शुभकामना मन्तव्य सहित विधाई तथा शुभकामना कार्यक्रमले विद्यार्थीहरु बीच पारस्परीक सम्बन्ध बढाउनको साथै आपसि सद्भाव र भातृत्व बिकासमा सयोग पुग्नुका साथै विद्यार्थी र विद्यालय बीचको सम्वन्ध आजीवन रहने हुँदा विद्यार्थीहरुले आफूमा भएको क्षमतालाई पहिचान गरी अगाडि बढ्नु पर्नेमा जोड दिएका थिए ।
कक्षा १२ का छात्र सौगात कार्कीले विद्यालयले आफूहरुलाई दिएको वातावरण र शिक्षा दीक्षाको उच्चस्तरमा मूल्याङ्कन गर्दै सिङ्गो विद्यालयप्रति कृतज्ञता व्यक्त गरेका थिए । कार्यक्रममा प्राविधिक शिक्षिका सनम रजकले गरेकी थिईन् । कक्षा ११ का छात्रा कल्पना सापकोटा र शुशील थापाबाट सञ्चालित उक्त कार्यक्रममा विदाइ गरेका विद्यार्थीहरुलाई प्रशासन प्रमुख एवम् सभापति कमलादेवी पगेनीले मायाको चिनो, प्रदान गरेकी थिइन् ।
Post a Comment