0
पोखरा ९ चैत्र ।(गोल्डेन)
अखिल नेपाल यातायात मजदुर संघ कास्कीको पाचौंं जिल्ला सम्मेलन सम्पन्न भएको छ । सम्मेलनले रशेमबहादुर सिंखडाको अध्यक्षतामा ३५ सदस्यीय नयाँ कार्य समिति गठन गरेको छ । नवनिर्वाचित अध्यक्ष सिंखडा धादिङ जिल्ला निवासी हुन् । उनी धादिङ–पोखरा सम्पर्क समितिका कार्यसमिति सदस्य एवं आगिन्चोक इकाइका सल्लाहकार हुन्। कार्य समितिको उपाध्यक्षमा प्रकाश उदासी र रमेश कोईराला रहेका छन् । यस्तै सचिवमा लेखबहादुर गुरुङ्ग, सह–सचिवमा मिलन शर्मा र कोषाध्यक्षमा नरमान गुरुङ्ग चयन भएका छन् । समितिका सदस्यहरुमा गुण्डा श्रेष्ठ, अशोक चोधरी, अर्जुन पौडेल, राजु वयलकोटी, विदुर रेग्मि, सिताराम थपलिया, मोहन गुरुङ्ग, मधुसुुधन पौडेल, दिपेन्द« गिरी, जनक गौतम, राम बहादुर दर्जी, राज तामाङ्ग, पूर्ण जि.सी., धनराज सुवेदी, धनदेव तामाङ्ग, गंगा वं गुरुङ्ग, धर्म बहादुर सेन, टुक वं सिंजाली, जगत गुरुङ्ग, राजु शाही, नारायण शर्मा, अनिल गुरुङ्ग, कृष्ण अधिकारी, विन्दुराज घिमिरे, गिरी बहादुर थापा, विशाल वाँनिया, दिपक पाण्डे, शेर बहादुर क्षेत्री र नीलकण्ठ शर्मा रहेका छन् । सम्मेलनले ४ जनाको सल्लाहकार समिति समेत चयन गरेको छ । समितिका सदस्यहरुमा रमेश वि.क., रत्न के.सी, छोईसाङ्ग तामाङ्ग र लक्ष्मण ओझा रहेका छन् ।  कार्यक्रममा बोल्दै प्रमुख अतिथि एकीकृत नेकपा माओवादीका पोलिटव्यूरो सदस्य तथा प्रदेश नं.४ का इन्चार्ज डिलाराम आचार्यले नेपालका समग्रह मजदुरहरु एकजुट भएर एकआपसमा सहयोगि भावनाहरु वाडेर माक्र्सवादले देखाएको बाटोमा हिड्नु पर्नेबारे जोड दिए । यसैगरी राज्यतर्फबाट सिन्डिकेटतिर ध्यानाकर्षण गरउनुपर्नेबारे बोल्दै उनले नेपालको समग्रह विकासका लागि सिन्डिकेट अन्त्य गर्नुपर्ने बताए । कार्यक्रममा एकीकृत नेकपा माओवादी केन्द्रीय सदस्य तथा कास्की जिल्ला इन्चार्ज राजकाजी तमु (करण), अखिल नेपाल टे«ड युनियन महासंघ प्रदेश नं ४ का सचिव राजेन्द« न्यौपाने ,प्रदेश नं. ३ अध्यक्ष जगत सिंखडा, अखिल नेपाल ट्रेड युनियन महासंघ कास्की अध्यक्ष रुद्र गौतम, यातायात व्यवसायी धर्म अधिकारी, गोकर्ण लम्साल, ऐनकुमार शाही र केदार पौडेल लगायतले मजदुरहरु पेशा तथा राजनीतिक अधिकार बारे स्पष्ट हुनुपर्ने बारे बोलेका थिए ।

Post a Comment

 
Top